Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बालुवाटार बैठकको अठोटः बुधबार साढे १० बजे निष्कर्षमा पुग्ने सहमति

\"\"काठमाडौँ, १२ वैशाख । प्रमुख तीन दलसहित बसेको पाँच दलको बैठकमा अवरुद्ध व्यवस्थापिका–संसद् खुलाउने विषयमा बुधबार बिहान १०ः३० बजे शीर्ष नेताहरु बसेर निष्कर्षमा पुग्ने सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मंगलवार आज साँझ बसेको बैठकमा अवरुद्ध संसद् खुलाउने विषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा स्थानीय विकासमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच अवरुद्ध व्यवस्थापिका–संसद् खुलाउने विषयमा बुधबार निष्कर्षमा पुग्ने सहमति भएको हो । बैठकका बारेमा जानकारी दिँदै एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले बुधबार बिहान १०ः३० बजे शीर्ष तीन नेता र उपप्रधानमन्त्री थापा गरी चार जना बसेर आजकै छलफलको पृष्ठभूमिमा एउटा टुङ्गोमा पुग्ने विषयमा सहमति भएको जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले अवरुद्ध संसद् खुलाउनेलगायत विषयमा छलफल भएको र सहमतिका लागि छलफल प्रारम्भ भएको बताए । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने, बजेट ल्याउने र संसद् बैठक सुचारु गर्ने विषयमा गम्भीरतापूर्वक छलफल भएको बताए । बैठकमा संविधान संशोधन विधेयक, स्थानीय तहको निर्वाचन र अवरुद्ध संसद् खुलाउने विषयमा छलफल भएको थियो । एमाले नेता नेम्वाङका अनुसार स्थानीय तहको निर्वाचन र संविधान संशोधनको विषयमा एक÷दुई दिन छलफल निरन्तर रहनेछ । स्थानीय तहको निर्वाचन र जेठ १५ मा बजेट ल्याउने विषयमा प्रमुख प्रतिपक्षी दल एमालले आफ्नो कुरा गम्भीरतापूर्वक राखेको उनको भनाइ छ । बैठकमा काँग्रेसका तर्फबाट सभापति देउवा, प्रकाशमान सिंह, एमाले अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापा, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies