Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

श्रीमान्, बालकृष्ण ढुंगेलअघि हामीलाई पक्रिन पत्र काटियोस्

क्रान्तिको अर्थ परिवर्तन हो । हिजो २००७ सालमा विपीको नेतृत्वमा क्रान्ति भयो । २०३७ सालमा झापा बिद्रोहको नेतृत्व गर्ने खड्कप्रसाद ओलीहरुले १७ जना योद्दाहरु टाउको गिड्े । आज जुन १० बर्षे महान जनयुद्धको प्रवाहले सुशिला कार्कीलाई सर्वोच्च न्यायालयको न्यायाधीश बनायो, त्यो युद्धको ब्याटल समाल्ने योद्दा हुन बालकृष्ण ढुङगेल । हिजो शान्ति सम्झौता सर्वोच्च अदालतसँग गरिएको होईन् । शान्ति सम्झौतामा प्रस्ट लेखिएको छ ‘जनयुद्धका सबैखाले घटनाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले हल गर्ने हो ।’ महोदय, अगाडि लबिमा राखिएको मुर्तीलाई आँखामा पट्टी बाँधेर हातमा तराजु बोकाएर न्यायको ढोङ नरच्नुस् । सक्नुहुन्छ भने रायमाझी आयोग, लाउडा काण्ड, सर्प छालाका दोषी, महाकाली काण्ड, सरा सुन्दरी काण्ड, धमिजा काण्ड, सुडान काण्ड, एयरपोर्ट सुनकाण्ड, दासढुङगा काण्ड, दरबार हत्याकाण्ड, प्रविण गुरुङ हत्याकाण्ड, मल्लिक आयोग, चमेलिया काण्ड, माथिल्लो कर्णाली काण्डका दोषीहरु कठघरामा उभाएर जेल हालेर देखाईयोस् । कि तपाईको ईजलासले यिनीहरुलाई निर्दोष देख्नु भएको छ, जवाफ दिनुस् ? रातारात पश्चगामी तत्व राप्रपाको एकाएक एकता हुनु । निर्वाचनको मिति घोषणा भई सकेपछि बाँउको काँधमा चढेर बाँउ भन्दा म अग्लो राष्ट्रवादको भारा अल्पनेहरु मेची महाकाली अभियान भनेर सप्तरीको मलेठमा मधेसी जनता मारेर आगोमा घिउँ थप्नेहरुको हर्कत सहजै बुझ्छन्, नेपाली जनताले यिनको राजनीति औकातलाई कहाँ र कता प्रचलित छन् भनेर । [caption id=\"attachment_82881\" align=\"alignleft\" width=\"250\"]\"\" लेखक[/caption] भाषणमा ठुल–ठुला स्वरमा आफुलाई गणतन्त्रका जन्मदाता भन्न रुचाउनेहरु संशोधन प्रस्ताव पेश गर्न दिन्न भन्नु ,पेस भएको संशोधन प्रस्तावमा छलफल हुन नदिनु, पुनः संशोधित प्रस्तावमा सहमति गराएर पेश हुदा असहमति जाहेर हुनु रिमोट कन्ट्रोल कहाँ छ भनेर घाम झै छर्लङ्ग छ । स्थानीय तहको चुनाव हुन थोरै समय बाँकि रहँदा एकाएक ६ वटा मधेसीदल चमत्कारीक एकता हुनु र अर्को जनताको छोराछोरी मराएर बोर्डरको नजिकै बसाइँ सार्नुलाई बेश्या प्रवृत्ति भन्दा अरु केही भन्न सकिदैन । मधेसमा दुईवटा खुट्टा बनाएर भुरे टाकुरे रजौटा तयार पार्नु, कतिखेर कुम चाल्ने भनेर चाल्ने योजना कस्को हो महोदय ? राष्ट्रद्रोहीको मुद्दा लागेका बिखण्डनकारी सिके रावतलाई अति गोप्यताका साथ सम्माननिय भनिने तपाईंको अदालतले चुनावको सम्मुखिन १० हजार धरौटीमा छाड्नुहुन्छ । आईजिपी नियुक्ति सरकारले आफ्नो अधिकार र कर्तव्य पालना गर्दागर्दै तपाईंको न्यायालयको हस्तक्षेपलाई कुन चाँही प्रभावकारी न्यायको संज्ञा दिउँ श्रीमान ? दुई हप्ता पछि हुन लागेको उम्मेदवारी दर्ताको तयारीमा लाग्दा एकाएक मधेसीवादी दल द्वारा घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई उच्च सम्मान साथ हेर्छन् हाम्रो सर्वोच्च न्यायलयले ? चुनावको सम्मुखिन जनताका प्यारो नेता बालकृष्ण ढुंगेललाई हरियो घासँ देखाएर पाल्लै पालो जनताका अधिकारको लागि प्राण उत्सर्ग गर्न पछि नपर्ने नेता कार्यकर्ताहरुलाई गिरफ्तारको आदेश दिनु र प्रधानमन्त्री कार्यालयमा सिधै पत्रचार गरेर उत्तेजित बनाएर देशमा फेरि अर्को नरसंहार मच्चाउन प्रमुख भुमिका खेल्ने न्यायालयको ढोङगी प्रचार गरेर माओवादी आन्दोलनले प्राप्त गरेको सबै उपलब्धिलाई डढेलो लगाउन तम्तयार बनेका दिल्ली दरबार र ह्वावईट हाउसका शाशकहरु बन्द अध्यारो कोठामा बनाईको योजना देखि डराउदैनन्, ढुंगेललगायतका हामी हजारौ योद्दाहरु । अझै पनि ढुंगेललाई कैद गर्ने जेल बनेको छैन् । महोदय, हिम्मत छ भने तराईमा हिंसा भड्काउदै हिड्ने, हिजो आफुलाई देखाउँदै हजारौं नेपाली आमाका छोरा–छोरीलाई लड्न र मर्न उस्काउदै हिड्नेलार्इ पक्राउ गरियाेस् । १० बर्ष जनयुद्ध गरेर देशमा लाेकतन्त्र, गणातन्त्र स्थापना गर्ने प्रचण्ड, मोहन बैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्दलाई गिरफ्तार गरेर देखाउँ, उनैकाे माेर्चामा लामबद्द लाग्ने ढुंगेल मात्रै हाेइन् हामीलार्इ पनि पक्राउ पुर्जी जारी गरियाेस् श्रीमान ।  हिजो जनयुद्ध लडेको योद्दा म र मेरो परिवार पनि हो । होईन भने नेपाली जनताले सात दशकदेखि गरेको आन्दोलनको प्रतिफल संविधानसभा हुनु, संविधान निर्माण हुनु, संविधान लागु गर्ने राजनीतिक ब्यवहारिक प्रक्रियामा हुन लागेको निर्वाचन जसले सिंहदरबारको अधिकार जनताको घरघरमा बनाउने कार्यलाई रोक्न लागि परेका लेण्डुप दोर्जेहरु खबरदार !!
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies