Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नेपालको उन्नयनका लागि विकासका साझेदार र राष्ट्रसङ्घ सहकार्य गरौँः संयुक्त राष्ट्रसङ्घ

\"\"काठमाडौँ, ९ वैशाख । नेपालको सामाजिक–आर्थिक विकासका साथै लोकतन्त्रको सुदृढीकरणका लागि संयुक्त राष्ट्रसङ्घ, यसका विशिष्टीकृत निकाय र विकासका साझेदारबीच सहकार्य हुनुपर्नेमा संयुक्त राष्ट्रसङ्घले जोड दिएको छ । राष्ट्रसङ्घ र उक्त विश्व संस्थाका विशिष्टीकृत निकायबाट नेपालको विकास प्रयासमा सघाउन सञ्चालित आयोजनाको स्थलगत निरीक्षण तथा भावी रणनीति निर्धारण गर्न नेपाल आएको ५० सदस्यीय राष्ट्रसङ्घीय उच्च प्रतिनिधिमण्डलले नेपालको समृद्धिका लागि त्यस्तो सहकार्यमा जोड दिएको हो । संयुक्त राष्ट्रसङ्घका छ वटा विशिष्टीकृत निकाय राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), जनसङ्ख्या कोष (युएनएफपिए), बालकोष (युनिसेफ), विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी), महिला कोष (युएन विमेन) र परियोजना सेवा कार्यालय (युएनओपिएस) कार्यकारी बोर्डका अधिकारीले नेपालका चार विकास क्षेत्रको एकसाता लामो अध्ययन भ्रमणपछि सहयोगलाई अझ विस्तार गर्नुपर्ने विश्लेषण गरेको हो । न्युयोर्क, रोम र जेनेभाबाट आएका राष्ट्रसङ्घीय कार्यकारी बोर्डका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलका नेता तथा संयुक्त राष्ट्रसङ्घका लागि एन्टिगुवा र बार्बुडाका स्थायी प्रतिनिधि वाल्टन ए वेबसनले शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा नेपालको लोकतन्त्र र विकासका लागि अन्तर्राष्ट्रिय समुदायबाट एकीकृत ढङ्गले सहयोग हुनुपर्ने बताए । यहाँस्थित संयुक्त राष्ट्रसङ्घका मानवीय समन्वयकर्ता भ्यालेरी जुलियान्डले उक्त प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्नुभएको स्वागत समारोहमा राजदूत वेबसनले नेपालका चारवटा विकास क्षेत्रको भ्रमणले यहाँको विकासका आवश्यकता र चुनौतीबारे जानकारी लिन सहज भएको बताए । उनले भने, “यो भ्रमणबाट हामीले नेपालका आवश्यकता विश्लेषण गरेका छौँ र राष्ट्रसङ्घ र यसका विशिष्टीकृत निकायका चुनौतीबारे पनि अवगत भएको छ, जसले भावी योजना तर्जुमा र रणनीति निर्माणमा मद्दत गर्नेछ ।” लोकतन्त्रको सुदृढीकरणको ऐतिहासिक क्षणमा रहेको नेपालको भ्रमणबाट प्रतिनिधिण्डल सन्तुष्ट भएको बताउँदै उहाँले नेपाल सरकार, नेपालको विकासका साझेदार र राष्ट्रसङ्घबीचको सहयोग, सद्भाव र सहकार्य अझ प्रगाढ भएको विश्लेषण सुनाए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies