Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मतदाता भन्छन् : हाम्रालाई होइन, राम्रालाई भोट

\"\"चितवन, ११ वैशाख । स्थानीय निकायको निर्वाचनमा हाम्रालाई भन्दा राम्रालाई भोट दिने सुरमा छन् चितवनका मतदाता । निःस्वार्थी र राम्रा नेता छानिएमा गाउँ तथा नगरको विकासले फड्को मार्ने भन्दै मतदाता राम्रालाई भोट दिनुपर्ने बताउँछन् । वृद्धिजीवी गङ्गाधर खरालले जनतासँग घुलमिल हुन सक्ने, विकासप्रेमी व्यक्ति र राम्रा व्यक्ति नै चुनावका लागि उपयुक्त हुने बताए । खराल भन्छन्, “आज चुनाव जितेर पनि उही रुपमा, जसरी भोटमाग्दा जनतालाई हेरेको थियो, जितेपछि पनि त्यसैगरी हेर्ने व्यक्ति चाहिन्छ ।” विगतमा चुनाव जितेपछि नेता गाउँमा फर्केर पनि आएनन् भन्ने गुनासो व्याप्त छ । चितवनको विकट सिद्धिका अतिसिमान्तकृत समुदायका सुब्बा चेपाङको अनुभव पनि त्यही छ । अब हामीलाई सहयोग गर्ने, विकास गर्ने मान्छेलाई नै भोट दिने हो, सुब्बा चेपाङले भने । चितवनमा दलका नेताहरु भने उम्मेदवार छान्ने र प्रचारप्रसारमा तीव्रता दिने काममा व्यस्त भएका छन् । चितवनको रत्ननगरका एकजना वडाध्यक्षको उम्मेदवार स्वयम्ले नै आफ्नो चुनावी नारा ‘हाम्रालाई होईन राम्रालाई जिताउँ’ भनेर राखेका छन् । नेपालमा स्थानीय निकायको निर्वाचन नभएको दुई दशक भयो । त्यसैले धेरैका लागि यो निर्वाचन नयाँ छ । त्यसमाथि सङ्घीय संरचनाअनुसारको निर्वाचन भएकाले पनि विल्कुलै फरक छ । अधिकार गाउँतहमा आउने बेलाको निर्वाचन भएकाले अझै यो पालीको चुनाव महत्वपूर्ण र आशा गर्ने खालको रहेको भरतपुरकी शान्ति अधिकारी बताउछन् । उनी पनि राम्रा उम्मेदवारलाई चुन्नसके विकासले फड्को मार्ने बताउनुहुन्छ । चितवन जिल्लामा एक महानगर, एक गाउँपालिका र पाँच नगरपालिका छ । तीन लाख १३ हजार २ मतदाताले कुल ५०४ जना निर्वाचित गर्ने छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies