Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

‘ओबिओआर’मा सरकारले हस्ताक्षर गर्ने निर्णयपछि ओलीले गुहारे भारत

\"\"काठमाडौँ। प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को उद्देश्य अरुको बत्खुवाई गर्नु, अरु नेतालाई होच्याउनु, अर्कोको विषयमा नकारात्मक टिका टिप्पणी गर्नु मात्रै दैनिकी बनेको छ । आफू कुनै पनि काम नगर्ने, वरको सिन्को पर समेत नसार्ने तर अरुको टिका टिप्पणी गर्ने र केवल प्रतिक्रिया मात्रै जनाउने क्षमता एमाले नेतृत्वमा रहेको छ । एमले अध्यक्ष केपी ओली त गाली सम्राटका रुपमा कहलाएका छन् । उनी केवल प्रतिक्रियाका लागि मात्रै राजनीतिको आवरण ओढेको छन् । राजनीतिक विचार र चिन्तन भन्ने विषय नै छैन ओलीको शब्द कोषमा भन्दा फरक पर्दैन् । आफू मात्रै राम्रो अरु सबै अराष्ट्रिय तत्व रहेको भन्ने अह्म र घमण्डले घरजम गरेको एमाले मुख्यालयतिर । आफू मात्रै राष्ट्रवादी भन्ने प्रचार गराउने तर देश र जनताको पक्षमा वरको सिन्को पर समेत नसार्ने विशेष क्षमता ओलीमा छ । ओली भन्ने गर्दथे भारतीयको स्वार्थमा निर्माण भएको प्रचण्ड नेतृत्वको सरकारले केवल भारतका लागि मात्रै काम गर्दछ । दैनिक जसो भारतीय नेता विजय जोलीसँग भेटवार्ता गर्ने, खुफिया एजेन्सीका मान्छेसँगको छलफल र सरसल्लाहमा काम गर्ने उनी भने अरुलाई देख्नै नसक्ने र अरुको विषयमा राम्रो भन्नै नसक्ने व्यक्तिका रुपमा परिचित छन् । तर सरकारले ओलीको गलत प्रचारका विपरित सहज तवरले चीन सरकारले अगाडि सारेको एक क्षेत्र एक मार्गको अवधारणामा हस्ताक्षर गर्ने रणनीति अगाडि सारेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चीनको महत्वकाक्षी योजना अगाडि बढाउने, नेपाल त्यसको साझेदार बन्ने , नेपाल त्यसको सदस्य बन्ने विषयमा प्रष्ट निर्णय गरेको छ । ओबिओर परियोजनामा हस्ताक्षर गर्न उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, सूचना तथा सञ्चार मन्त्री राम कार्की र भौतिक पूर्वाधार तथा यातायात मन्त्री चीन जाने भएका छन् । यही वैशाख ३१ गतेदेनि जेठ २ गतेसम्म ओबिओरमा सदस्य भएका ६५ मुलुकका सरकार एवम् राष्ट्र प्रमुखको सम्मेलन चीनको राजधानी बेइजिङमा आयोजना गरिएको छ ।
ओबिओआरमा हस्ताक्षर नगर्न तथा नगराउन ओलीहरुले नै षड्यन्त्र गरे । उनीहरु सरकारी कर्मचारीलाई उचालेर कागजात लुकाउन लाए । परराष्ट्र मन्त्रालयका कर्मचारीले लामो समयसम्म ओबिओआरको प्रोटोकल लुकाउनुको पछाडि ओलीको नै हात छ । सरकारले त्यो काम अगाडि बढायो भने त जस प्रचण्डलाई जान्छ भन्ने भयले ओलीको मनमा घर गरेको थियो । ओली कति कपटी र स्वाथी छन् भन्ने पनि उनको प्रवृत्तिबाट प्रष्ट भएको छ ।
सरकारले असाध्यै सोच विचारका साथ नेपालको फाइदा र हित कसरी हुन्छ त्यसको आधारमा काम गरिरहेको छ । ओलीहरु जस्तो सनकको भरमा सरकारले कुनै निर्णय गरेको छैन । नेपालको भौगोलिक अवस्था र आवश्यकतालाई मध्यनजर गरेर सरकारले निर्णय गरेको छ । छिमेकी मुलुकसँगको सहकार्य एवम् समदुरीको सम्बन्धलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको छ । एउटाको विरुद्ध अर्कोलाई प्रयोग गर्ने ओली प्रवृत्तिलाई सरकारले परास्त गरेको छ । जनतालाई झुक्याउन ओलीहरु राष्ट्रवादको नाटक मञ्चन गर्छन् । भित्र भित्रै भारतीय खुफिया एजेन्सीका मान्छेलाई रिझाउन थाल्छन् । तर वर्तमान सरकारले जे बोल्यो त्यो पूरा गरेको छ । सरकार आवश्यकताका आधारमा निर्णय गर्छ । सरकार राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्छ । सरकार जनताको पक्षमा छ । छिमेकीको साझा हितलाई सम्मान गरेको छ । चीनका राष्ट्रपति सि जिन पिङले अगाडि सारेको महत्वाकाक्षी योजनाबाट नेपालले के कति फाइदा लिन सक्छ, नेपालको हति कहाँनेर कसरी हुन सक्छ भन्ने विषयलाई राम्ररी मनन गरेको छ । सरकारले ओबिओर परियोजनामा हस्ताक्षर गरेपछि चीनको केरुङ हुँदै निर्माण हुने रेलमार्ग काठमाडौँ जोडिनेछ । काठमाडौँ आइपुग्ने रेलमार्ग पोखरा र लुम्बिनीसम्म पुग्नेछ । हिमाल छिचोलेर अगाडि बढ्ने रेलमार्गले नेपालको आर्थिक समृद्धि र समुन्न्तीको ढोका खोल्नेछ । केरुङ काठमाडौँ पोखरा रेलमार्ग अगाडि बढाउन चिनियाँ पक्षले नै चासो देखाएको छ । रेल विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । सम्भवतः आगामी साता बस्ने मन्त्रिपरिषद्को बैठकले सो सम्बन्धमा आवश्यक निर्णय गर्नेछ । प्रधानमन्त्री प्रचण्डले रेल विभागका अधिकारीलाई आवश्यक ताकेता गरिसकेका छन् । ओलीहरु हावामा गोली हान्थे, उनीहरु केवल प्रचारका लागि मात्रै काम गर्थे । ओलीहरुको स्वार्थ केवल राजनीति मात्रै थियो । उनीहरुलाई काम भए होआस् नभए नहोस भन्ने थियो । तर प्रचण्डले जनताको पक्षमा, मुलुकको पक्षमा, कसरी फाइदा हुन्छ, नेपाली जनताले कसरी लाभ हासिल गर्न सक्छन् भन्ने विषयलाई केन्द्रमा राखेर काम गरेका छन् । ओबिओआरमा हस्ताक्षर गर्ने निर्णय मन्त्रिपरिषदल् गरे लगत्तै प्रचण्डको पक्षमा बढेको जनमत त्यसैको द्योतक हो । प्रचण्डले केवल हल्लाका लागि मात्रै काम गरेका छैनन् । आफ्नो निर्णयबाट पर्ने दीर्घकालीन प्रभावको विषयमा प्रधानमन्त्री प्रचण्डलाई राम्रोसँग थाहा छ । ओबिओआरमा हस्ताक्षर नगर्न तथा नगराउन ओलीहरुले नै षड्यन्त्र गरे । उनीहरु सरकारी कर्मचारीलाई उचालेर कागजात लुकाउन लाए । परराष्ट्र मन्त्रालयका कर्मचारीले लामो समयसम्म ओबिओआरको प्रोटोकल लुकाउनुको पछाडि ओलीको नै हात छ । सरकारले त्यो काम अगाडि बढायो भने त जस प्रचण्डलाई जान्छ भन्ने भयले ओलीको मनमा घर गरेको थियो । ओली कति कपटी र स्वाथी छन् भन्ने पनि उनको प्रवृत्तिबाट प्रष्ट भएको छ । एकातिर सरकारी कर्मचारीलाई कागजात लुकाउन लगाउने अर्कोतिर सरकार लम्पसारवादी भयो भन्दै गलत प्रचार गर्ने ओलीको दोग्ला चरित्र सतहमा आएको छ । कुनै पनि विषयमा ज्ञान नराख्ने केवल सार्वजनिक खपतका लागि मात्रै भाषण गर्ने ओलीको केवल मौसमी भाषणबाट मुलुकले त्राण पाएको छ । प्रचण्ड नेतृत्वको सरकारले सरकारका उपप्रधानमन्त्रीको नेतृत्वमा वरिष्ठ तीन मन्त्रीलाई हस्ताक्षर समारोहमा पठाउने निर्णय गर्नु नै आफैमा महत्वपूर्ण निर्णय हो । ओबिओआरमा नेपाल सदस्य भएपछि त्यसबाट नेपालले प्राप्त गर्ने फाइदाबाट ओली प्रवृत्ति आत्तिएको छ । प्रचण्डको राजनीतिक आइट अझ बढ्ने भयो भन्दै ओलीहरु अझै पनि त्यसलाई असफल पार्न भारतलाई गुहारिइरहेका छन् । ओबिओआरमा हस्ताक्षर गर्ने निर्णय मन्त्रीपरिषद्बाट भए लगत्तै ओली र भारतीय खुफिया एजेन्सीका काठमाडौँ प्रमुखबीच भेटवार्ता भएको छ । ओली अझै पनि कसरी ओबिओआरमा सरकारले हस्ताक्षर नगरोस र कसरी रोक्न सकिन्छ भनेर लागेका छन् । तर सरकारको आवश्यक तयारी र निर्णय हेर्दा ओलीहरु जतिसुकै भाड्न लागपरेपनि ओबिओआरमा नेपालले हस्ताक्षर गर्नेछ र त्यसबाट प्राप्त हुने फाइदालाई नेपाल र नेपाली जनताको हितमा प्रयोग गर्नेछ । ओली बनाउन जान्दैनन् केवल भत्काउन मात्रै जान्दछन् । बाँदरले आफ्नो घर पनि बनाउँदैन अर्काको घर पनि बाँकी राख्दैन भन्ने नेपाली उखान जस्तै ओली केल नकारात्मकतालाई बढी प्रचार गराउन सफल भएका छन् । उनले ठानेका छन् तत्कालका लागि मूतको न्यानो त होला, तर दीर्घकालमा ओली नराम्ररी पछारिनेछन् । जतिबेला उनी नराम्ररी पछारिनेछन् त्यतिबेला ओलीलाई साथ दिने कोही पनि बाँकी रहने छैनन् । हद भन्दा बढी नकारात्मकताले ओलीको हित गर्ने छैन । ओलीका कारण नेपाल र नेपाली जनताले समेत दुःख पाउनेछन् । त्यसकारण प्रचण्ड सरकारले कुकुर भुके हजार हात्ती लस्के हजारको शैलीमा जनतालाई केन्द्रमा राखेर, मुलुकलाई शिरमा राखेर काम गर्नु गराउनु जरुरी छ । त्यसैमा नै मुलुकको भलो र हित गाँसिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies