Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

सत्ता हस्तान्तरण गर्न देउवाको दबाब

\"\"काठमाडौं, १७ वैशाख । सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ । आजको राजधानी दैनिकमा खबर छ– प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा रहेको सरकारका दुई घटक कांग्रेस र नेकपा माओवादी केन्द्रबीच शनिबारबाट अचानक स्थानीय तह निर्वाचनपछि सत्ता हस्तान्तरणको विषयले प्राथमिकता पाउँदा ती दलबीच मतभेद बढेको हो । संविधान संशोधन विधेयकलाई पारित गर्न विभिन्न विकल्पमा छलफलमा जुटेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाबीच शनिबार साँझ विधेयक पारित गराई दुई चरणको घोषित निर्वाचन गराउने विषयभन्दा सत्ता हस्तान्तरणले प्राथमिकता पाएपछि दुई नेताबीच भनाभनसमेत भएको स्रोतको दाबी छ । संशोधन, दुई चरणको निर्वाचन र बजेट सार्वजनिक तालिकाप्रति असन्तुष्ट प्रमुख प्रतिपक्षी एमालेलाई मनाउन अध्यक्ष केपी ओलीनिवास बालकोट पुगेर फर्किएलगत्तै देउवाले स्थानीय तह निर्वाचनलगत्तै सत्ता नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्न प्रस्ताव गरेपछि प्रधानमन्त्री प्रचण्ड आक्रोशित बनेका हुन् । स्रोतका अनुसार देउवाले दुई चरणमा घोषणा गरिएको निर्वाचन तालिका परिमार्जन गर्न र निर्वाचनलगत्तै पूर्वसहमतिअनुसार प्रधानमन्त्रीबाट राजीनामा दिन भनेपछि प्रचण्ड–देउवाबीच भनाभन भएको हो । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलासहित प्रधानमन्त्री भेट्न पुगेका देउवालाई प्रचण्डले निर्वाचनमा सहमति नजुटेसम्म आफूले सत्ता हस्तान्तरण गर्न नसक्ने बताएका थिए । आफू एमाले र मोर्चालाई मनाउन प्रयत्न गरिरहेको तर सहयात्री दलका हैसियतमा सहयोग गर्नुको सट्टा असान्दर्भिक विवाद झिकेको भन्दै प्रधानमन्त्री प्रचण्ड सभापति देउवाप्रति आक्रोसित भएका थिए । दुई नेताबीच निर्वाचन र संशोधन भन्दा पृथक् विषयमा अनावश्यक विवाद सुरु भएपछि बैठकमा उपस्थित कांग्रेस र माओवादी केन्द्रका नेताहरूले पुनः छलफल गर्न प्रस्ताव गरेपछि सत्तारूढको संशोधन विधेयक पारित गर्ने रणनीति नै तय नगरी बैठक सकिएको सहभागी एक नेताले बताए । प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुअघि देउवा वरिष्ठ नेता पौडेल र अर्का नेता सिटौलालाई लिएर एमाले अध्यक्ष ओली, उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव ईश्वर पोखरेललाई भेट्न ओली निवास बालकोट पुगेका थिए । भेटमा कांग्रेस नेताले संविधान संशोधन विधेयकमा सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए । संशोधन विधेयक पारित नगरे मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन नसकिने भन्दै मोर्चा मनाउन भए पनि सहयोग गर्न देउवाले ओलीलाई आग्रह गरेका थिए । देउवाले बजेटलाई असार पहिलो साता सारेर घोषित दुई चरणमा निर्वाचनमा मनाउन खोजे पनि ओलीले बजेटको संवैधानिक व्यवस्था, भाषाबारे सरकारले दर्ता गरेको संशोधन प्रस्ताव र ३१ जेठको निर्वाचनमा एमाले सहमत हुन नसक्ने बताएका थिए । एमाले स्थायी समितिले निर्णय गरिसकेको भन्दै विधेयक जस्ताको तस्तै प्रस्ताव गरिए असफल पार्ने बताएका थिए । ओलीले जेठमा मुस्लिमहरूको महान् पर्व रमजान पर्ने भएकाले समेत सो समुदायलाई निर्वाचनमा सहभागी गराउँदा अन्याय हुने भन्दै ३१ जेठको निर्वाचन व्यावहारिक नभएको तर्क गरेका थिए । ओली निवासमै सरकारको नेतृत्वका विषयमा समेत छलफल भएको स्रोतको दाबी छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies