Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अलपत्र परेका १७ नेपालीको हारगुहारः प्रचण्ड सरकार हामीलाई नेपाल फर्काउ (भिडियोसहित)

\"\"कतार, १५ वैशाख । धन कमाउने र सुखसयल जिन्दगी विताउने आशा विदेशीएका कतिपय नेपाली अलपत्र परेका छन् । महिनौंसम्म तलव नपाएर अलपत्र परेका नेपालीहरु अलपत्र परेका हुन् । उनीहरु नेपाल फर्कने पैसा नभएर अलपत्र परेको बताएका छन् वैदेशिक रोजगारीका लागि कतार गएका १७ जना नेपाली कम्पनीले बिगत चार महिनादेखि तलब नदिएपछी बिचल्लीमा परेका छन् । काठमाडौमा रहेको Sky Way Management P Ltd  (स्कार्इ वे म्यानेजमेण्ट प्रालि) र बिर्तामोडमा रहेको Birad Associates P Ltd (बिराड एसोसियट प्रालि) बाट नौ महिना अघि कतारको दोहास्थित बेस्ट सिटी  (BR)trading contracting W.L.L  (बिअार कन्ट्रयाक्टिङ डब्लुएलएल) कम्पनीमा अपरेटर काममा लागि गएका नेपाली कामदार लाई कम्पनीले चार महिनादेखि तलब नदिएपछी आफुहरु बिचल्लीमा परेको जानकारी पीडित मध्यका एक नरेश परियारले फोन सम्पर्क मार्फत बताएका छन् । नेपालबाट जनही ७० हजार रुपैयाँ लिएर राम्रो काम र राम्रो कमाइ हुने भन्दै मेनपावरले झुक्याएर सप्लायर्स कम्पनीमा लगाएपछि कम्पनीले सुरुदेखि नै आफुहरुलाइ वास्ता नगरेको र लेबर कोर्टमा गएर उजुरी हाल्दासमेत सुनवाइ नभएको आफ्नो समस्या राख्दासमेत कतैबाट केहि सहयोग नमिलेपछी अत्यन्तै पीडामा रहनु परेको जानकारी परियारले दिएका छन् ।

हेर्नुहोस अलपत्र परेका नेपालीकाे हारगुहार गरेकाे भिडियो

यस्तै उनका अनुसार २० जना अलपत्र परेको मध्य ३ जनाले नेपालबाट पैसा झिकाएर फर्कन सफल भएपनि आफुहरुले काम गरेको पारिश्रिम नै नपाएको र पासपोर्ट समेत मालिक मै हातमा रहेको हुदा फर्कन नसकेको बताएका छन् । अदालतमा उजुरी हालेपछी कम्पनिले तलब समयमा दिने सहमति गरे पनि हाल मालिक नै सम्पर्क बिहिन भएपछी आफुहरुलाई खान खाने पैसासमेत नभएको भन्दै आफुहरुलाई दूतावास मार्फत नेपाल फर्काउन र आफुले काम गरेको तलब दिलाउन पहल गरिदिन कतारस्थित विभिन्न संघ सङठन र नेपाल सरकारलाई पीडितले अनुरोध गरेका छन् । यी हुन् महिनौंदेखि तलव  नपाएर अलपत्र परेका नेपालीहरु १ कुमार लिम्बू झापा २ शम्सेर लिम्बू पाँचथर ३ रबिन ब्ययल्कोती मोरङ ४ सबिन गुरुङ ईलाम ५ बिशाल थापा ईलाम ६ काजीबहादुर सार्की भोजपुर ७ गङगाराम खतिवडा मोरङ ८ सन्जोक धिमाल पाँचथर ९ तिलक गिरि झापा १० फुर्तेन तामाङ ईलाम ११ रितिककुमार लिम्बु ईलाम १२ अनिल तामाङ पाँचथर १३ सुरेन्द्र सुहाङ्ग पाँचथर १४ बिमल बिस्वकर्म झापा १५ राजन खाती झापा १६ मनि राज लिम्बु झापा १७ शनि लिम्बु स्काई वे म्यानेजमेण्टका डाइरेक्टर भुपेन्द्र कडरियाले खबरडबलीसँग भने ‘कम्पनीको लाइसेन्स मिति सकिएकाले त्यहाँको प्रमुख बंगलादेश पैसा लिन गएको छ ।’  पछि दिन्छन् हाेला ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies