Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

परमाणु बम बनाउन कसले दिन्छ उत्तर कोरियालाई पैसा ?

\"\"काठमाडौं, ९ वैशाख । १९५० को दशकमा उत्तर कोरिया एसियाको सबैभन्दा धेरै उद्योगहरु भएको देशमध्ये एक थियो । तर, आज उसको अर्थव्यवस्था पहिलेको जस्तो छैन । अहिले अमेरिका र अन्य देशसँग उत्तर कोरियाबीचको सम्बन्ध राम्रो छैन । यसको कारण परमाणु कार्यक्रम र लामो दूरिको मिसाइल विकास नै हो । उत्तर कोरियाले आफ्नो राष्ट्रपति किम इल सुङको १०५ औं जन्म जयन्तीको अवसरमा १५ अप्रिलमा राजधानी प्योङयाङमा आयोजित परेडमा आफ्नो सैन्य क्षमता प्रदर्शन ग¥यो । परेडमा नयाँ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल र पनडुब्बी पनि प्रदर्शन गरिएको थियो । अमेरिका र दक्षिण कोरियाका अनुसार यसको अघिल्लो दिन उत्तर कोरियाले एक मिसाइल परिक्षण गरेको थियो, जुन फेल भयो । उत्तर कोरिया पछिल्लो पाँच वर्षदेखि परमाणु परीक्षण र मिसाइल परीक्षण गरिरहेको छ । मिसाइल क्षमता \"\"उत्तर कोरियासँग अलग अलग क्षमताको हजार भन्दा धेरै मिसाइल रहेको अनुमान गरिन्छ । यसमा यस्ता मिसाइल पनि छ, जसबाट अमेरिकासम्म निशाना लगाउन सकिन्छ । विश्वका केही देशले मात्र यति विकसित र महँगो टेकनिक विकास गर्न सकेका छन् । मिसाइल कार्यक्रममा कति र कहाँबाट पैसा खर्च गर्छ उत्तर कोरियाले ? यसका लागि विदेशी मुद्रा आवश्यक पर्छ । उत्तर कोरियाले थुप्रै विदेशी टेक्निक भित्र्याएको छ । यसमध्ये केही सेनाको आवश्यकताका लागि भएको बताइन्छ । उत्तर कोरियाको अर्थतन्त्र त्यहाँको केन्द्र सरकारको नियन्त्रणमा छ । अर्थव्यवस्थाको आकार \"\"अमेरिकी अनुसन्धान विभागका सिआईएका वेवसाइटमा अनुमान लगाइएका छ कि उत्तर कोरियाको अर्थव्यवस्था करिव ४० अरब डलरको छ । यो यति बढी अर्थव्यवस्था हो जति होन्डुरसको छ । उत्तर कोरियाको कुल निर्यात करिब पौने चार अर्ब अमेरिकी डलको छ । कोरियाले निर्याता गर्ने बस्तुमा खनिज, धातुबाट बनेको सामान, युद्धका सामान, कपडा, कृषि उत्पादन र माछा हुन् । तर सवाल उठ्छ कि ल्याटिन अमेरिकाको गरिव देशको अर्थव्यवस्था वाला एक देश परमाणु कार्यक्रमको खर्च कसरी उठाउन सक्छ ? उत्तर कोरियाको प्रतिव्यक्ति क्रयशक्ति करिव १८ सय अमेरिकी डलर छ , जुन रुवान्डा र हैटी जस्ता देशको बराबर हो । यस मामिलामा ऊ दुनियाँको २३० देशको सूचीमा २०८ नम्बर पर्छ । भोकमरी पछि सुध्रियो अवस्था उत्तर कोरियामा सन् १९९० को दशकमा ठूलो भोकमरी आएको थियो। यसबाट निस्कन त्यहाँको अर्थव्यवस्थालाई निकै समय लाग्यो। सन् २००९ सम्म उत्तर कोरियाको लागि कठिन समय थियो । यो समयसम्म उसलाई अन्तराष्ट्रिय समुदायबाट भरपुर खाद्य सहयोग आएको थिएन। अहिले उसको घरेलु कृषि उत्पादनमा सुधार आएको बताइन्छ। अब प्रश्न यो हो कि उत्तर कोरियाको उत्पादनको ग्राहक को हुन ? चीन उत्तर कोरियाको मुख्य राजनीतिक सहयोगी हो । चीनले उत्तर कोरियाको कुल उत्पादनको ५४ प्रतिशत किन्ने गरेको छ। त्यस्तै दोस्रो स्थानमा अल्जेरिया छ, जसले उत्तर कोरियाको ३० प्रतिशत सामान किन्छ । यसको साथै उत्तर कोरियाको निर्यातको १६ प्रतिशत हिस्सा दक्षिण कोरियालाई जान्छ। उत्तर कोरियाको छिमेकी देश दक्षिण कोरियासंगको टकराव निकै पुरानो हो। दोस्रो विश्वयुद्ध पश्चात विश्वका कुनै दुई छिमेकी देशबीच यस्तो टकराव अन्त देखिएको छैन। यस‍ो हुँदा हुँदै पनि दुवै देशले आफ्नो आर्थिक हितलाई प्राथमिकतामा राखेका छन्। दक्षिण कोरियाको लगानी उत्तर कोरियाको विदेशी मुद्राको महत्वपूर्ण स्रोतमध्येको एक हो। दक्षिण कोरियाको सबैभन्दा महत्वपूर्व लगानी केसांग इन्डस्ट्रियल कम्प्लेक्समा भएको थियो। तर अहिले यसको भविष्य अध्यारोमा परेको छ। बुधबार दक्षिण कोरियाली सरकारले उत्तर कोरियाले गरेको मिसाइल परीक्षण पश्चात दुवै देशबीच बढेको तनाव मध्यनजर गर्दै यसमा आफ्नो सहभागिता स्थगित गरेको बताएको छ। दक्षिण कोरिया चाहँदैन कि यो इन्डस्ट्रियल कम्प्लेक्सबाट उत्पादिन संसाधन उत्तर कोरियाको सैन्य परियोजनामा खर्च होस्। यसको साथै केही देशहरुले उत्तर कोरियामाथी लगाएको आर्थिक प्रतिबन्धको कारण पनि उसको अर्थव्यवस्था कमजोर हुनेछ। सबैभन्दा ताजा प्रतिबन्ध जापानले लगाएको छ। नेता किम जोङ उन जबसम्म आफ्नो नागरिकबाट त्यागको आशा गर्छन्, तबसम्म उत्तर कोरियाले आफ्नो सैन्य क्षमता विस्तार गर्न खर्च जुटाउन सक्ने अनुमान लगाउन सकिन्छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies