Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

लोप भैसकेको पदमार्ग ‘सराङकोट–नौडाँडा’ पुनः सञ्चालन हुने

\"\"पोखरा, १० वैशाख । पर्यटकीय नगरी पोखरासँग प्रत्यक्ष सरोकार राख्ने पदमार्गमध्येको ‘सराङकोट–नौडाँडा’ पदमार्ग पुनःसञ्चालनमा आउने भएको छ । पोखरा आउने पर्यटक जाने गरेको सराङकोट– कास्कीकोट–तोरीपानी–नौडाँडा पदमार्ग बाटो विस्तारसँगै हराउने अवस्थामा पुगेकोमा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले पर्यटन सम्बद्ध संस्थासँगको सहकार्यमा उक्त पदमार्गलाई पुनः सञ्चालनमा ल्याउने तयारी गरेको हो । सराङकोट डाँडाको फेदीदेखि लगभग १४ किमि दुरीमा रहेको यो पदमार्ग एक दिनको पदयात्रा गर्न रुचाउने जो कोही पर्यटकका लागि उत्कृष्ट गन्तव्य हुने भएकोले यसलाई पुनः ताजगी गराउने प्रयास गरिएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलियाले बताए । “पोखरा आसपासमा रहेका सराङकोट–नौडाँडा जस्ता धेरै पदमार्ग हराउन थालेकोले यिनको पुनः ताजगीका लागि बोर्डले हाइकिङ बिथ एनटिबी, ‘द’ लष्ट ट्रेल कार्यक्रमलाई अघि बढाएको छ,” उनले भने, “कार्यक्रम अन्तर्गत प्रत्येक महिना यस्ता हराएका पदमार्ग प्रवद्र्धनका लागि पर्यटन सम्बद्ध संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने छ ।” पोखरामा पर्यटकको बढ्दो आकर्षणसँगै पर्यटकको बसाइ लम्ब्याउनका लागि आसपासका छोटादुरीका पदमार्गको विकास र प्रचारप्रसारको आवश्यकता रहेको औंल्याउँदै उनले बढ्दो सहरीकरणको प्रभावमा यस्ता पदमार्ग जो कोहीका लागि आकर्षक गन्तव्य बन्ने बताए । पदयात्रा पर्यटन नेपालको पर्यटनको एक विशिष्ट पक्ष भएको बताउँदै थपलियाले आन्तरिक पर्यटनमा प्रत्येक वर्ष थपिँदै गएको नयाँ पुस्तालाई समेत यस्ता गन्तव्यले लोभ्याउने विश्वास व्यक्त गरे । पदयात्राका क्रममा पोखरा सहरको अवलोकनका साथै उच्च पहाडी तथा हिमाली दृश्य एक साथ अवलोकन गर्न पाउनु यो पदमार्गको विशिष्टता हो । कुलमन्डन शाहाको समयमा प्रयोगमा आएका कुवा तथा विभिन्न ऐतिहासिक सम्पदा यस क्षेत्रमा रहनुले नेपाल राज्यको इतिहासमा यिनीहरूको छुट्टै महत्व रहेको सराङकोटस्थित ग्रिन हिल रेस्टुरेन्टका सञ्चालक ठाकुर तिमल्सिनाले बताए । “सराङकोट – नौडाँडा पदमार्गमा पर्ने कुलमन्डन शाहाले प्रयोगमा ल्याएको कुवादेखि कास्कीकोटमा रहेको ऐतिहासिक दरबार यहाँका महत्वपूर्ण सम्पदा हुन्,” उनले भने, “यी ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीयवासीका साथै राज्यको जागरुकता आवश्यक छ ।” सराङकोटबाट कास्कीकोट, तोरीपानी जस्ता स्थान हुँदै नौडाँडासम्म पुग्ने यो मार्ग एक दिने पदयात्रा र दृश्यावलोकनका लागि अत्यन्त उत्कृष्ट गन्तव्य भएको ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च९भिटोफ० कास्कीका अध्यक्ष तारानाथ पहारीले बताए । पदयात्रा मार्गमा पर्ने तोरीपानी होमस्टेका साथै यस आसापसका क्षेत्रमा विस्तारै मौलाउँदै गएको ग्रामीण पर्यटन पदयात्रा मार्गको पुनः सञ्चालनसँगै विकसित बन्दै जाने उनको धारणा छ । “विश्वमै सुन्दर पर्यटकीय नगरीका रुपमा ख्याती पाएको पोखरा आउने पर्यटकको बढ्दो चापलाई दृष्टिगत गरी आसपासका ग्रामीण क्षेत्रमा पर्यटनको विकास आवश्यक छ,” उनले भने, “सडक विस्तारसँगै हराउने अवस्थामा पुगेका पदमार्गलाई पुनः सञ्चालनमा ल्याउने गरी कार्यक्रम अघि बढाएमा त्यसले पोखराको मात्र नभएर आसपासका गाउँको पर्यटकीय विकासमा पनि महत्वपूर्ण सहयोग पु¥याउँछ ।” सराङकोट–नौडाँडा पदमार्गलाई एक दिने प्याकेजका रुपमा राख्न सकिने बताउँदै अध्यक्ष पहारीले थपे, “पोखरा आउने पर्यटकलाई एक दिन सराङकोटबाट हिँडाएर तोरीपानीस्थित भुजेल गाउँ होमस्टेमा बस्नको लागि लैजाने र भोलिपल्ट बिहान नौडाँडासम्म हिँडाएर त्यहाँबाट यातायातका साधन मार्फत पोखरा ल्याउन सकिन्छ ।” पोखरा बाग्लुङ राजमार्गमा सञ्चालनमा आएसँगै सराङकोट – नौडाँडा पदमार्ग हराउने अवस्थामा पुगेको राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका पश्चिमाञ्चल सयोजक गोविन्दराज पहारीले बताए । नेपालको पर्यटकीय विकासमा पदयात्रा पर्यटनको छुट्टै विशिष्ट महत्व रहेको बताउँदै उनले नेपाल पर्यटन बोर्डले हराएका पदमार्गको खोजी गर्दै तिनीहरूको प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाउन खोज्नुले पोखरा आउने पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने धारणा राखे । “ऐतिहासिकतासँग जोडिएका क्षेत्रमा पदमार्गको विकास तथा विस्तार गर्न सके त्यसले ती ठाउँको राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पहिचानका साथै समग्र देशकै पर्यटकीय विकासमा टेवा पुग्ने देखिन्छ,” – संयोजक पहारीले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies