Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् ०७४ को राशिफल

\"\"यस बर्षको आरम्भमा बृष र कन्या राशिलाई अढैया शनि तथा मकर राशिलाई आद्य धनु राशिलाई मध्य, बृश्चिक राशिलाई अन्त्य साढेसाती चल्नेछ। तुला राशिको साढेसाती सकिएको छ। मेष तथा सिंह राशिलाई पनि अढैया शनिले छोडेकोछ तर ज्येष्ठ ६ गतेदेखि कार्तिक ३० गतेसम्म रहनेछ। मार्ग १ देखि पुनः मेष र सिंहलाई अढैया र तुला राशिलाइ साढेसाती आरम्भ हुनेछ। शनि साढेसाती जन्मकालमा शनि शुभ हुनेलाई लाभ हुने र अशुभ हुनेलाई हानि गर्नेछ। अढैया शनि भने जन्मकालमा शनि शुभ हुँदा हानि नगर्ने अशुभले हानि गर्ने हुन्छ। अढैयाले राम्रो कसैलाई पनि गर्दैन।

शनि साढेसाती वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने, शनिबारको दिन भैरवमन्दिरमा गएर भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी \'शनिको नाश होस\' भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगम, नदीको मूलतिर वा नदी आएको तर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र \'मेरो नदोष बगोस्\' भनी बगाउने। वगएकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिकदोष कम हुन्छ।
मेष मेष राशिलाई यस वर्ष अढैया शनिको प्रभाव केही समयको लागि हटेको अवस्था छ। बर्षारम्भको समय शुक्र, सूर्य, बुध तथा शनिसमेत अनुकूल रहेकोले आँटेका कार्य सफल हुनेछ। परिश्रमले केही लाभ पनि मिल्नेछ। व्यापारमा सफता मिल्नेछ नयाँ कामहरू पनि हात पर्नेछन्। अरुको विश्वस पनि जित्न सकिनेछ। ज्येष्ठ ६ गतेदेखि पुनः अढैया शनि आरम्भ हुने, छैटा गुरु तथा श्रावण २१ बाट चतुर्थ भावमा राहु प्रवेश हुनेहुँदा समय प्रतिकूल बन्नेछ। [caption id=\"attachment_127522\" align=\"alignleft\" width=\"400\"]\"\" ओजराज लोहनी[/caption] घरेलु समस्याले प्रशस्त मात्रामा सताउनेछ। नोकरी तथा राजनीतिमा ठूलो संकटको सामना गर्नुपर्नेछ। मित्रहरूले सहयोगको नाममा षड्यन्त्र गरेर फसाउन सक्नेछन्। परिवारहरू पूर्णरूपमा टेढिनेछन्। शत्रु प्रशस्तमात्रामा बढ्नेछन्। राज्यबाट समेत झुटा आरोप लगाउने प्रयत्न हुनेछ। तपाइँका राम्रै कुरालाइ पनि वंग्याउने प्रयत्न गरिनेछ। धर्ममा मन नजाने, शरीरमा आलस्यताले डेरा जमाउने, सानो-सानो काम गर्न पनि आँट नआउने, आर्थिक अवस्था कमजोर रहने हुँदा मानसिक तनाव प्रशस्त मात्रामा बढ्नेछ। पेटका रोग र मृगौला रोगले सताउने सम्भावना रहन्छ। लेनदेनमा विवादको सामना गर्नुपर्ने, पढाइमा ढिला सुस्ती हुने, सन्तानहरूसँग विमती रहने भएकोले मन अशान्त रहनेछ। भाद्र २१ देखि फाल्गुन २५ सम्म साताँै गुरुको अनुकूल प्रभावले व्यापारमा सफलता, यात्रामा लाभ, धर्ममा रुचि बढाउने हुँदा काममा र पढाइमा अपेक्षित सुधार आउनेछ। भाग्यले पनि साथ दिनेछ । मार्ग १ गतेदेखि अढैया शनिले छोड्ने हुँदा आर्थिक कठिनाइमा कमी आउनेछ। लेनदेनको विवाद हटेर जाने, नोकारी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक हुने राज्यबाट लगाइएका झुटा आरोपहरू निराधार सावित हुनेछ। आफ्नो वर्चस्व बढ्दै जाने योग भएकोले महत्वपूर्ण कामहरू मार्ग १ पछि फाल्गुन २५ सम्म गरी सक्नु राम्रो हुनेछ। अन्य समय संयम भएर अघि बढनु राम्रो। ज्येष्ठ, श्रावण, मार्ग, चैत्र महिना नराम्रो रहनेछ भने अषाढ, आश्विन, कार्तिक, माघ, फाल्गुन राम्रो रहनेछन्। सहजताको लागि ॐ शं शनिश्चराय नमः यो मन्त्रको जप वर्षभरि नै विहान विहान गर्नुहोला।
बृष ग्रहगोचर यस बर्ष मध्य रहनेछ। बर्षारम्भमा अढैया शनिको प्रभावको साथै चतुर्थ राहुको प्रतिकूल प्रभावले समय प्रतिकूल रहनेछ। परिवारिक समस्याले धेरै सताउनेछ। मित्रहरू मित्रका नाममा कलंक नै हुनेछन्। स्वास्थ कमजोर भएर काम गर्ने उत्साह पटक्कै हुनेछैन्। मनमा द्वविधाले दरिलो डेरा जमाउनेछ, आर्थिक कठिानाई प्रशस्तमात्रामा बढ्नेछ, विश्वास गरेकाले महत्वपूर्ण समयमा धोका दिनेछन्। लेनदेनमा चर्काे विवादको सामना गर्नुपर्नेछ। पेटको रोगले सताउनुको साथै आमा हुनेहरूका लागि स्वास्थ पनि खराव हुनेछ। घर झगडाले घरै छोड्ने स्थिति पनि आउनेछ। राजनीतिमा प्रशस्त संकटको सामना गर्नुपर्ला। नोकरीमा आउने समस्याले स्थानान्तरण हुने अथवा सेवाबाट वञ्चित हुनेसम्म अवस्था आउने सक्छ। शत्रुले खैरो खन्नेछन्। आफूले आफैँलाई अति कमजोर ठान्ने अवस्था आए पनि ज्येष्ठ ७ गतेदेखि कार्तिक ३०सम्म अढैया शनिले छोड्ने र श्रावण २२ देखि राहु तृतीय हुने हुँदा समय वलियो हुनेछ। पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने, नयाँ कामको अवसर प्राप्त हुनेछ। वैदेशिक कार्यमा सुधार आउने, यात्रा गर्ने अवसर मिल्ने, प्रेम गर्नेहरूको प्रेम जीवनयात्रामा रूपान्तरित हुने। नोकरी तथा राजनीतिमा आउने समस्यालाई सजिलै पार लगाइ गुमेको स्थान पुनः फर्काउन सक्ने, आमदानीका अवसरहरू मिल्ने, सन्तान नहुनेलाई पुत्रलाभको योग, छात्रबृद्धिमा विदेश पढ्न जाने अवसर मिल्नेछ। भुलेका मित्रहरूले आफ्नो गल्ती महसुस गर्दै क्षमा याचानासहित सहयोगको तत्परता देखाउनेछ। घर तथा सवारी जोड्ने तरखरमा भए सजिलै प्राप्त हुने योग भए पनि भाद्र २२ गतेबाट फाल्गुन २५सम्म गुरु षष्ठ स्थानमा, मार्ग १ देखि पुनः अढैया शनि प्रवेश हुने हुँदा महत्वपूर्ण काम श्रावण २२ देखि भाद्र २१सम्म गर्नु वेश हुनेछ। ज्येष्ठ, श्रावण, कार्तिक, फाल्गुन, चैत्र महिना राम्रो र वैशाख, भाद्र, पौष नराम्रो महिनामा पर्दछन्। ॐ हँ हनुमते रुद्रात्मकाय हुँ यो मन्त्रको जप वर्षभरि नै गर्नु होला।
मिथुन ग्रह गोचरले पूर्ण रूपमा साथ दिनेछ। बर्षारम्भमा ग्रह अनुकूल रहेकोले बर्षभरि नै अवस्था राम्रो बन्न सक्ने देखिन्छ। परिवारहरूको केही गुनासो रहनेछ। मित्रहरूले खासै सहयोग नगर्ने भएकोले सजक रहनुपर्ला। अरुको विश्वासमा भन्दा आफ्नो प्रयासमा काम अघि बढाउनु उचित हुनेछ। श्रावण २०सम्म तृतीय राहुले पराक्रमका साथै मनमा उमंग धेरै बढाउने हुँदा रोकिएका कामलाई पुरा गर्ने एवं आमदानीका अवसरहरू धेरै मिल्नेछन् । सेवकहरूले जिउज्यान दिएर सेवा गर्नेछन्। दाजुभाइहरूमा मत रहने हुनाले टाढै रहनु होला। व्यापारीहरूको वैदेशिक व्यापारमा सोचेभन्दा बढी सफलता मिल्नेछ। राजनीतिमा पनि विदेशी मित्रहरूको सहयोगले अघि बढ्ने अवसर मिल्नेछ। नयाँ स्थान र मानको अवसर पनि प्राप्त होला । भाद्र २२ देखि पढाइमा धेरै सफलता मिल्नेछ सन्तान नहुनेको पुत्र लाभको योग बन्नेछ। भएका सन्तानको प्रगतिले मनोवल बढ्नेछ। साहित्यकारहरूले राम्रो लेखरचना सृजना गरी राष्टि्रय, अन्तर्राष्टि्रय पुरस्कार पाउन सक्ने सम्भावना छ। पुराना प्रेमहरू विवाहमा परिणत हुनेछन्। नयाँ प्रेमको अवसर पनि मिल्नेछ। शत्रुलाई सजिलै परास्त गर्न सकिनेछ। कृषि व्यवासायीहरूले राम्रो लाभ पाउनेछन्। सिनेमा निर्माणमा संलग्नहरूका लागि यो वर्ष राम्रो अवस्था सिर्जना होला। शैक्षिक व्यवसायमा रहनेहरूले उन्नतिको फड्को मार्नेछन्। भाद्र २०सम्म मित्रहरूसँग सजग रहनुहोला। श्रावण २२ पछि बोल्दा होश पुर्‍याउनु होला ज्येष्ठ ७ गतेदेखि कार्तिक ३०सम्म विपरित लिङ्गीबाट सचेत हुनु राम्रो हुनेछ। पति-पत्नीमा विवाद हुन सक्ने भएकोले धैर्य धारण गरेर अघि बढ्दा बर्षैका सपनाहरू पुरा गर्न सकिने योग छ। वैशाख, भाद्र, मार्ग, चैत्र, महिना शुभ रहनेछन्। ज्येष्ठ, आश्विन, माघ महिना प्रतिकूल रहनेछन्। ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः यो मन्त्रको जप वर्षारम्भदेखि नै हरेक दिन सके धेरै नसके कम्तीमा १०८ जप गर्नुहोला। कर्कट यो बर्ष ग्रह गोचर मध्यम रहनेछ। बर्षारम्भमा ग्रह अनुकूल रहेकोले शत्रु नाश हुनुका साथै मित्रहरूको सहयोगले अधुरा काम पुरा हुनेछन्। नयाँ काम पाउने योग छ। नोकरीमा पदोन्नति र राजनीतिमा प्रगति सोचेभन्दा बढिने मिल्नेछ। अरुको विश्वास पनि जित्न सकिनेछ। जोश र जाँगर बढ्नेछ। आमदानीका अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन्। वैदेशिक कार्य र व्यापारमा सोचेभन्दा वढी सफलता रामै्र पाउने योग छ। वैवाहिक कुराहरूले उच्च स्थान पाउनेछ यो वर्ष। विपरित लिङ्गी मित्रले प्रेमको प्रस्तावसँगै विदेश जान अनुरोध गर्नेछन्। गृह, रक्षा र सैन्य क्षेत्रमा हुनेहरूका लागि समय अनुकूल रहनेछ। बौद्धिक तथा लेखक वर्गले धार्मिक र सामाजिक क्षेत्रमा रामै्र फड्को मार्न सक्नेछन्। रचिएका कृर्तिले सम्मान पाउनेछ । शैक्षिक उन्नतिका लागि स्वदेश तथा विदेश दुवै अनुकूल रहनेछ। भाद्र २१ देखि चतुर्थ गुरु तथा द्वतीय राहुले सोच्ने शक्तिलाई कमजोर बनाउने हुँदा घरेलु विवाद बढाउनेछ, वोल्न अलि विचार गर्नुपर्ला। धनको क्षति हुन सक्ने भएकोले धनको ढुकुटीमा कडा नजर राख्नुपर्नेछ। स्वास्थको ख्याल बर्षभरि नै गर्नुपर्नेछ। मुटु तथा मस्तिष्कमा पीडा सिर्जना हुनेछ। शत्रुले आफ्नो कमजोरी खोजिरहेका बेला मित्रहरूले गोपनियता भङ्ग गरिदिनाले विनाकारण फन्दामा पर्न सक्ने सम्भावना रहनेछ। पति पत्नीबीच बढ्ने मतभेदले कार्यक्षेत्रलाई अस्तव्यस्त बनाउनेछ। नोकरीमा स्थानान्तरण र राजनीतिमा संकट पनि भाद्र २२ देखि बढ्नेछ। महत्वपूर्ण कामहरू त्योभन्दा पहिले नै गर्नु होला। निर्माण व्यवसायका व्यक्तिहरूका लागी ग्रहले वर्षभरि नै साथ दिनेछ। शैक्षिक व्यवसायमा लाग्नेले भने सबै निर्णय भाद्र २१ भित्र गरि सक्नुपर्नेछ। वैशाख, ज्येष्ठ, आश्विन, पौष महिना राम्रोमा पर्नेछ आषढ, कार्तिक, फाल्गुन महिना नराम्रो। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्व जनं मां बसमानाय स्वाहाः यो मन्त्र बर्षभरि नै सके धेरै नसके कम्तीमा १०८ जप गर्नुहोला। सिंह समग्रमा ग्रह गोचर राम्रो रहनेछ। वर्षारम्भलाई विचार गर्दा भाग्य चम्कने देखिन्छ। धार्मिक कार्यहरूमा निकै रुचि बढ्नेछ। सामाजिक क्षेत्रमा ऐतिहासिक सफलता मिल्नेछ। बोलीको प्रभाव राम्रो रहेकोले अरुको मन जित्न सजिलै सकिनेछ। राज्यले सम्मान गर्ने, राजनीतिमा ऐतिहासिक सफलता मिल्ने योग छ। कुटनीतिक क्षेत्रमा राम्रो सफलता पाउने योग छ। नोकरीमा सम्मानयुक्त पदोन्नति र स्थानान्तरण हुनेछ। सैन्य क्षेत्रमा काम गर्ने वा सैनिकसँग काम लिनेहरूका लागि यो वर्ष निकै राम्रो रहनेछ। वैदेशिक कार्यमा सोचेजस्तै सफलता पाउनुहोला। निजी र देशको कार्यका लागि विदेशयात्रा हुने सम्भावना वलियो छ। व्यापार, व्यवसायमा राम्रै सफलता मिल्नेछ। पढाइमा उन्नति र वौद्धिक कार्यमा प्रगति सोचेभन्दा वढी नै होला। घर-घडेरी र वहान जोड्ने अवसर मिल्नेछ। मित्रहरूले राम्रो सहयोग गर्नेछन, परिवारबाट पनि सहयोगको अपेक्षा गर्न सकिन्छ। शत्रुमाथि ऐतिहासिक विजय गरेर विभिन्न विघ्नबाधालाई चिर्दै अगाडि बढ्न ग्रहले साथ दिएकोछ। तर मित्र र परिवारीक सहयोगसहितको सफलता भने जेष्ठ ६ गतेसम्म र मार्ग १ गतेपश्चात् मात्र मिल्नेछ। ज्येष्ठ ७ गतेदेखि कार्तिक ३० गतेसम्म अढैया शनिको पुनः आरम्भ हुने भएकोले परिवारहरू टेढिएर घरेलु समस्याले सताउनेछ, मित्रले धोका दिनेछन्। आफूमा भएको आत्मविश्वास पनि घटेर जानेछ। राज्यबाट विनाकारण आक्रमण हुनेछ। नोकरीमा अनायास समस्या, स्वास्थमा संकट आउनुको साथै मुटु र मस्तिष्कमा समस्या आउन सक्छ। हाड, जोर्नी दुःखेर मनो बल घटाउनेछ। लेनदेनमा विवादको सामाना गर्नुपर्नेछ। राजनीतिमा आउने एकपछि अर्काे समस्याले अगाडि बढ्नबाट बञ्चित गराउला। महत्वपूर्ण कामहरू ज्येष्ठ ६ गतेअघि र मार्ग १ गतेपछि गर्दा बढी सफलता मिल्नेछ। श्रावण, मार्ग र चैत्र महिना अशुभ रहनेछन्। ज्येष्ठ, आषाढ, कार्तिक, माघ राम्रोमा पर्दछ। ॐ हँ हनुमते रुद्रात्मकाय हुँ यो मन्त्रको वर्षभरि नै जप गर्नु राम्रो जति सक्दो धेरै नभएर १०८ पटकमात्र भने पनि गर्नुपर्छ।
कन्या बर्षारम्भको समय ग्रह प्रतिकूल रहनेछ। सुरुमै अशुभ समाचार सुनेर चिन्तित हुनुपर्ला, स्वास्थ निकै कमजोर रहनेछ। सानातिना काममा सफलता मिले पनि महत्वपूर्ण काममा अवरोध आउनेछ। मित्रहरूले पटकपटक धोका दिनेछन्। परिवारहरू कुरै नबुझी टेढिनेछन्। वहानले पनि दुःख दिनेछ, अरुको काम धेरै गर्नुपर्ने जश नमिल्ने हुन्छ। धातुरोगले पेटको समस्याले प्रशस्त मात्रामा सताउनेछ। लेनदेनको विवादले प्रतिष्ठामा समेत आँच आउन सक्छ। झुटा आरोप राज्यले लगाउने, नोकरीमा समस्या सिर्जना हुनेछ। राजनीतिमा पाएको मान, पद गुम्न सक्ने योग भए पनि ज्येष्ठ ७ गतेदेखि कार्तिक ३० सम्म अढैया शनिले छोड्ने श्रावण २१ गतेबाट राहु एकादश जाने, भाद्र २१मा गुरु द्वतीय स्थानमा प्रवेश हुँदा योबीचको समय निकै महत्वपूर्ण रहनेछ। मनमा उत्साह र शरीरमा स्फूर्ति बढ्नेछ। सानै प्रयासले पनि ठूलो काममा सफलता हासिल गरिनेछ। आमदानीको स्रोतहरू चौतर्फी जुट्नेछन्। नोकरीमा आउने समस्यालाई सजिलै किनारा लगाउन सकिनेछ। राजनीतिमा गुमेको आफ्नो स्थान र मान फर्काउन सकिनेछ। वोलीको प्रभावमा राष्टि्रय, अन्तर्राष्टि्रय व्यक्तिहरूसँग गरिने अन्तक्रियाले आफू र राष्ट्र दुवैको हित हुने ऐतिहासिक कार्य गरेर अघि बढ्ने अवसर मिल्नेछ। कुटनीतिक कार्यमा असहजलाई सहज गरी कीर्तिमानी बन्ने अवसर पनि मिल्नेछ। पढाइमा उल्लेख्य सफलता मिल्नेछ। लेखन मार्गमा उत्कृष्ट लेखक बन्ने अवसर मिल्नेछ। कानुन व्यवसाही र कानुनी अध्यायन कर्ताहरूका लागि राम्रो अवसर प्राप्त हुनेछ। अनायास आउने प्रेमको प्रस्ताव अप्रत्यासित रूपमा वैवाहिक बन्धनमा रूपान्तरित हुँदा हर्षित भइनेछ। गोपनीयता बर्षभरि नै अपनाउनु होला, शत्रुले तपाईको छिद्र खोजिरहने भएकाले संयमित हुनु जरुरी छ। बैशाख, भाद्र, पौष महिना प्रतिकूल हुनेछ भने आषाढ, श्रावण, मार्ग र चैत्र भने शुभ रहनेछ। ॐ शं शनिश्चराय नमः यो मन्त्रको जप जति सक्दो धेरै वा दिनमा कम्तीमा १०८ पटक बर्षभरि नै गर्नुहोला।
तुला यो बर्ष ग्रहले मध्यम फल दिनेछ। बर्षारम्भको समय अनुकूल रहनेछ। विदेशीएर भुलेका मित्रले याद गर्नेछन्। पढाइको शिलशिलामा अनयास बर्षको शुरुमै विदेशयात्रा हुन सक्छ। व्यापारमा पूर्ण सफलता मिल्नुको साथै भुलेका प्रेमीहरूले पुनः याद गर्नेछन्। लेखन मार्गमा रामै्र सफलता मिल्नेछ सिनेमा क्षेत्रका हस्तीहरूको लागि ग्रहले साथ दिनेछ। कूटनीतिक क्षेत्रमा गरेका प्रयासहरू सकारात्क रहनेछन। श्रावण २१ सम्म एकादश राहुको अनुकूलता प्रशस्त धन आर्जन हुनेछ। मनमा उत्साह र शरीरमा स्फुर्ती पनि बढ्नेछ । आँटेका काम धेरै पुरा हुनेछन्। अरुबाट प्रशंसा पनि पाउनुहोला। विवाह नहुनेका विवाह लागि शुभ बर्षमै पर्दछ, सन्तानको योग पनि वलियो छ। घर-जग्गा र सवारी साधन जोड्ने अवस पनि मिल्नेछ। नोकरीमा पदोन्नति र राजनीतिमा प्रगतिको शुभ लक्षण देखिन्छ। ज्येष्ठ ७ गतेदेखि कार्तिक ३० गतेसम्म समय प्रतिकूल रहनेछ। स्वास्थमा संकट आउनाको साथै काममा विघ्नबाधा प्रशस्त मात्रामा आउनेछ। शत्रु सक्रिय हुन्छन्। मित्र तथा परिवारले सहयोगभन्दा वढी आक्रमण गर्नेछन्। पढाइमा अवरोध आउनेछ। बुद्धिले समयमा काम नगर्दा अरुबाट आलोचित हुनुपर्नेछ। हाडजोर्नीको समस्याले मनोवल कमजोर बनाउनेछ। अरुको काम धेरै गर्नुपर्ने, जश नपाउने भएकोले सचेत हुनुहोला। प्रेममा खटपट र पतिपत्नीवीचको विवादले दैनिकीमा अप्ठ्यारो बनाउनेछ। सन्तानसँगको विमतीले आफूलाई कमजोर बनाउनेछ। अनावश्यक परी आउने खर्चलाई धान्न हम्मेहम्मे पर्नेछ। त्यसैले महत्वपूर्ण काम र निर्णयहरू योबीचमा नगरी अरु समयमा गर्दा भने सहजसित अघि बढ्न सकिनेछ। ज्येष्ठ, आश्विन, माघ महिना नराम्रो रहनेछ भने श्रावण, भाद्र, पौष र चैत्र महिना शुभ रहनेछन्। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्व जनं मां वशमानाय स्वाहाः यो मन्त्र सके धेरै नसके प्रत्येक दिन १०८ जप गर्दा सफलताको लागि उपयोगी हुनेछ।
वृश्चिक बर्षारम्भमा ग्रह सामान्य अनुकूल रहे पनि बर्षभरिको ग्रह गोचर प्रतिकूल रहने देखिन्छ। भाद्र २१ सम्म गुरुको अनुकूलताले आर्थिक क्षेत्रमा सकारात्मक अवस्था रहनेछ। पढाइमा लाभ मिल्नुका साथै व्यापारमा सफलता प्राप्त होला। सन्तान पक्ष अनुकूल रहनुको साथै बोलीको प्रभावले मान्यजन आकर्षण हुने तथा बौद्धिक वर्गहरूको सहयोग, सद्भाव रहनेछ। स्वास्थ बर्षभरि नै प्रतिकूल रहनेछ। मनमा विनाकारण त्रास सिर्जना हुनेछ, परिवारहरूको गुनासो दिनानुदिन बढ्दै जानेछ। मित्रहरूको आफूप्रति रहने नकारात्मक भावनाले सफलताका पाइलाहरू कुण्ठित हुनेछन्। शत्रुले खोइरो खन्ने र राम्रो कामलाई पनि नराम्रो बनाउने प्रयासहरू निरन्तर चालिरहनेछन्। अनावश्यक खर्च धेरै गर्नुपर्नेछ। नोकरीमा एकपछि अर्काे समस्या आइरहनेछ। राजनीतिमा झुटा लाञ्छना लगाएर पछि पार्ने खेलहरू प्रसस्तै हुनेछन्। मातापितासँगको सम्वन्ध पनि राम्रो हुने देखिन्न। उहाँहरूको स्वास्थमा पनि समस्या आउनेछ । भाद्र २२ गतेपश्चात् गुरुसमेत प्रतिकूल हुने हुँदा समय झन् कठिन हुनेछ। खर्चको गति तीब्र हुनुको साथै गलत विचार प्रशस्त मात्रामा बढ्नेछन्। मुद्दामामलाको सम्भावना पनि बलियो देखिन्छ। सन्तानसँग विमति हुनुका साथै एकसाथ वस्न गाह्रो हुने अवस्था आउनेछ। सानोसानो कामलाई पनि अघि बढाउने आँट आउने छैन। मनमा शंकाउपशंकाले दरिलो डेरा जमाउनेछ। हाडजोर्नीको दुखाइ प्रशस्त मात्रामा बढ्नेछ। आर्थिक कठिनाईहरूले अस्त व्यस्त बनाउनेछ। पतिपत्नीबीच बढ्ने विवादले विछोडको अवस्थासम्म सिर्जना गर्न सक्नेछ। धार्मिक क्षेत्रमा निराशिताले दरिलो डेरा जमाउनेछ। यो बर्ष अत्यधिक रूपले अध्यत्ममा जोेड दिनुहोला। धन माल हराउन सक्छ, सचेत हुनुहोला। आषाढ, कार्तिक, फाल्गुन महिनन प्रतिकूल वैशाख, भाद्र, आश्विन र माघ शुभ हुनेछन्। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्व जनं मां वसमानाय स्वाहाः यो मन्त्र बर्ष आरम्भदेखि जति सक्दो धेरै जप गर्नुहोला।
धनु ग्रह गोचर यो बर्ष मध्यम रहनेछ। शुरुमा ग्रहले साथ दिनेछ, मन चञ्चल भए पनि धैर्य गरेर अघि बढ्दा धेरै कार्यहरूमा सफलता मिल्नेछ। शत्रुसँगको प्रतिस्पर्धामा जित हासिल गर्न सकिनेछ। आमदानीका अवसरहरू प्रसस्तमात्रामा प्राप्त हुनेछन्। विवादको सामना गर्नु परे पनि आखिर सत्यले जित हासिल गर्नेछ। जोश र जाँगर बढ्नेछ। आँटेेका कामहरू धेरै पुरा हुनेछन्। नयाँ कामको अवसर पनि मिल्नेछ। पढाइमा सफलता मिल्नुको साथै बौद्धिक कार्यमा राम्रै प्रगतिको योग छ। व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन्। वैदेशिक कार्यमा पूर्ण सफता मिल्नेछ। वैवाहिक बन्धनमा बाँधिने वलियो सम्भावना छ। सन्तान नहुनेका लागि सन्तान प्राप्तीको बर्ष हो। छात्रवृद्धिसहितको विदेश पढ्न जाने अवसर पनि पाउनुहोला। भूमि वहान जोड्ने तरखरमा हुनुुहुन्छ भने त्यसका लागि वातावरण अनुकूल रहनेछ। मित्र तथा परिवारका सहयोग चाहे जति नै मिल्नेछ। भाद्र २२ देखि गुरुको अनुकूल प्रभावले मनमा प्रसन्नता बढाउनेछ। नोकरीमा भनेजस्तै स्थान मान पाउने योग छ। भुलेका मित्रहरूले याद गर्दै सहयोग गर्ने मनसाय राख्नेछन्। प्रेम गर्ने अवसर पनि मिल्नेछ, राजनीतिमा राज्यका ठूला हस्तिहरूले तपाइँको आवश्यकता महसुुस गर्नेछन्। कुटनीतिक कार्यबाट राष्ट्रको हित अन्तराष्ट्रको खुस निर्माण गरी आफूलाई ऐतिहासिक व्यक्तित्वमा स्थापित गर्न सफल हुनुहोला। श्रावण २२ देखि अष्टमा राहुले स्वास्थमा प्रतिकूल प्रभाव पार्नेछ। आर्थिक कारोवारमा कठिनाइ उत्पन्न हुनेछ। धातुरोग, मृगौलासम्वन्धी समस्याले चिन्तित पार्न सक्छ। हड्डी, नशाको दुखाइ सही नसक्नु हुनेछ। मनस्थिति कमजोर हुने भएकोले धैर्यमा जोड दिनु उचित हुनेछ। पानी यो बर्ष धेरै पिउनुपर्ला। धार्मिक कार्यहरूमा खासै प्रगति देखिन्न। गोपनीयता अपनाउनु वेश छ । श्रावण, मार्ग र चैत्र महिना अशुभ एवं ज्येष्ठ, आश्विन, कार्तिक र फाल्गुन शुभ छन्। ॐ रां रहवे नमः यो मन्त्रको जप धेरै गर्नुहोला, समय समयमा भैरवको दर्शन पनि गर्नु राम्रो हुनेछ। मकर बर्षारम्भमा ग्रह गोचर राम्रो रहे पनि शनिको प्रतिकूलताले खर्च, विवाद र चिन्ता बढ्ने योग छ। आमदानीका मार्गमा अवरोध सिर्जना गर्नेहरूदेखि सजग रहनुपर्ला। शत्रुले खोइरो खन्नेछन्। विश्वास गरेकाले धोका दिनेछन् । हड्डी र नशाको समस्या आउने प्रवल सम्भावना छ। ज्येष्ठ ७ गतेपश्चात् कार्तिक ३० गते शनि र गुरुको अनुकूलताले भाग्य बलियो हुनुको साथै धार्मिक कार्यमा कीर्तिमानी काम गरेर बढ्दा सामाजिक कार्यमा सम्मान पाउनुहोला। पराक्रम बढ्नुको साथै अधुरा कामहरू पुरा हुने, नयाँ काम पाउने योग वलियो छ। आमदानीका अवसर मिल्नुको साथै घरघडेरी, सवारी साधन जोड्ने तरखरमा हुनुहुन्छ भने सहज हुनेछ। मित्रहरूबाट आर्थिक र बौद्धिक सहयोग पाउनुहोला। परिवारहरूको सहयोगले पढाइमा रुचि बढ्नुका साथै छात्रवृद्धि प्राप्त गरी परदेश पढ्न जाने अवसर मिल्नेछ। लेखनमार्गमा लाग्नेहरूका लागि यो समय अनुकूल रहनेछ। साहित्य, कलामा लाग्नेहरूका लागि समय राम्रो छ। व्यापार, व्यवसायमा सोचेजस्तै सफलता मिल्नेछ। वैवाहिक कुरा पनि अघि बढ्नेछ। ठूला व्यक्तिसँग अन्तरक्रिया गर्दै वौद्धिक विकाश गर्ने अवसर मिल्नेछ। श्रावण २२ पछि राहु अष्टम भावबाट हट्ने हुँदा स्वास्थमा सुधार आउनेछ, लेनदेनका कठिनाइ पनि हटेर जानेछन्। सातौँ राहुले पतिपत्नीबीचको सम्वन्धलाई भने कमजोर बनाउनेछ। नोकरीमा पदोनन्ती र इच्छित स्थानान्तरणको योग छ। राजनीतिमा उच्च पद प्राप्तिको अवसर मिल्नेछ तर त्यसका लागि ज्येष्ठ ६ गतेपश्चात् प्रयास गर्दा सहजसँग सफलता मिल्नेछ। महत्वपूर्ण निर्णयहरू भाद्र २१ गतेभित्र गर्नुपर्ला। मार्ग १ गतेदेखि पुनः शनि साढेसाती आरम्भ हुने भएकोले अस्वस्थता, खर्च, विवाद र चिन्ता बढ्ने योग भएकोले संयम हुनुहोला। बैशाख, भाद्र, पौष खराव महिना र आषाढ, कार्तिक, मार्ग, चैत्र शुभ हुनेछन्। यो वर्ष ॐ शं शनिश्चराय नमः भन्ने मन्त्र धेरै जप गर्नुुहोला।
कुम्भ ग्रह गोचर यस राम्रो रहे पनि भाद्र २१ सम्म अष्टम गुरुले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने, वाणी अशुद्ध र धन नाश हुनेछ। काममा अवरोध आउने, मनमा अशान्ति सिर्जना हुने योग छ। कुरा काट्नेहरू बढ्नेछन्। विश्वासमा धोका हुने भए पनि शनिको अनुकूल प्रभाव बर्षभरि नै रहनेछ। श्रावण २२ मा राहु षष्ट भावमा जाने, भाद्र २२ देखि गुरु पनि अनुकूल भएकोले समग्रमा बर्ष राम्रो रहनेछ। शत्रुमाथि ऐतिहासिक विजय हासिल गर्दे आफ्नो लक्षमा पुग्न सफल हुनुहोला। आटेका काम सबै पुरा हुनेछन्। मनमा हर्ष र शरीर स्फुर्ती प्रशस्त मात्रामा बढ्नेछ। व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन्। विदेशयात्रा र वैदेशिक व्यापारमा लाभ प्रशस्तै हुने देखिन्छ। आमदानीका नयाँ स्रोतहरू जुट्नेछन्। नोकरीमा चाहेअनुसारै स्थानान्तरण हुनेछ। राजनीतिमा गुमेको स्थान पुनः प्राप्ति गर्ने वातावरण बन्नेछ। भाग्य बलियो हुनेछ। धार्मिक कार्यहरूमा मन जानेछ। शैक्षिक सफलताले मन प्रसन्न रहनेछ। सन्तान नहुनेका लागि भाद्र २२ पछि समय अनुकूल हुनेछ। घरघरेडी र सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ। राष्टि्रय, अन्तर्राष्टि्रय क्षेत्रमा गरिएका कुटनीतिक प्रयासहरू प्रशंसनीय हुनेछन्। विद्वानहरूको छत्रछाँयामा रहेर ऐतिहासिक काम गर्नै अवसर मिल्नेछ। बोलीको प्रभावमा अरुको मन सजिलै जित्न सकिन्छ। वैवाहिक बन्धनमा वाँधिने सम्भावना वलियो छ। आफूलाई भुलेका मित्र र विदेशिएर टाढिएका मित्र तथा परिवार जनहरूले याद गर्दै सहयोगको हात अघि बढाउनेछन्। बैशाख, श्रावण, मार्ग, पौष महिना शुभ र ज्येष्ठ, अश्विन, माघ महिान अशुभ हुनेछन्। अझै राम्रोको लागि ॐ हँ हनुमते रुद्रात्मकाय हुँ यो मन्त्रको जप धेरैभन्दा धेरै गर्नु उचित होला।
मीन बर्षको आरम्भमा ग्रह गोचर राम्रो रहनेछ। व्यापारमा उन्नति गर्ने अवसर मिल्नेछ। यात्राका अवसरहरू प्रशस्तमात्रामा जुट्नेछन्। प्रेम गर्ने अवसर पनि मिल्नेछ, वैवाहिक बन्धनमा बाँधिन वलियो सम्भावना छ। बोलीको प्रभाव बढ्नुको साथै कुटनीतिमा आफ्नो बर्चस्व बढाउन सफल हुनुहोला। पतिपत्नीबीच सुमधुर सम्वन्ध गाँसिनेछ। वैदेशिक कार्यमा ठूलै फड्को मार्ने अवसर मिल्नेछ। आमदानीको स्रोतहरू प्रशस्तमात्रामा जुट्नेछन्। शत्रु पराजय हुनुको साथै मित्र तथा परिवारको सहयोग पनि अपेक्षित पाउनुहोला। घरघडेरी र सवारी साधन जोडने अवसर मिल्नेछ। नोकरीमा पदोन्ति र लाभप्रद स्थानान्तरण हुने योगछ। राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ। पदक प्राप्तिको सम्भावना छ। श्रावण २२ बाट पञ्चममा राहु प्रवेश हुने र भाद्र २२ देखि गुरु अष्टमा हुने भएको हँुदा समय प्रतिकूल हुनेछ। धातु र मृगौलासम्वन्धी रोगले सताउनेछ। तत्पश्चात् बर्षभरि नै सजग रहनुपर्ला, आपसी विश्वासमा ह्रास आउने, मन अशान्त हुने, आर्थिक संकट बढ्ने, नगद कारोवार गर्दा अनावश्यक विवादमा फस्ने सम्भावना रहन्छ। पढाइमा मन नजाने, सन्तानसँग मतभेद हुने, शत्रुले अक्रमण गर्ने अवस्था सिर्जना होला सही कार्यलाई समेत गलत बनाउने प्रयत्न हुनेछ । नोकरीमा संकट आउने, राजनीतिमा झुटा आरोप लाग्न सक्ने वलियो सम्भावना छ। यो स्थितिमा आफन्तहरूले समेत साथ नदिन सक्छन्। वैदेशिक र कुटनीतिमा समेत रहेको छाप हट्न सक्छ। सोचने शक्तिमा कमी आउनुको साथै निर्णयको अभाव पनि देखिन्छ। महत्वपुर्ण निर्णयहरू भाद्र २२ पूर्व नै लिनु वेश हुन्छ। ज्येष्ठ, भाद्र, पौष, माघ महिना शुभ र आषाढ, कार्तिक, फाल्गुन, महिना अशुभ हुनेछन्। ॐ नमः भगवते वासुदेवाय यो मन्त्रको धेरैभन्दा धेरै जप गर्नुहोला। - लोहनीको फेसबुकबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies