Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

गौतमबुद्धको जन्मस्थल लुम्बिनी माग्नेको अखडा बन्दै

\"\"लुम्बिनी, ३ वैशाख । विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि भारतीय माग्नेहरूको अखडा बन्दै गएको छ । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बर्सेनि लाखौँ पर्यटक भ्रमणका लागि आउने गर्छन् । स्वदेशी विदेशी प्यागोडा शैलीमा बनेका स्तूपाहरु लुम्बिनीको मुख्य आकर्षण हुन् भने बुद्धको जन्मस्थल मायादेवी मन्दिर भने लुम्बिनीको विशेष आकर्षणका रूपमा रहेको छ । माग्नेले स्वदेशी तथा विदेशी पर्यटकलाई नाङ्गा दुधे बालकलाई लिएर बसेका देखाएर पैसा माग्ने र पैसा नदिएको खण्डमा पर्यटकको खुट्टा ढोग्नेजस्ता क्रियाकलाप गर्ने गरेको देख्न पाइन्छ । साथै केही पैसा जम्मा भएपछि ती माग्नेले मदिरा (रक्सी) पिएर फेरि त्यही तरिकाले माग्ने गरेको त्यहाँका माग्नेहरूको दिनचर्या बनेको छ । विश्व सम्पदा सूचीमा समेत सुचीकृत लुम्बिनीमा दिनानुदिन माग्नेको सङ्ख्यामा वृद्धि हुँदै आएको छ । यस विषयमा त्यहाँका सुरक्षा व्यवस्था हेर्दै आएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र लुम्बिनी विकास कोषका सुरक्षा गार्डको नजर पुगे पनि उनीहरू मौन छन् । हामीहरूले जति भने पनि लुम्बिनी विकास कोष यो विषयमा छलफल नै गर्न चाहँदैन । ड्युटीमा रहेका एक प्रहरी जवानले गुनासो गरे । यसबारे लुम्बिनी बिकास कोषका कर्मचारीसँग सोधपुछ गर्दा उनीहरू बोल्न चाहेनन् । दिनहुँ हजारौँ पर्यटक आउने लुम्बिनीमा माग्नेहरूको अड्डा बन्दै जाँदा लुम्बिनीको प्रतिष्ठामा मात्र आँच नआई सिङ्गो नेपाल र नेपालीको प्रतिष्ठामा आँच आउने साथै विदेशी पर्यटकमा नेपालको बारेमा गलत सन्देश जाने हुँदा यस विषयमा सम्बन्धित सबैको ध्यान पुग्नु जरूरी देखिन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies