Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्राधिकरणमा कुलमानले खटाए १० फिल्ड कमाण्डर

\"\"काठमाडौं, ४ जेठ । नेपाल विद्युत प्राधिकरणले आफू मातहत स्थापना भएका विभिन्न दश वटा कम्पनीको सञ्चालक तोकेको छ । जलविद्युत आयोजना निर्माण तथा विद्युत व्यापार गर्न स्थापना भएका ती कम्पनीमा सञ्चालक ताकिएको हो । प्राधिकरणले आठ वटा जलविद्युत् आयोजनाका लागि छुट्टा– छुट्टै सञ्चालक तोकेको छ भने प्राधिकरणकै मातहत रहने गरी स्थापना भएको जलविद्युत कम्पनी, नेपाल इन्जिनियरिङ परामर्श तथा नेपाल पावर ट्रेडिङ कम्पनीका सञ्चालक तोकिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । उनले प्राधिकरणमा नै कार्यरत उच्च तहका कर्मचारीलाई पहिलो चरणमा सञ्चालक तोकिएको र सञ्चालक समितिले पूर्णता पाएपछि प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया अगाडि बढ्ने बताए । ती सबै कम्पनीका अध्यक्षमा भने कार्यकारी निर्देशक कुलमान घिसिङ अध्यक्ष तथा संयोजक, जलविद्युत लगानी तथा विकास कम्पनी र विद्युत उत्पादन कम्पनीबाट १ र १ जना प्रतिनिधि रहने व्यवस्था छ । प्राधिकरणका अनुसार तामाकोसी पाँचौंको सञ्चालक समिति सदस्यमा प्राधिकरणका निर्देशकद्वय मनोज सिलवाल र ज्ञानेन्द्रमान जोशी, दुधकोसीमा कामु उपकार्यकारी निर्देशकद्वय मोहनरत्न शाक्य र काशेन्द्र यादवलाई तोकिएको छ । पावर ट्रेडिङमा प्रवक्ता अधिकारी र जगदिश्वरमान श्रेष्ठ तथा इन्जिनियरिङ कम्पनीमा मोहनरत्न शाक्य र हितेन्द्रदेव शाक्यलाई तोकिएको छ । जलविद्युत उत्पादन र जलविद्युत लगानी कम्पनीबाट प्रतिनिधि आएपछि सञ्चालक समिति पूर्ण हुने छ । आयोजना निर्माण गर्न गठित कम्पनीमा ३÷३ जना तथा इन्जिनियरिङ र पावर ट्रेडिङमा ५÷५ जनाको सञ्चालक समिति हुनेछ । कम्पनी ढाँचामा माथिल्लो अरुण ३३५ मेगावाट, राहुघाट ४० मेगावाट, तामाकोसी पाँचौ ८७ मेगावाट, उत्तरगंगा ३०० मेगावाट, दूधकोसी ३०० मेगावाट, आँधीखोला १८० मेगावाट, तमोर ६६२ मेगावाट क्षमताका आयोजना अगाडि बढाउन लागिएको छ । ती आयोजनाको क्षमता करिब २ हजार मेगावाट रहेको छ । सञ्चालक समितिको बैठक बसेर प्रमुख कार्यकारी अधिकृत तोकिने प्राधिकरणले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies