Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

कांग्रेसले छनोट प्रक्रिया केही दिनका लागि स्थागित गर्यो

\"\"धनगढी, १३ वैशाख । नेपाली काँग्रेस कैलालीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारको छनोट प्रक्रिया केही दिनका लागि स्थागित गरेको छ । काँग्रेसका जिल्ला उपसभापति प्रकाश बमले वैशाख ३१ गतेका लागि तोकिएको निर्वाचनको मिति सरेर जेठ ३१ गते तोकिएपछि केही दिनका लागि उम्मेदवार छनोट प्रक्रिया स्थगित गरिएको बताए । “केही दिन छनोट प्रक्रिया स्थगित गरेर वैशाख महिनाभित्रमा उम्मेदवारको टुङ्गो लगाइसक्छौँ,” उनले भने । काँग्रेसको तर्फबाट प्रमुख पदका लागि धनगढी उपमहानगरपालिकामा कृष्णबहादुर महरा र नृप ओड, टीकापुर नगरपालिकामा जङ्गबहादुर साउद र केशरी विष्ट, गोदावरी नगरपालिलकामा हेमप्रकाश उप्रेती, वीरेन्द्र भट्ट र खडक बडैला, गौरीगङ्गा नगरपालिकामा दिनेश जोशी, शेरबहादुर देउवा र भोजबहादुर बम, लम्कीचुहा नगरपालिकामा देवानन्द जैशी र भक्तबहादुर थापा तथा घोडाघोडी नगरपालिकामा लक्ष्मीराज जैशी र रीता चौधरीलगायतका आकाङ्क्षी रहेको जिल्ला उपसभापति बमले बताए । नेकपा एमालेले भने जिल्लाका १३ स्थानीय तहमध्ये १० वटा स्थानीय तहमा पार्टीबाट उठाइने प्रमुख, उपप्रमुखलगायत पदका उम्मेदवारको टुङगो लगाइसकेको छ । एमालेको– ७ नं प्रदेश सङ्गठन समितिको कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले धनगढी उपमहानगरपालिका, लम्की चुहा र गोदावरी नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको जानकारी दिए । सो पार्टीले टिकापुर नगरपालिकामा तपेन्द्र रावल, भजनी नगरपालिकामा प्रदीप मल्ल, घोडाघोडी नगरपालिकामा अमर साउद, गौरीगङ्गा नगरपालिकामा भीम देउवालाई प्रमुखको उम्मेदवार बनाउने टुङ्गो लगाएको छ । नेकपा माओवादी केन्द्रले अधिकांश तहमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाइसकेको छ । सो पार्टीले धनगढी उपमहानगरमा रामसमझ राना, गोदावरी नगरापलिकामा गोकर्ण भट्ट, भजनी नगरमा शेरबहादुर थारुलाई प्रमुख पदमा उठाउने निर्णय गरिसकेको छ । राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायतका दललेले उम्मेदवारको टुङ्गो अहिलेसम्म लगाउनसकेका छैनन् । चुनावी सरगर्मी बढ्दै जाँदा प्रायः सबै दलहरुले आ–आफ्नो प्रचारप्रसार अभियान गरिरहेका छन् । उद्योगी एवम् व्यापारी गोपाल हमाल धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै चुनावी अभियानमा लाएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies