Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

राप्रपाले कांग्रेस एमालेसँग चुनावी तालमेल गर्ने

\"\"काठमाडौँ, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा वैचारिक तथा सैद्धान्तिक रुपमा नजिक रहेका दलसँग चुनावी तालमेल गर्ने भएको छ । पार्टीले आफू हार्ने स्थानमा अन्य दललाई सहयोग गर्ने तथा जित्ने सम्भावना भएका स्थानमा अन्य दलको सहयोग लिने गरी तालमेल गर्न सम्बन्धित जिल्लालाई अधिकार उपलब्ध गराएको छ । पार्टीले तालमेलका लागि अहिलेसम्म नेपाली काँग्रेस र नेकपा (एमाले) सँग समन्वय र छलफल गरिरहे पनि टुङ्गो लागिसकेको छैन । ती दुई दलमध्ये एक दलसँग तालमेलका लागि निर्णय लिएपछि उम्मेदवार छनोट अगाडि बढाइने छ । उम्मेदवार छनोटका लागि आवश्यक विधि र प्रक्रियासमेत निर्माण गरिएको छ । निर्वाचनमा उम्मेदवारको कार्य दक्षता, क्षमता, जनसमर्थन, पार्टीप्रतिको निष्ठालगायत विषयलाई मूल्याङ्कन गरी टिकट दिइने छ । काठमाडौँ जिल्ला कार्यसमितिले काठमाडौँका १० नगरपालिका प्रमुख तथा प्रमुखका लागि नामावली तयार पारिसकेको भए पनि तालमेलको निर्णय भइनसकेकाले ती नामावली सार्वजनिक गर्न नसकिएको समितिका अध्यक्ष नवराज सिङ्खडाले जानकारी दिए । उनले स्थानीय तहको निर्वाचनमा केही स्थानमा पार्टीले एक्लै सफलता प्राप्त गर्न सक्ने तथा भने केहीमा पार्टीको निर्णय निर्णायक हुने जिकिर गरे । पार्टीले स्थानीय विकास तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर घोषणापत्र ल्याउन लागेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख तथा उपप्रमुखमा अन्य क्षेत्रभन्दा विशेष महत्व दिइएको छ । पार्टीको काठमाडौँ महानगर कार्यसमितिले कामपा प्रमुखमा राजाराम श्रेष्ठलाई उम्मेदवारीका लागि निर्विरोध सिफारिस गरेको छ । उपप्रमुखमा भने सोनाम शाक्य, रेश्मा शाह, गङ्गा विक, सुधा जोशी र कुन्तीदेवी पोखरेललाई सिफारिस गरिएको छ । नायिका रेखा थापालाई प्रमुखमा उठाउने चर्चा चले पनि उनको नाम सिफारिस हुन सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies