Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

अपराधीलाई उन्मुक्ति दिने सरकारको कुनै निर्णय छैन– प्रचण्ड

\"\"काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराधीलाई उन्मुक्ति दिने सरकारको कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमको अन्तर्वार्तामा प्रधानमन्त्रीले उक्त कुरा स्पष्ट पारेका हुन् । नेपाल टेलिभिजनको ‘सिधा प्रश्न प्रधानमन्त्रीसँग’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्त गरेको अन्तर्वार्ताको सारसंक्षेप यस प्रकार रहेको छ–
  • स्थानीय तहको निर्वाचन दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेका छौं । दुवै चरणको परिणामपछि समीक्षा गर्नु राम्रो हुन्छ । पहिलो चरणको निर्वाचन उत्साहवद्र्धक, जनताको व्यापक सहभाागिता र शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । कसले जित्यो भन्नेमा मेरो ध्यान छैन । दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधि आएका छन् । देश सही दिशामा गएको छ, देश सफलताको बाटोमा जान्छ । यो नै मेरा लागि खुसी र गर्वको विषय हो ।
  • इतिहासको अत्यन्तै चुनौतिपूर्ण कालखण्डमा सरकारको नेतृत्वमा छु । हिमाल, पहाड र मधेशलाई मिलाएर संविधान कार्यान्वयन गर्नु मेरो दायित्व थियो, यसमा म सफल भएको छु । मलाई गर्वको महशुस भएको छ, देशले जितेको छ । मेरो पार्टीले जित्यो कि जितेन भन्ने मलाई खासै चासो छैैन । अहिलेको सन्दर्भमा माओवादीले जुन स्थान हासिल गरेको छ, त्यो सन्तोषजनक नै छ । जनताले बिस्तारै बुझ्दै जान्छन् ।
  • मैले नेतृत्व सम्हालेपछि सरकारका कामको प्रभाव सबैभन्दा बढी शहरमा परेको छ । आर्थिक बृद्धिदर, लोडसेडिङको अन्त्य लगायतका कामले शहरलाई नै छोएको छ । निर्वाचन परिणाम केही अन्तरविरोधी देखिएको छ । तर, जनताले क्रमशः बुझेर प्रदेश र संघको निर्वाचनसम्म पुग्दा हामीलाई फेरी विश्वास गर्नुहुन्छ । सरकारबाट सबैभन्दा बढी लाभ लिएको शहरको वर्गले किन विश्वास गरेन ? हामी त्यसको समीक्षा गर्छाैं । विगतको समीक्षा गरेर नयाँ रणनीति बनाएर हामी अघि बढ्छौं ।
  • संविधानमा नै उल्लेख भएकाले जेठ १५ मा बजेट ल्याउनुपर्ने बाध्यता छ । सरकार एउटै चरणमा बैशाख ३१ मा निर्वाचन गर्न चाहन्थ्यो । तर, मधेशका असन्तुष्ट दलहरुलाई पनि मिलाएर निर्वाचनमा जानुपर्ने कारण दुईवटा निर्वाचनका बीचमा बजेट ल्याउनुपर्ने बाध्यता छ । जेठ १५ गते नै राजनीतिक सहमतिमा बजेट ल्याउने सोचमा छौं । हामीले कामचलाउ बजेट सबैको समझदारी बनाएर ल्याउँछौं । संविधान संशोधन गरेर बजेट पर धकेल्ने सोंच छैन । जेठ १५ मा बजेट आउँछ, बजेट राजनीतिक समझदारीमै आउँछ । नीति, कार्यक्रम र बजेट संक्रमणकालीन राजनीतिक परिस्थितिलाई ख्याल गरेर आउँछ ।
  • निर्वाचनको परिणामभन्दा पनि निर्वाचन सम्पन्न गर्नु देशको सफलता ठानेको छु । माओवादीका लागि पार्टी संगठन सुदृढ गर्नुपर्ने, जनतासँग जोड्नुपर्ने आवश्यकता छ । दोस्रो चरणको निर्वाचन पनि पहिलो चरणको निर्वाचनजस्तै शान्तिपूर्ण र उत्साहवद्र्धक नै हुन्छ । दोस्रो निर्वाचनप्रति कुनै शंका गर्न आवश्यक छैन, सबैको सहभागितामा शान्तिपूर्ण र उत्सवका रुपमा सम्पन्न हुन्छ । यो गठबन्धन बनाउँदा जे समझदारी भएको छ, यो सहजतापूर्वक कार्यान्वयन गर्छु, सहजतामा नेतृत्व हस्तान्तरण गर्छु, सहमतिको अक्षरंशः पालना गर्दछु, यसले निर्वाचनमा कुनै असर गर्दैन । दोस्रो चरणको निर्वाचन सुनिश्चित नभइकन सरकार परिवर्तन हुँदैन । साथै हिजो गरिएको समझदारी अनुसार नै सरकारको नेतृत्व हस्तान्तरण हुन्छ । जे समझदारी भएको हो, त्यसलाई इमान्दारितापूर्वक पालना गरेर समीकरण सम्बन्धि नयाँ राजनीतिक संस्कार स्थापित गर्न चाहन्छु ।
  • मधेश केन्द्रित दलहरुलाई पनि निर्वाचनमा लिएर जाने प्रयास जारी छ । तराई मधेशका मुद्दा सम्बोधन गर्ने प्रयास जारी छ, संविधान संशोधन, निर्वाचन चिन्ह प्रदान, पार्टी दर्ता र मुद्दा फिर्ता सम्बन्धि निर्णय गरेर मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा ल्याउने प्रयासमा छौं । यसो गर्दा मलाई कतिपयले आलोचना गरेको पनि सुन्छु । तर, देशको बृहत्तर हितका लागि यो आवश्यक छ । संशोधन विद्येयक मतदानको नजिक छ, यसलाई फेल हुने गरी निर्णयार्थ पेश गर्ने पक्षमा छैनौं । मधेश केन्द्रित दलहरुले पनि यो कुरा बुझ्नुभएको छ । मधेशमा स्थानीय तहको संख्या थप्नेबारे पनि प्रतिपक्षी दलसँग कुरा गरिएको छ । केही संख्या थप्दा निर्वाचन सहज हुन्छ भने त्यसलाई ठूलो विवाद बनाउनु जरुरी छैन । मधेशमा स्थानीय तहको संख्या बढ्छ ।
  • मुद्दा फिर्ताबारे अनावश्यक प्रचार गरिएको छ । झुट्टा मुद्दा फिर्ता गर्ने भनिएको हो, जो घटनामा संलग्न छैनन्, उनीहरुलाई कार्यविधिमा पूनर्विचार गरेर मुद्दा फिर्ता लिने भनिएको हो । हत्यामा संलग्नलाई उन्मुक्ति दिने भनिएको होइन । मधेशमा भएको धनजन लगायतका कुराहरुबारे पनि सरकार गम्भीर छ । गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने सरकारको नियत छैन । संविधान, कानून र अदालतको नजिरको हामी सम्मान गर्छाैं । घटनामा संलग्न नै नभएकाहरुलाई झुट्टा मुद्दा लगाइएको छ भने त्यसलाई फिर्ता गर्ने भनिएको होइन । कुरा राम्ररी नबुझीकन त्यसको गलत व्याख्या गर्नु राम्रो होइन । प्रतिपक्षीको विरोध गर्नु आफ्नो धर्म होला । सरकारको उद्देश्य घटनामा संलग्न नभएकाहरुलाई छुट दिने हो, अपराधीलाई उन्मुक्ति दिने होइन ।
  • शिक्षा नै प्रगति र समृद्धिको आधार हो । शिक्षामा व्यापक सुधार आवश्यक छ, उच्चस्तरीय शिक्षा सुधार आयोग बनाएर शिक्षा क्षेत्रमा ठूलो परिवर्तन आवश्यक छ । नेपालमा शिक्षामा भएको नीजिकरणलाई सरकारले गम्भीर रुपमा लिएको छ । संशोधित शिक्षा ऐनअनुसार नियमावली संशोधनको प्रक्रियामा छ, आयोग र संघीय संरचनाले पनि शिक्षामा पूनर्संरचना गर्नेछ ।
  • धेरै ठूलो संघर्ष र बलिदानीबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको हो । संविधान घोषणा वैधानिक र अत्याधिक बहुमतबाट गरिएको हो । तर, त्यसले सम्पूर्ण देशको प्रतिनिधित्व गर्न सकेन । संविधान घोषणा गर्ने बेला नै हामीले संविधान संशोधनको प्रतिवद्धता जाहेर गरेका थियौं । मैले सरकारको नेतृत्व सम्हालेदेखि नै हिमाल, पहाड र मधेशलाई मिलाएर संविधानको स्वीकार्यता बढाउन प्रयत्न गरें । आज सबै पक्षलाई मिलाएर देश निर्वाचनमा गएको छ, यो मेरा लागि गर्वको विषय हो ।
  • स्थानीय तहको निर्वाचनको पहिलो चरण सम्पन्न भएपछि गणतन्त्र र संघीयता उल्टाउने खतरा धेरै हदसम्म घट्यो । दोस्रो चरणको निर्वाचन, प्रदेश र संघको निर्वाचन सम्पन्न भएसँगै प्रतिगमनको खतराको अन्त्य हुनेछ । अहिलेको जनमतले जनता परिवर्तन र संविधानबाट पछि हट्ने पक्षमा छैनन् भन्ने प्रष्ट संकेत गरेको छ । शहरमा पूनउत्र्थानवादी शक्तिहरु माओवादीभन्दा पनि अगाडि आउँछन् भन्ने हल्ला गरेका थिए, ती सबै निराधार सावित भएका छन् । यसले जनताको सोंच महान् छ भन्ने प्रमाणित भएको छ ।
  • निर्वाचनको परिणामले जनता संविधान कार्यान्वयन चाहेका छन्, राजनीतिक दलहरु मिलेर अघि बढुन् भन्ने सन्देश दिएका छन् । नेतृत्वबिना समाज विकास र समृद्धिको दिशामा सफलता मिल्न सक्दैन । तसर्थ, राजनीतिमा नेतृत्वको भूमिकालाई कम आँक्नु हुँदैन । नेतृत्वले देशको परिवर्तनको आवाज बुझ्ने हो । जनताले नेता पैदा गर्ने हो, जनताको भावनासँग एकाकार नेता मात्र सफल हुन सक्दछ । त्यसैले नेतृत्वको भूमिका सामान्य हुँदैन । तर, नेताले जनताको भावनाको सही प्रतिनिधित्व गर्न सक्नुपर्दछ ।
  • जनताले व्यापक सहभागितासहित निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुभयो, यसका लागि धन्यवाद दिन चाहन्छु । आर्थिक बृद्धिदर ७.५ प्रतिशत पुग्दैछ, लोडसेडिङ अन्त्य भएको छ, विकास आयोजनाहरुमा तिब्रता आएको छ, संविधान कार्यान्वयन भएको छ । तर, हामीले जनतालाई सबै कुरा बेलैमा बुझाउन सकेनौं । प्रदेश र केन्द्रसम्म पुग्दा जनताले माओवादी नेतृत्वको सरकारले गरेका कामको मूल्याङ्कन गर्नेछन् ।
  • सेनालाई विकास निर्माणको जिम्मा दिनु राम्रो कुरा हो । फास्ट ट्रयाक नेपाली सेनालाई दिँदा नै छिटो र गुणस्तरीय काम हुन्छ भन्ने मेरो विश्वास छ, नेपाली सेनालाई राष्ट्रिय स्तरका विकास आयोजनाहरुको जिम्मा निरन्तर दिनुपर्छ भन्ने ठान्छु ।
  • नेपालको भूराजनीतिक दृष्टिले हामीले सन्तुलित विदेश नीतिमा जोड दिनुपर्छ । सन्तुलित सम्बन्ध र विदेश नीतिमा नै मेरो जोड रह्यो । हुलाकी राजमार्ग, महाकालीमा पुल, १४ वटा ठूला सडक लगायतका काम भइरहेका छन् । चीनसँग पनि हामीले विकास र समृद्धिको क्षेत्रमा नयाँ सम्झौता गरेका छौं । हाम्रो सन्तुलित विदेश नीतिले नेपालको आर्थिक विकासमा ठूलो सहयोग पुग्छ भन्ने मेरो विश्वास छ । भारत र चीनलाई जोड्ने पुलको काम नेपालले गर्न सक्छ । हामीले अघि सारेको त्रीदेशीय साझेदारीको नीतिले नेपालको आर्थिक समृद्धि र विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्न सक्छ । यसले नेपालको आर्थिक बृद्धिदरलाई दुई अंकको स्तरमा बृद्धि गर्न सक्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies