Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

झापा पुगेर प्रचण्डले भने ‘ओलीको अहंकार चुनाव अघि मात्रै हो’

\"\"झापा, ७ वैशाख  ।प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले झापाबाट विजय अभियान शुरु भएको बताएका छन् । विहीबार झापाको विर्तामोडमा आयोजित योङ कम्युनिष्ट लिग र अनेरास्ववियु (क्रान्तिकारी)को जिल्ला सम्मेलनलार्इ सम्बोधन गर्दै प्रचण्डले २०६४ सालको जस्तै लहर आएको भन्दै विजय अभिायन शुरु भएको बताएका हुन् । अब ०६४ सालको पहिलो संविधानसभाको चुनावमा जस्तै माओवादीले देशभर विजय झण्डा फर्फराउने बताएका छन् । पहिलो संविधानसभाको चुनावपछि माओवादीले धर्ती छाडेर हार व्यहोर्नु परेको प्रचण्डले स्वीकारेका छन् । पहिलो संविधानसभाको चुनावमा पहिलो शक्तिको रूपमा उदाउँदा अरुलाई भुसुना देख्ने प्रवृत्तिले दोस्रो चुनावमा हार व्यहोरेको बताए । सभालाई सम्बोधन गर्दै ठट्यौली शैलीमा प्रचण्डले भने ‘अब फेरि तेस्रो बनाएर सजाए नदिनुहोला, तेस्रो हुँदा धेरै गाह्रो हुँदो रहेछ ।’ विर्तामोडमा भएको विशाल सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने ‘यो पटकको स्थानीय तहको चुनावमा माओवादीलाई निराश बनाउनु हुने छैन् भन्ने विश्वास छ ।’ जनताको घरमा उज्यालो नआएसम्म विश्राम नलिने घोषणासमेत प्रचण्डले गरेका छन् । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता स्व गिरिजाप्रसाद कोईरालालाई पनि सम्झिँए । ‘पहिलो मेचीकाली अभियान गर्दा गिरिजा पार्टी कांग्रेस हार्यो, त्यसपछि ०७० सालको दोस्रो संविधानसभा चुनावमा हामी अब एमालेको पालो रहेको छ ।’ ‘मैले यो कुरा एमाले अध्यक्ष केपी ओलीलाई समेत बताएको छु’ प्रचण्डले भने । अहिले ओली जीलाई अंहकार छ, त्यो धेरै समयसम्म होईन, चुनावपछि सबैले देखि हाल्छन् मैले भनिरहनु जस्तो लाग्दैन ।’

एमालेले पाँच महिनापछि चुनाव सार्न दबाव दिएको गोपाल किरातीको खुलासा

ओलीको गृह जिल्ला झापामा प्रचण्ड गर्जदै

प्रचण्ड आउने अघिल्लो दिन युवा जुटे सरसफाई कार्यक्रममा

ओलीको गृह जिल्लामा प्रचण्डले शक्ति प्रदर्शन गर्ने

प्रधानमन्त्री भएको छोटो समयमा नै धेरै उपलब्धि काम गरेको प्रचण्डले बताएका छन् । २४ बर्षपछि आर्थिक वृद्धिदर बढेको, लोडसेडिङ मुक्त भएकोलगायत काम गर्न सकिको बताएका छन् । अबको केहि बर्षभित्र विजुली बेच्ने हैसियत नेपालको हुने उनले बताए । अन्य दलहरुले २४ बर्षपछि स्थानीय तहको निर्वाचन हुन लागिरहेको बताइँरहँदा प्रचण्डको भने फरक तर्क छ । सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुग्ने चुनाव यसअघि कहिलेपनि नभएको उनको जिकिर छ । त्यस्तै संशोधन नगरि चुनावमा सहभागि नहुने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको मधेसी मोर्चा हदैसम्मको लचकता अपनाउँदा पनि सहमति गर्न नसकेको बताएका छन् । ‘पहिला मोर्चाकै सहमतिमा संशोधन दर्ता गर्यौं, अहिले उनीहरु नै टाढा टाढा भागिरहेका छन्’ प्रचण्डले भने । यो चुनाव सहभागि नभए सबै भन्दा ठूलो गल्ति मोर्चाले गर्ने प्रचण्डको भनाई छ । प्रचण्डले मोर्चासँग केहि शंका पनि गरेका छन् । हदैसम्म लचकता हामी भयौं, सहमतिमै संशोधन दर्ता गर्दा पनि टाढा–टाढा भाग्नु ‘दालमा कुछ काला हे ।’ आफुसँग फुटेर गएका माओवादीहरु एकजुट हुन जरुरी रहेकोसमेत उनले बताए । ‘हामी एक जुट भयौं बाँकि रहेका १÷२ जना छन् ति पनि आउने क्रममा ।’ यदि यता नआए अन्तै भएपनि जाने प्रचण्डले बताए । त्यस्तै यहि गतिमा काम गर्न सके नेपाल १० बर्षभित्र विकासको हिसाबले कायापलट हुने प्रचण्डले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies