Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

वैशाख ३१ र जेठ २५ गते दुर्इ चरणमा चुनाव गर्न पाँच दल सहमत !

\"\"काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा स्थानीय तहको चुनाव दुई चरणमा गर्ने छलफल भएको छ । बुधबार विहान बालुवाटारमा बसेको बैठकमा सहभागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम सहभागि बैठकमा यस्तो छलफल भएको हो । आन्दोलनमा रहेको मधेसी मोर्चा चुनावमा सहभागि नभएपनि जसरी पनि चुनाव गर्न पाँच दलका शीर्ष नेताहरु सहमत भएका छन् । सरकारले घोषणा गरेको मिति चुनाव गराइ छाड्न सहमत भएका हुन् । यदि मधेसी मोर्चा सहमतिमा आए पहिलो चरण वैशाख ३१ गते र दोस्रो चरण जेठको २५ गते गर्ने छलफल भएको बैठकमा सहभागि एक नेताले खबरडबलीलाई जानकारी दिए । मोर्चा अाएमा दुर्इ चरणमा गर्ने प्रस्तावमा सहभागि दलहरू सहमत भएका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले यदि मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा चुनाव गर्दा के हुन्छ भनेर दलका शिर्ष नेताहरुसँग छलफल गरेका थिए । प्रचण्डको यो प्रस्तावमा सबै भन्दा पहिलो नेपाली कांग्रेसका शेरबहादुर देउवाले सहमति जनाएका छन् । चुनाव हुनै नदिने अडान लिएर मधेसी मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरिरहँदा अर्कोतिर सत्तारुढ दल राप्रपा नै निर्वाचन आयोग विरुद्ध जाँदा अन्यौल श्रृजना भएको प्रचण्डले बैठकमा बताएका थिए । एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले सकभर एकै चरणमा चुनाव गरौं, नत्र दुई चरणमा गर्ने भएपनि सहयोग गर्ने बताएको जानकारी दिएका छन् । उनले बैठकको अन्य कुार भने खोल्न चाहेनन् । त्यस्तै बैठकले निर्धारित मितिमै एकतावद्ध भएर स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ । निर्वाचन पूर्व नै मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउन वार्ता र संम्वादको प्रक्रिया जारी राख्ने निर्णय गरेको छ । बैठकमा स्थानीय तहको निर्वाचन, मधेशी मोर्चाले उठाएका माग र संविधान संशोधनका विषयमा छलफल भएको थियो । मधेसी मोर्चालाई पनि निर्वाचनमा ल्याउन संविधान संशोधन प्रस्ताव अघि बढाउने र निर्वाचनका लागि थप अनुकूल वातावरण बनाउने निर्णय गरेको छ । प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतम, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेता सुवास नेम्वाङ, अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा ‘बादल’, नेता वर्षमान पुन ‘अनन्त, लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदार, आपूर्तिमन्त्री दीपक बोहरा लगायतका शीर्ष नेताहरु उपस्थित थिए ।

पाँच दलको बैठकपछि गृहमन्त्री निधिले भने ‘वैशाख ३१ गते जसरी पनि चुनाव हुन्छ’

प्रधानमन्त्री प्रचण्डले आकस्मिक बोलाए पाँच दलको शीर्ष नेतृत्व वैठक

बालुवाटारमा प्रतिपक्ष एमाले, मोर्चासहित पाँच दलको शीर्ष नेतृत्व बैठक शुरु

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies