Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

श्रीमान, म गणतन्त्रका लागि लडेवापत जेल जान्न, आगे हजुरको मर्जी…

श्रीमान, म माओवादी हुँ । पक्का माओवादी । मेरो नशानशामा माओवादी छ । त्यो दिनदेखि–जुनदिनदेखि माओवादीले न्यायको हतियार उठायो । म हजुरको कानुनले व्याख्या गर्ने गरेको त्यो अपराधी/माओवादी हुँ । हजुरलाई फेरि भनुँ–म लड्खडाएको छैन र उस्तै त्यो कालको जस्तै आज पनि माओवादी हुँ ।
यो बयान होइन –हजुरलाई भ्रम नपरोस् । यो आरोप होइन –हजुर हैरान नपरिस्योस् । यो सफाई पनि होइन–म सफाई लेख्न जरुर ठान्दिन । यो बिन्ति होइन–आक्रोश हो । यो हजुरहरुमाथिको नालिस हो । फैसला जनताले गर्छ–किनभने आज पनि म जनताको अदालतलाई सलाम गर्छु ।
हजुरले मेराहरुमाथि लेखेको फैसला देखेपछि मलाई केही लेखुँ लाग्यो – यो बयान होइन –हजुरलाई भ्रम नपरोस् । यो आरोप होइन –हजुर हैरान नपरिस्योस् । यो सफाई पनि होइन–म सफाई लेख्न जरुर ठान्दिन । यो बिन्ति होइन–आक्रोश हो । यो हजुरहरुमाथिको नालिस हो । फैसला जनताले गर्छ–किनभने आज पनि म जनताको अदालतलाई सलाम गर्छु । हो, म लडेकै हो । मैले युद्ध गरेकै हुँ । हामीले सप्ताह लगाएको थियौं– म भनिरहेको छैन । त्यो १२ वर्षे ‘राम वनबास’ पनि थिएन । न भद्रभलाद्मी बोलाएर रुद्री गरिएको थियो । त्यो युद्ध थियो । न्यायका लागी लडिएको एउटा महान युद्ध । म सम्झाउँ हजुरलाई –युद्ध रक्तपातपूर्ण हुन्छ । युद्ध भयानक हुन्छ । युद्ध रहरमा जन्मदैंन । युद्ध पिडामा जन्मन्छ, आक्रोशमा जन्मन्छ । न्यायका लागि अन्यायका विरुद्धमा जन्मन्छ । संसारमा युद्धको नियम यही हो । युद्धमा मानिसहरु मर्छन् र मारिन्छन् । हो त्यही युद्धको म सिपाही हुँ । हामीले लडेको युद्ध आंतकवाद थिएन । त्यो न्यायिक युद्ध थियो । न्यायिक थिएन भने त्यो युद्धसँग हजुरको राज्य झुक्दैनथ्यो । युद्धका सिपाहीहरुसँग राज्यले सम्झौता गर्दैनथ्यो । ती सिपाहीहरु राज्यका राष्ट्रिय सिपाही बन्दैनथे । हजुरलाई हेक्का होस्–हामी हजुरको राज्यले युद्धमा हराएर दाम्लोले बाँध्दै हजुरको कठघरामा उभ्याइएको युद्धबन्दी होइनौं । राज्यका विद्यमान कानून फेर्ने र उत्पीडितहरुलाई राज्य चलाउन दिने शर्तनामामा दुई सत्ताबिच भएको समझदारीमा आएका हौं । [caption id=\"attachment_89788\" align=\"alignleft\" width=\"250\"]\"\" लेखक[/caption] हजुरलाई थाहा छ –युद्धमा घटेका जघन्य घटनाहरुमाथि विद्यमान न्यायसिदान्तभन्दा अलग्गै निकायले जाँचबुझ गर्छ । हाम्रो युद्धका सवालमा पनि सोही भनिएको छ । माओवादी सेना समायोजन भए । माओवादी युद्धका कमाण्डरहरु आज पनि राज्यको सम्मानित निकायमा जनताले जिताएर पठाएका छन् । ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ बनाउने कुरा सम्झौतामा उल्लेख छ । हजुरको आदेश त्यो ‘आयोग बनाउ’ भनेर कहिल्यै आएन । तर ति लड्नेहरुलाई थुन भनेर आयो । लड्नेहरुलाई नछोड भनेर आयो । ती अपराधी हुन् भनेर आयो । श्रीमान, कानुन पढिएको छैन । उसो त हामी ‘जंगलीहरु’ले त्यति जान्ने कुरा पनि भएन । तर हामीले लडेर ल्याएको गणतन्त्र र नयाँ संविधानको कानून भन्दा हजुर कसरी माथि होइसिन्छ ? एक मनमा लाग्छ–कानुन फेरियो । कानुनले राज्य फेर्र्यो । तर हजुरहरु फेरिनु भएन । फेरिन जरुर ठान्नु भएन । भनिस्योस् न श्रीमान, राणाहरुको जंगी कानून र हजुरको उदण्ड फैसलामा के फरक छ ? उ बेला कानुन भन्दामाथि राणाहरु हुन्थे । पञ्चायतमा पंचहरु भए । प्रजातन्त्रमा कानुन बेपत्ता थियाे । गणतन्त्रमा हजुरहरु कानून भन्दा माथि होइसिन्छ । ती जंगीहरु, ती पन्चहरु भन्दा हजुर कसरी फरक हुनुभयो ? हजुरले मानिस्यन। अरुको पूनर्रसंरचना, न्यायलयको हुनुहुँदैन भनिस्यो । हजुरहरु फेरिन परेन । हजुरहरुको काम गर्ने शैलि बदल्नु परेन । हजुरहरु कानूनभन्दा माथि होइसिन्थ्याे र’त लड्नेहरुमाथि कानूनका डण्ठा बजार्दै हुनुहुन्छ । म र म जस्तैले लडेर आएको गणतन्त्र, संघियता, र धर्मनिरपेक्षताको महान व्याख्या वा नजिर कायम गर्ने स्थानमा हजुर विराजमान होइसिन्छ। त्यो आसन त हजुरको हिजोकै हो । त्यो आसन फेर्न लडेको म, त्यो आसनमा न्यायको तराजु झुण्ड्याउने श्रीमान होइन तराजु जस्तै अडिग श्रीमानका लागि लडेको एउटा लडाकु हुँ । भनिस्योस्–हजुरको न्यायलयमा अहिले बिचाराधिन मुद्धा कति छन् ? हाम्रा दाईभाईले न्यायका लागी हालेका दरखास्तको चाङ हजुरभन्दा कति फिट अग्लो छ ? यो देशका ठालुहरुका विरुद्ध परेको मुद्धा कता बेपत्ता छन् ? हजुरलाई ख्याल होस् –हजुरको न्यायघर धाउँदाधाउँदै तिन पुस्ते पूस्ता सकिएका हजारौं छोरानातिहरु छन् । बा हरु भन्थे–कानुन अन्धो हुन्छ । मलाई लाग्थ्यो–गणतान्त्रिक कानुन अन्धो हुँदैन । बा’लाई अब मैले भन्नपर्ने भयो–ए मेरा बा, कानून बहिरो पनि छ ।
जुरको कानुनले ठालुहरुसँग घुडा टेक्छ, निर्धाहरुसँग परेड खेल्छ । मैना सुनुवारको बलात्कारमाथि नलाग्ने र बालकृष्णमाथि लाग्ने हजुरको कानुन आफ्नाहरुसँग अन्धो हुन्छ, पराईहरुका इन्द्रीय देख्छ ।
कानूनले देख्दैन । कानुनले सुन्दैन । श्रीमान, अड्कलेर सुन्ने र देख्ने यो कानुन कसले बनाएको ? कानून विवेकले चल्छ कि चल्दैन ? कानून आवेगले चल्छ कि चल्दैन ? कानुन दुखमा रुन्छ कि रुँदैन ? कानून खुशीमा हाँस्छ कि हाँस्दैन ? कहिले लाग्छ–कानुन मौन हुन्छ, यसले केही गर्दैन । कहिले काग्छ–कानुन मिथ्यको वायुपंखी घोडाजस्तै चलायमान छ, यसले जे पनि गर्छ । कानून एउटै हो–हजुरको हातमा परेपछि छुट्टीभिन्न हुन्छ । अँ साँच्चि,  हजुरको कानूनले पालो फेरिफेरि एउटैलाई योग्य र एउटैलाई अयोग्य देख्छ । हजुरको कानुनले ठालुहरुसँग घुडा टेक्छ, निर्धाहरुसँग परेड खेल्छ । मैना सुनुवारको बलात्कारमाथि नलाग्ने र बालकृष्णमाथि लाग्ने हजुरको कानुन आफ्नाहरुसँग अन्धो हुन्छ, पराईहरुका इन्द्रीय देख्छ । अचम्म लाग्छ । त्यही युद्धका योजनाकारहरु यो देशका उपल्लो निकायमा यत्रतत्र छन्  । अहिले पनि युद्धका सिपाहीहरु राष्ट्रिय सेनामा छन् । कुटनीतिक निकायहरु हुँदै ती अरु देशमा पनि छन् । तिनले हजुरहरुलाई सपथ ख्वाउँछन् । ति यो राज्य चलाउँछन् भने तिनका सहयात्रीहरु कसरी अपराधी र हत्यारा हुनसक्छन् ? श्रीमान नरिसाइयोस्–हजुरका टाढाकाहरुले हजुरको न्यायलयमा पलाँतीको पुस्तासम्म न्याय पाएका छैनन् । हजुरका नजिककाहरुलाई चौबिस घण्टा नबित्दै न्याय उपलब्ध छ । यो कानून कस्तो कानून ? अब हजुर भन्नुस् –यस्तो विभेदी कानून कसैले किन मानोस् । अन्तिममा भनिराँखु, –हामी लडेवापत जेल जान्नौ । हाम्रा बालकृष्ण ढुगेंल र केशव राईहरुले लडेवापत सजाए काट्न सक्दैनन् । बृहत शान्ति सम्झौता अनुसार सत्य निरुपण  अायाेगमा  जनयुद्धकालिन जघन्य घटनाहरु पठाइस्योस् । कि भनिस्योस्– मेरो इजलासले ‘शान्ति सम्झौता’ मान्दैन । हजुर मानिन्न भने हामी पनि मान्दैनौं । नमानेपछि के हुन्छ हजुरलाई थाहा छ । आगे हजुरको जो मर्जी…

aplly description here...

संकल्प गरौ, संकटलाई अवसरमा बदलौं !

सोमबार एकै समस्याका तिन तथ्यहरु बाहिर आए । एक –भारत बाहेक अन्य देशहरुबाट २ लाख १० हजार ८७१ जना नेपालीहरु स्वदेश फर्कन चाहन्छन् । दुई –युएईले नेपाल फर...

श्रीमान, म गणतन्त्रका लागि लडेवापत जेल जान्न, आगे हजुरको मर्जी !

श्रीमान, म माओवादी हुँ । पक्का माओवादी । मेरो नशानशामा माओवादी छ । त्यो दिनदेखि–जुनदिनदेखि माओवादीले न्यायको हतियार उठायो । म हजुरको कानुनले व्याख्या ...

श्रीमान, म गणतन्त्रका लागि लडेवापत जेल जान्न, आगे हजुरको मर्जी…

श्रीमान, म माओवादी हुँ । पक्का माओवादी । मेरो नशानशामा माओवादी छ । त्यो दिनदेखि–जुनदिनदेखि माओवादीले न्यायको हतियार उठायो । म हजुरको कानुनले व्याख्या ...

सत्ता एडिक्ट एमालेसँग केही सवाल

केही हप्ताअघि एमाले निकट अखिलका एकजना केन्द्रीय नेताले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टाउको काटेर सडकमा फुटबल खेल्छौं भने...

चुनौतिको चुचुरोमा प्रचण्ड

प्रचण्ड, प्रचण्ड हुन् । प्रचण्ड, प्रचण्ड भइरहन्छन् । मानिसहरु कि प्रचण्डलाई गाली गरिरहेका भेटिन्छन् कि उनको प्रशंसा गरिरहेका । झण्डै १५ वर्षयता प्रचण्...

ओली सरकारबाट माओवादी बाहिरिनुका १२ कारण

नेकपा माओवादी केन्द्रले बहुमतीय सरकारको विकल्पमा राष्ट्रिय सरकारको प्रस्ताव ल्याएपछि र सरकारबाट समर्थन फिर्ता लिएपछि चौतर्फी यसबारे चर्चापरिचर्चा सुरु...

यी १२ कारण ओली सरकारको विकल्प खोज्नुपर्छ

नेकपा माओवादी केन्द्रले बहुमतीय सरकारको विकल्पमा राष्ट्रिय सरकारको प्रस्ताव ल्याएपछि र सरकारबाट समर्थन फिर्ता लिएपछि चौतर्फी यसबारे चर्चापरिचर्चा सुरु...

ओली राष्ट्रवाद र मुकुन्दे गफ

महाकाली सन्धि राष्ट्रघाती हो कि राष्ट्रवादी ? त्यसबाट नेपालले के पायो ? कति लाभ लियो र गुमायो ? यो फेरि चर्चा गरिरहनुपर्ने विषय होइन । सन्धि राष्ट्रघा...

कति छ विप्लव माओवादीको फौजी सामर्थ्य ?

नवगठित नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनअधिकारको रक्षाका लागि आफूले हतियार उठाउने चेतावनी दिइरहेका छन् । केही वर्षअघि एकीकृत ...

बौलाही छापामार !

पुलिस चौकी रेडका घाइते योद्धाहरु हुनुहुन्थ्यो । हामी एउटा गाउँको सिरानमा थियौं । म उपचारमा खटेकी थिएँ, बिस्तारै उहाँहरुको घाउ निको हुँदै थियो । कमरेड ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies