भण्डारीको हत्याको छानवीन गर्ने क्रममा गठित आयोगका अध्यक्ष नै ओली बनेका थिए । ओलीले त्यतिबेला भनेका थिए– म सरकारमा गएभने भण्डारीका हत्यारा अवश्य पत्ता लगाउँछु ।तर ओलीले मदन भण्डारीको हत्या भएपछि बनेको नेकपा एमालेको एकल सरकार र त्यसपछि राप्रपासँग मिलेर, कांग्रेससँग मिलेर बनेका थुप्रै सरकारमा किन छानबिन अघि बढेन भन्ने कुरा गरेनन् । न त उनले आफू प्रधानमन्त्री हुँदा त्यसबारेमा चुईँक्क एक शब्द उच्चारण नगरेको कुरा गरे । ओलीको बोली यस्तो लाग्थ्यो, मानौं उनी लामो समयसम्म निन्द्रामा थिए । झल्याँस ब्यूँझिँदा भण्डारीको सम्झना आयो उनलाई र स्मृतिमा हराए उनी २०५० सालको । एकजना दार्शनिकले भनेका छन, “राजनीति जे हो त्यो देखिन्न र जे होइन, त्यो प्रचार गरिन्छ ।” एमाले अध्यक्ष ओलीका हकमा यो कुरा लागु भएको देखिन्छ । कम्तीमा पनि आज २४ वर्षपछि दासढुंगाका बारेमा उनले बोलेका कुराले त्यो झन पुष्टि गर्दछ । ओलीले साँच्चिकै भण्डारी, आश्रित हत्याको अनुसन्धान चाहन्थे, त्यसप्रति उनी संवेदनशील हुन्थे, दुबै नेताको हत्याले उनलाई पोलिरहेको हुन्थ्यो भने उनले अरु सबै प्राथमिकता हटाएर पनि आफू सरकारमा भएको बेला यसको छानबीन अगाडि बढाउँथे । दसी प्रमाण नष्ट गरिएका हुन सक्लान, तर कम्तीमा फाइल त अगाडि बढ्थ्यो । हत्यारा पत्ता लाग्थे नलाग्थे, त्यो बेग्लै विषय हुन्थ्यो तर यसले ओली यो घटनामा संवेदनशील हुन्थ्यो भन्ने देखिन्थ्यो । आफूले बोलेको कुरामा अडिग हुने ओलीका लागि प्रधानमन्त्री हुँदा यो काम गर्न त्यति गारो हुँदैनथ्यो । तर राजनीति न हो, यो काम ओलीबाट भएन । अहिले चुनावको मुखमा आएर ओलीलाई भण्डारी र आश्रितको सम्झनाले सताएको छ । उनले यस्तो देखाइरहेका छन्, मानौं उनी यो घटनामा सबैभन्दा बढी संवेदनशील छन् । तर उनले इतिहास बिर्सिरहेका छन् । भण्डारीको हत्याको छानवीन गर्ने क्रममा गठित आयोगका अध्यक्ष नै ओली बनेका थिए । ओलीले त्यतिबेला भनेका थिए– म सरकारमा गएभने भण्डारीका हत्यारा अवश्य पत्ता लगाउँछु । छानबीन समितिको नेतृत्व गरेको हैसियतले यो घटनामा ओलीलाई अधिकांश कुरा थाहा हुनुपर्छ भन्ने अनुमान सामान्यरुपमा लगाउन सकिन्छ । यो यथार्थलाई ढाकछोप गरेर आज उनी कुन मुखले अनुसन्धानको कुरा गर्दैछन्, बुझि नसक्नु छ ।
प्रतिकृया लेख्नुहोस्: