Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

सुर्खेतमा कांग्रेसलाई बागीले ‘टेन्सन’, एमालेलाई साख जोगाउन धौ–धौ, माओवादीको हत्याउने दाउ

\"\"सुर्खेत, ३० चैत । अगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा प्रदेश नं ६ को सम्भावित राजधानीका रुपमा हेरिएको वीरेन्द्रनगर नगरपालिकामा चुनावी सरगर्मी सुरु भएको छ । वीरेन्द्रनगरमा मुख्य प्रतिस्पर्धी दलहरु चुनावी दौडधुपमा लागिपरेका छन । मुख्य गरी नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिस्पर्धा हुने अनुमान गरिएको वीरेन्द्रनगर नगरपालिकामा माओवादी केन्द्रले पनि फाइदा दिने दाउ खोजिरहेको छ । भर्खरै वीरेन्द्रनगरमा स्वतन्त्रका उम्मेदार गेहेन्द्रप्रसाद दाहालको पनि शक्ति पार्टी बलियो देखिएको छ । चुनावी मैदानमा उत्रिएका छन । को–को छन मेयरका आकांक्षी ? वीरेन्द्रनगर नगरपालिकाको मेयरका आकांक्षी धेरै देखिएका छन । यो नगरपालिका ६ नम्बर प्रदेशको सम्भावित राजधानीसमेत भएकाले पनि एउटै दलका धेरै नेताले आँखा गाडेका छन् । आकांक्षीहरु धेरै भएका कारण नेपाली कांग्रेस र नेकपा एमालले वीरेन्द्रनर नगरपालिकाको मेयर तथा प्रमुखको उम्मेद्वार सार्वजनिक गर्न सकेका छैनन् । नेपाली कांग्रेस र नेकपा एमालले यो भन्दा अघि बोलेको अभिव्यक्ति चैत महिना भित्रै निचोड निकाल्ने भनिएता अझै सकेको छैन् । माओवादी केन्द्र भने उम्मेदवार घोषणा गरी घरदैलो प्रचार–प्रसारमा जुटिरहेको छ । कांग्रेसलाई उम्मेदवार छनोटमै गुटकै सकस वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट चर्चा गरिएका नेताहरु धेरै छन । यसले गर्दा कांग्रेसलाई उम्मेदवार छनोटमा सकस देखिएको छ । कांग्रेसबाट नगरसभापति देवकुमार सुवेदीको नाम अग्रपंक्तिमा छ । तर, पूर्वजिल्ला कोषाध्यक्ष गोविन्द कोइराला, पुराना नेता डम्बर जिसी र कालीप्रसाद शाक्य, जिल्ला सभापति कमल रेग्मी मेयर नछोडने दाउमा छन । पछिल्लो समयमा धर्मराज गिरी, श्याम भारती, महिला संघकी केन्द्रिय कोषाध्यक्ष जानकी सिंह, चन्द्र थानीलगायतका नेताहरुको बजारमा चर्चा परिचर्चा शुरु भएको छ । वीरेन्द्रनगरमा नेपाली कांग्रेसलाई आन्तरिक सकस हुने मुख्य कारण भनेको पार्टीभित्रको आन्तरिक गुट हो । सुर्खेत कांग्रेसमा पूर्णबहादुर खड्का, शेरबहादुर देउवा र हृदयराम थानी र रामचन्द्र पौडेल गुट नै समस्याका रुपमा देखिएका छन । वीरेन्द्रनगरका चर्चित मानिएका पौडेल पक्ष भनिएका युवा नेता सुवेदीलाई मेयरको उम्मेदार बनाए देउवा पक्षका नेताहरु सन्तुष्ट बनाउन सक्नुपर्ने बाध्यता छ । देउवा पक्षका मेयरका सम्भावित उम्मेदारहरु बनाउने हो भने सुवेदी भन्दा पनि वरिष्ठ व्यक्ति छन । पार्टीभित्रै गुट उपगुट हुँदा मेयर उपमेयर बाडफाँडमा समस्या देखिएको छ । कांग्रेसले पार्टीभित्रबाट गुट मिल्यो भने सबै भन्दा बढी मतदाता भएका वडाहरुमा आफनो पकड बलियो बनाउने सम्भावना र जित हात पार्ने सम्भावना बलियो छ । त्यस्तै गेहेन्द्रप्रसाद दाहालको नाम नलिने व्यक्ति कमै मात्रामा भेटिन्छन । चर्चित व्यक्ति दाहाललाई पार्टी भित्रैबाट मिलाउन नसक्दा ठुलो झट्का व्यहोनुपर्ने स्थिति छ । स्वतन्त्र दाहालको उम्मेदवारीले कांग्रेसलाई झट्का लाग्ने खतरा वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि गेहेन्द्रप्रसाद दाहालले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन । उनले लामो शैक्षिक सेवाबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका हुन । यसअघि नेपाली कांग्रेसमै आवद्ध दाहालले नेपाली कांग्रेसबाट पनि राजिनामा दिएर आफू स्वतन्त्र रुपमा मेयरमा लड्ने उदघोष गरेका छन् । उनले विद्यालयको प्राध्यानाध्यापकबाट राजिनामा दिएपछि नेपाली कांग्रेसबाटै मेयरमा उठ्ने अड्कलबाजी गरिपनि उनी स्वतन्त्र उम्मेदवार बनेका छन् । यसले कुनै न कुनै किसिमले नेपाली कांग्रेसलाई ठुलो झड्का लाग्ने सम्भावना छ । दाहाल जिल्लाकै बौद्धिक व्यक्तित्व रुपमा लिन सकिन्छ । नेपाली कांग्रेसमा धेरै मत बढी तान्न सक्ने अनुमान गरिएको छ । दाहालले कांग्रेसले मेयरको उम्मेदारी बनाउने आशामा प्राध्यानाध्यापकबाट राजीनामा दिएका थिए । नेपाली कांग्रेसभित्रै सम्भव नभएपछि स्वतन्त्र उम्मेदारी घोषणा गरेका हुन । दाहालको उम्मेदारीमा जनताले पत्याउने सम्भावनाहरु सन २००५ मा नेपाली जेसीजको राष्ट्रिय अध्यक्ष र २००६ मा एशिया क्षेत्रको विजनेश कोर्डिनेटर भई वल्र्ड जेसीजबाट नेपालको उत्कृष्ट जेसीको सम्मानसमेत पाएका थिए । ४ वर्ष नेपाल शिक्षक संघको सचिव, ४ वर्ष अध्यक्ष समेत भएर शैक्षिक जगतको नेतृत्वको अनुभव बटुल्दै जेसिसको केन्द्रिय नेतृत्वमा समेत सफलता हात पारेका गेहेन्द्र प्रसाद दाहालले स्वतन्त्र रुपमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुखको उमेद्वारी घोषणासँगै सुर्खेती राजनीतिक माहोल दिन प्रतिदिन बढ्दै गएको गर्मी भन्दा धेरै तातिएको छ । हिजोका दिनमा खरले छाएको छानामुनी बसेर पढिरहेको बेला आकाशे बर्षालाई खरले छेक्न नसकेका कारण आफ्ना कापी किताब जोगाउन मुस्किल भइरहेको घुस्रा विद्यालयमा प्रधानाध्यापकको रुपमा काम गर्दै गर्दा विद्यालय प्रतिको समर्पण र आफ्नो जिम्मेवारीलाई बोध गर्ने क्रममा गरेको कार्यले उक्त विद्यालय देशकै नमुना विद्यालयको रुपमा स्थापित हुन सफल भएको थियो । जसको कारणले उक्त विद्यालयका अभिभावकहरुले उनलाई काँग्रेस निकट भन्दा पनि शिक्षा निकटको रुपमा, विकास निकटको रुपमा र जिम्मेवारी पूर्णता गर्ने असल नेतृत्वकर्ताको रुपमा हेरे । आज पनि दाहालले गरेका कार्यहरुको प्रसंशा जुनसुकै पार्टीमा आस्था र विचार राख्नेहरुले गरिरहेका छन् । स्पष्ट विचारका धनि भएकैले होला उनले २०७० साल साउन १ गते पत्रकार सम्मेलनको आयोजना गरी पार्र्टीको कुनै पनि पदमा सक्रिय भूमिमा नरहने घोषणा समेत गरे । जसले गर्दा उनलाई आफ्नो व्यक्तित्व निर्माण गर्नमा अझ सहज बनायो । दाहालको उम्मेद्वारी घोषणाले काँग्रेस नराम्रोसँग झस्किएको छ भने एमालेलगायतका अन्य दलहरु पनि नराम्रोसँग तर्सिएका छन् । दाहाल दाहालले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसमा थप अन्योल छाएको छ । एमालेमा पनि आन्तरिक सकस नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने अनुमान गरिएका व्यक्ति नै स्वतन्त्र उम्मेदवार बनेपछि नेकपा एमालेले केही राहत महसुस गरेको छ । तर, एमालेलाई वीरेन्द्रनगरमा आफ्नो पुरानो साख बचाइराख्नुपर्ने छ । नेकपा एमालेले यसअघि ०४९ र ०५४ मा भएका दुईवटै निर्वाचनमा जितेको थियो । ०४९ मा एमालेकातर्फबाट पूर्वमन्त्री यामलाल कँडेल मेयरमा निर्वाचित भएका थिए भने ०५४ मा पनि एमालेकै बालाराम शर्मा निर्वाचित भएका थिए । यो इतिहासलाई गुम्न नदिन एमालेले अहिले ठूलो शक्ति लगाएको छ । आफ्नो इतिहासलाई बचाउनकै लागि एमालेले वीरेन्द्रनगरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि पटक–पटक उभ्याइसकेको छ । अहिले नगरपालिकामा गाभिएका साविकका केही गाविसमा आफ्नो पकट भएकाले पुनः इतिहास दोहोरिने एमालेले दाउ छ । तर, एमालेभित्र पनि उम्मेदवारका आकांक्षीहरु धेरै छन् । केही समय अघि एमालेका जिल्ला अध्यक्ष धुव्रकुमार शाहीले चैत महिना भित्रै एमालेको मेयरको टुंगो लगाउने भनिएता पनि एमाले भित्रै ठुलो सकस देखिएको छ । एमालेबाटै मेयरका चर्चाका रुपमा बजारमा भईरहेको चर्चामा जिल्ला उपाध्यक्ष अमृत बिसी, युवा नेता तथा झुप्रा बृहत खानेपानी अध्यक्ष कुलमणि देवकोटा, पूर्व मेयर बालाराम शर्मा, निलकण्ठ खनाल, अधिवक्ता कृष्णबहादुर हमाल, सहकारी अभियन्ता हरिहरनाथ गोगी, युवा नेता पुर्णप्रसाद पौडेलको नाम चर्चामा छ । उनीहरुको मध्ये पनि उपाध्यक्ष बिसीको सम्भावना बलियोे रहेको एमाले श्रोतले भनाई छ । बिसी र देवकोटा मध्ये एकजनालाई उम्मेदार बनाए एक पक्षले अर्को पक्षलाई स्वीरकार गर्ने अवस्था नहुने भएकोले एमालेले शर्मा वा योगीलाई अघि सार्ने सम्भावना देखिन्छ । माओवादी केन्द्रले उम्मेदवार तोक्यो, घरदैलो अभियान शुरु नेकपा माओवादी केन्द्रले भने वीरेन्द्रनगर नगरपालिकाका लागि मेयर र उपमेयरका उम्मेदवार घोषणा गरिसकेको छ । नगरमा कमजोर मानिएको माओवादीले यसपटक जसरी पनि आफ्नो पकड बलियो बनाउन भन्दै जनजाति र महिला उम्मेदवार घोषणा गरेर प्रचार प्रसारमा घरदैलो अभियानमा जुटेका छन । माओवादी केन्द्रले मेयरमा रत्न बहादुर गाहा र उपमेयरमा हरिमाया शर्माको उम्मेदवारी घोषणा गरेको छ । पार्टीका राष्ट्रिय आयोजक समिति सदस्य रहेका गाहा समाज कल्याण परिषदका पूर्वकोषाध्यक्ष पनि हुन । यस्तै शर्मा पनि पार्टीका राष्ट्रिय आयोजक समिति सदस्य हुन । माओवादी केन्द्रले एमाले र कांग्रेसमा बागी हुने अनुमान गर्दै फाइदा लिन सकिने आशाले पहिले नै जनजाति र महिलालाई मिलाएर उम्मेदवार बनाएको बुझिएको छ । १८ प्रतिशत मतदाता जनजाति रहेकाले पनि गाहालाई जनजातिको सहानुभूति पनि आउने माओवादी केन्द्रको अपेक्षा छ । प्रभाव पार्न शक्ति प्रदर्शन निर्वाचनमा सक्रिय देखिएका स्थानीय राजनीतिक दलहरुले वीरेन्द्रनगरका नागरिकहरुलाई प्रभाव पार्न छुट्टा छुट्टै शक्ति प्रदर्शन समेत गरिसकेका छन् । चैत ५ गते एमालेले मेची महाकाली अभियानको सन्देश दिन भन्दै प्रदेश नं ६ स्तरीय सन्देशसभा वीरेन्द्रनगरमा आयोजना गरेको थियो । सभामा अध्यक्ष केपी ओली, बरिष् नेता माधव नेपालले सम्बोधन गर्दै नागरिक माझ आश्वासन बाँढेका थिए । त्यसकै केही दिनपछि चैत ११ गते नेकपा माओवादी केन्द्रले निर्वाचन केन्द्रित जनसभा आयोजना गरेका थियो । उक्त सभामा नेता रामबहादुर थापा (बादल), पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतलगायतले सम्बोधन गरेका थिए । सोही सभाबाट माओवादी केन्द्रले वीरेन्द्रनगरको मेयर र उपमेयरका उम्मेदवारहरु घोषणा गरेको हो । मेयर गाहा र शर्मा स्थानीय तहको निर्वाचनमा घरदैलो अभियानमा जुटिरहेका छन । अबको स्थानीय तहको निर्वाचनमा कस्को हातमा लाग्ने हो भन्ने बेला माओवादी केन्द्रका सम्पूर्ण जिल्ला स्थित टिमहरु ढौडधुपमा जुटेका प्रचार प्रसार समितिका संयोजक गंगाराम तिमिल्सेनाले खबरडबलीलाई बताएका छन । माओवादीले सभा गरेको केही दिनलगत्तै नेपाली कांग्रेसले पनि नेपाल तरुण दल सुर्खेतको अगुवाइमा शक्ति प्रदर्शन ग¥यो । तरुण दलले वीरेन्द्रनगर बजारमा मोटरसाइकल ¥याली निकालेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies