Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

फेरबदल गरेर दुबै चरणको चुनावी तालिका सार्वजनिक (तालिकासहित)

\"\"काठमाडौं, १२ वैशाख । निर्वाचन आयोग स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगल मंगलबार वैशाख ३१ र जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले पहिलो चरणको चुनावको लागि वैशाख १९ गते उम्मेदवार मनोनयनको मिति तोकेको छ । विहान १० बजेदेखि बेलुकी ५ बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने आयोगले जनाएको छ । त्यस्तै १९ गते बेलुकी साढे ५ बजे नै उम्मेदवारको सूची प्रकाशन गर्नेछ । आयोगका अनुसार वैशाख २० गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकेको छ । २० गते नै दिउँसो १ बजेदेखि २१ गते विहान साढे ११ बजेसम्म मनोनयनपत्र जाँच गर्ने आयोगले जनाएको छ । त्यस्तै २१ गते साढे ११ बजेदेखि १ बजेसम्म उम्म्ेदवारीको नामावली प्रकाशन गर्ने चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । सोहि दिन १ बजेदेखि ५ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । आयोगका अनुसार २२ गते १० बजेदेखि ११ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ । सोहि दिन ११ देखि साँझ ५ बजेसम्म उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आयोगले वैशाख ३१ गतेको निर्वाचनको समय विहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकेको छ । पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा निर्वाचन हुँदैछ ।

र, यो पनि

१६ गते नहुने भयो मनोनयन दर्ता, आयोगले गर्यो यस्तो निर्णय

उम्मेदवारले भोलिसम्म नाम, थर, पद र दस्तखत नमूना पेश गर्नुपर्ने (यसरी भर्नुहोस् फाराम)

त्यसैगरि आयोगले जेठ ३१ गते हुने दोस्रो चरणको चुनावी तालिका पनि सार्वजनिक गरेको छ । जेठ १९ गते उम्मेदवार मनोनयनको मिति तोकेको छ । विहान १० बजेदेखि बेलुकी ५ बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने आयोगले जनाएको छ । त्यस्तै १९ गते बेलुकी साढे ५ बजे नै उम्मेदवारको सूची प्रकाशन गर्नेछ । आयोगका अनुसार जेठ २० गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकेको छ । २० गते नै दिउँसो १ बजेदेखि २१ गते विहान साढे ११ बजेसम्म मनोनयनपत्र जाँच गर्ने आयोगले जनाएको छ । त्यस्तै २१ गते साढे ११ बजेदेखि १ बजेसम्म उम्म्ेदवारको नामावली प्रकाशन गर्ने चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । सोहि दिन १ बजेदेखि ५ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । आयोगका अनुसार २२ गते १० बजेदेखि ११ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ । सोहि दिन ११ देखि साँझ ५ बजेसम्म उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आयोगले जेठ ३१ गतेको निर्वाचनको समय विहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकेको छ । दोस्रो चरण निर्वाचन १, २, ५ र ७ नं प्रदेशमा हुँदैछ ।

\"\" \"\"

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies