Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

स्थानीय निर्वाचनः यसकारण पनि युवा पुस्तालाई हस्तान्तरण 

लामो समयपछि सरकारले स्थानीय तहको निर्वाचन मिति २०७४ बैशाख ३१ गतेलाई तोकेको छ । निर्वाचनको मिति घोषणासँगै हरेक पत्रपत्रिका, रेडियो, टेलिभिजन र सामाजिक संजालहरुमा निर्वाचनका समाचारहरुले पहिलो स्थान पाइरहेका छन् भने अर्कोतिर देशका कुनाकुनामा रहेका सुनसान गाउँ बस्तिहरुमा समेत निर्वाचनको माहोलले चहलपहल बढदो छ । गाउँ नफर्किने नेता तथा कार्यकर्ताहरु मतदाताका घर–घरसम्म विभिन्न थरि आश्वासनका पोकाहरु बोकेर पुग्न थालिसकेका छन् । वर्षौदेखि स्थानिय स्तरबाट बनवास भएको राजनीतिक अधिकार पुनः प्राप्ति हुने आशाले स्थानीय नेता, कार्यकर्ता तथा जनताका मनमा पनि आशाको दियो बल्न थालेको छ । अझ पहिलो पटक संघिय संविधानले स्थानिय तहलाई विगतको तुलनामा बढी अधिकार सम्पन्न र शक्तिशाली बनाएकाले पनि यसपालिको स्थानिय तहको निर्वाचनलाई बढि चासोका साथ हेरिरको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा राजनीतिक दल र तिनका नेतृत्व उमेदवार छनोटमा केन्द्रित हुन थालेका छन् । उमेदवारका आकाक्षीहरु टिकट लिनका लागि पार्टीका नेतृत्व सँग लभिङ गरिरहेका छन् भने नेतृत्व पङक्ति पनि सकेसम्म आफु निकट हरुलाई टिकट दिनका लागि गृहकार्यमा जुटेका छन् । यहि चर्चा परिचर्चा सँगै राजनीतिक दलहरु र तिनका नेतृत्वमाथि एउटा यक्ष प्रश्न खडा भएको छ । नेपालको सम्पूर्ण परिवर्तनहरुमा मुख्य भुमिका निर्वाह गरेका युवा पुस्ताहरुलाई समेट्ने कि नसमेट्ने ? त्यस्तै युवापुस्ताहरु माथि पनि अर्को प्रश्न तेर्सिएको छ । सधै पुरानो पुस्ताको आलोचना र गालि गलौजमा अल्झिएर बस्ने कि लामो समयपछि आएको यो नेतृत्व लिने अवसरलाई सदुप्रयोग गर्दै नेतृत्व लिएर देशको राजनीतिक जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्ने सीप क्षमता र आत्मविश्वास नेपाली युवाहरुमा विद्यामान रहेको छ भनेर प्रमाणित गरेर देखाउने ? स्थानिय निर्वाचन किन ? नेपालको स्थानिय निकाय लामो समयदेखि नेतृत्व विहिन बनेको स्थानिय निर्वाचन नियमित भएको भए गत बर्ष भएको निर्वाचनबाट नयाँ पुस्ता जनप्रतिनिधि बन्ने थिए २०५४ सालदेखि स्थानिय निर्वाचन नहुँदाको असर स्थानिय तहमा मात्रै नभएर मुलुककै नेतृत्वलाई पर्ने देखिन्छ । समयमा निर्वाचन नहुँदा उर्जाशिल उमेरका लाखौ पुवा नेतृत्वमा पुग्नबाट बन्चित भएका छन् । जनप्रतिनिधिहरुको कार्यकाल सकिएपछि जनप्रतिनिधिले गुर्नपर्ने काम कर्मचारीको थाप्लोमा आयो । त्यसमा पनि आफैले चुनेको प्रतिनिधिको जस्तो व्यवहार कर्मचारीहरुबाट नभएको बुझाई सर्वसाधरणमा रहेका छ ।
पुरानो पुस्तामा जतिसुकै चाहना भएपनि युवाहरुको तुलनामा जोश जाँगर र आत्मविश्वास साथ काम गर्न अलि गाह्रो छ । त्यसैले पुरानो पुस्तालाई फरक भूमिका दिनुपर्छ भन्ने हो असक्षम छन् भन्ने होइन । नेपालीमा एउटा उखान छ बाघ बुढो र स्याल तन्नेरी कहिल्यै हुदैन पुरानो पुस्ता शारीरिक रुपमा जतिसुकै कमजोर भएपनि उनीहरुको सीप र अनुभव युवा पुस्ताका लागि ज्यादै महत्वपूर्ण हुनसक्छन् ।
नीति निर्माण देखि नागरिकका हरेक काम सहज ढंगबाट हुन नसकेको र जनस्तरमा लोकतान्त्रिक अभ्यास हुन नपाएको अवस्थामा स्थानिय निर्वाचन अत्यावश्यक छ अझ सबैभन्दा ठूलो कुरा नेपाल संघिय प्रणालीमा प्रवेश गरेको छ । निर्वाचन पछि देशभरिमा निर्वाचित स्थानिय तहको क्रियाशिलताले एकातिर विकास निर्माण अभियानलाई योजनाबद्ध बनाउछ भने अर्कोतिर जनताप्रति उत्तरदायि शासन व्यवस्था जनताको घर आँगनमा स्थापित हुनेछ । निर्वाचित स्थानिय तहमा निर्वाचित हुने जनप्रतिनिधिहरु स्थानिय जनता प्रति जवाफदेहि र उत्तरदायि बन्ने प्रकृयाको थालनी हुनेछ । यसले देशमा सुशासित शासन व्यवस्थाको सुरुवात पनि गर्नेछ । त्यति मात्र होइन लामो समय देखि स्थानिय तहमा जारि गहेको अराजकता मनपरि तन्त्र र भ्रष्टचारलाई अन्त्य गर्दै जनताका आवश्यकतामा आधारित भएर जनसहभागितामा स्थानिय विकास पूर्वाधारहरुको निर्माण परिचालन र संरक्षणको व्यवस्थापन गर्नका लागि योगदान पु¥याउने छ । त्यसैले यो संविधानको कार्यान्वय गर्दै जनतालाई संविधानप्रति अपनस्व महशुस गराई समृद्धिको यात्रामा अघि बढ्नका लागि पनि स्थानिय चुनाव अपरिहार्य छ । नेतृत्व हस्तान्तरण विवाद  नेपाली राजनीतिमा एक पुस्ताबाट अर्को पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने परम्परा विरलै पाइन्छ । हुन त नेतृत्व हस्तान्तरण गर्दैमा जादुमय विकास हुन्छ भन्ने होइन तर देशमा नेतृत्वमा रहेको पुस्ताबाट सकारात्मक छनक नदेखिएको अवस्थामा नेतृत्व परिवर्तन हुन आवश्यक छ तर यतिवेला पुरानो पुस्ताका नेताहरु आफ्नो त्याग र योगदानको कथा तेस्याएर टिकटका लागि बार्गेनिङ गरिहेका छन् भने अर्कोतिर युवा पुस्ता पुराना पुस्तामा जोश जाँगर मरिसकेको र पुरानो पुस्ताको नेतृत्वका लागि देशले गति लिन नसकेको आरोप लगाउदै आफुहरुले नेतृत्व पाउनुपर्छ भनिरहेका छन् । युवा नेतृत्व नै किन ? युवा नेतृत्व नै किन ? अहिले नेपालका राजनितिक दलहरुलाई युवा नेतृत्व स्थापित गर्दै आधुनिक शिक्षा, सुचना प्रबृद्धि र बौद्धिक युवा जमातलाई नेपालि राजनीतिमा स्थापित गर्ने सुनौलो अवसर प्राप्त भएको छ । स्थानीय ज्ञान, सिप र क्षमता सँगै आधुनिक विकास प्रणालिकाबारेमा युवा ज्ञानको समिश्रणले नेपालको विकास आयामलाई अझ सुढृद पार्ने अवसर युवाहरुलाई दिनु आवश्यक छ । नेपाल नेपालमा युवा नेतृत्व हुनु पर्ने धेरै आधारहरु छन् ।
  •  देशको जनसङ्ख्याको ठुलो हिस्सा युवा पुस्ताले ओगटेको छ । शारिरीक र मानसिक दुबै दृष्टिकोणबाट पनि पुरानो पुस्ताको तुलनामा युवा पुस्तामा काम गर्ने जोश, जाँगर र आत्मविश्वास युवाहरुमा बढि रहेको पाइन्छ ।
  • नेपालका अधिकांश आन्दोलन र परिवर्तनहरुमा युवाहरुको नै मुख्य भूमिका रहेको छ । युवाहरुले नेतृत्व गरेका सबैजसो आन्दोलन र परिवर्तनहरु हरेक दृष्टिकोणबाट सफल पनि भएका छन् ।
  •  राजनीतिमा अहिले नेतृत्वमा रहेका पुस्ताबाट आशातित परिवर्तन र ठूलो उपलब्धी भएको छैन अहिलेको नेतृत्व एक अर्कामा दोषारोपण र नेतृत्व हत्याउने खेलमा नै अल्झिरहेको छ, यसको नकारात्मक असर राजनीतिसँगै देशको आर्थिक, शैक्षिक र सामाजिक क्षेत्रमा परेको छ । त्यसैले यो उपलब्धी विहिन अवस्था र राजनीतिक अस्थिरतालाई अन्त्य गर्नका लागि पनि युवा नेतृत्व आवश्यक छ ।
  • नेपालमा २०५४ साल यता स्थानिय निकाय नेतृत्व विहिन छ । २०५४ सालमा निर्वाचित जनप्रतिनिधिहरु अहिले प्राय ः ५० कटिसकेका छन् उनीहरु शारिरीक र मानसिक दुबै दृष्टिकोणबाट विस्तारै निष्क्रिय हुदैछन भने २०५४ सालमा जन्मेको बच्चा अहिले २० बर्षको लक्का जवान बनिसकेका छन् । यो २० बर्षको अन्तरालमा राजनीतिमा धेरै ठूलो परिवर्तन भइसकेको छ समयले कोल्टे फेरिसकेको छ । विश्व नयाँ दुनियाँमा प्रवेश गरिसकेको छ त्यसैले पुरानो पुस्ताले आफुलाई परिवर्तन अवस्था अनुकुल समायोजन गराउन युवा पुस्ताको तुलनामा धेरै कठिन छ ।
  • युवाहरु सँधै बलिको बोका मात्र बनाइएका छन् । चाहे नेतृत्वलाई जनतामाझ स्थापित गराउन होस चाहे पार्टीलाई सरकारमा पु¥याउन सधै युवाहरु भर्याङ मात्रै बने त्यस्तो परिपार्टीको अन्त्यका लागि पनि युवाहरु नेतृत्वमा आउनु आवश्यक छ ।
  • नयाँ युवा पुस्ता र पुरानो पुस्ताको सोच, विचार, चाहना र काम गर्ने शैलि सबै भिन्न छ नेतृत्व जतिसुकै उदार भएपनि पुरानो पुस्ताले युवा पुस्ताको भावनाको प्रतिनिधित्व गर्न सक्दैन त्यसैले युवा पुस्ताको भावनाको प्रतिनिधित्व गर्नका लागि युवाले मात्रै सक्छ त्यसैले पनि युवा नेतृत्व आवश्यक छ ।
पुरानो पुस्ताको भूमिका के ? युवा पुस्ता र युवा नेतृत्वको वहस गरिरहँदा पुरानो पुस्ता काम नलाग्ने छन् भन्नु होइन तर जो जो व्यक्ति उसको शारीरिक र मानसिक दृष्टिकोणबाट जुन कामको लागि सक्षम छ, उसलाई त्यहि भुमिका दिइयो भने मात्र ऊ सफल हुन सक्छ । पुरानो पुस्तामा जतिसुकै चाहना भएपनि युवाहरुको तुलनामा जोश जाँगर र आत्मविश्वास साथ काम गर्न अलि गाह्रो छ । त्यसैले पुरानो पुस्तालाई फरक भूमिका दिनुपर्छ भन्ने हो असक्षम छन् भन्ने होइन । नेपालीमा एउटा उखान छ बाघ बुढो र स्याल तन्नेरी कहिल्यै हुदैन पुरानो पुस्ता शारीरिक रुपमा जतिसुकै कमजोर भएपनि उनीहरुको सीप र अनुभव युवा पुस्ताका लागि ज्यादै महत्वपूर्ण हुनसक्छन् ।  त्यसैले पुरानो पुस्ताले युवा पुस्तालाई उचित सुझाब र मार्ग निर्देशन गर्दै खराब बाटोमा लाग्नबाट बचाउँदै सहि बाटोमा डोहोर्याउने भूमिका निर्वाह गर्नुपर्छ । [caption id=\"attachment_126985\" align=\"alignleft\" width=\"311\"]\"\" लेखक[/caption] निष्कर्ष भनिन्छ मानिस कहिल्यै पूर्ण हुदैन । राजनीतिमा पनि न त पुरानो पुस्ता पुर्ण छन् न त युवा युस्ता नै पुराना पुस्तामा सीप र अनुभव भएतापनि जोश जाँगर र आत्मविश्वास छैन युवा पुस्तामा जोश जाँगर र आत्मविश्वास भएतापनि अनुभवको कमि छ । यस्तै युवा पुस्ता मतदातासँग पुराना पुस्ताका तुलनामा घुलमिल हुन सकिरहेका छैनन् भने पुराना पुस्ताले युवा पुस्ताका भावनाको प्रतिनिधित्व गर्न सकिरहेका छैनन् । त्यसैले अब देशलाई समृद्धिको यात्रामा अगाडी बढाउनका लागि पुरानो पुस्ताको सीप, अनुभव र युवा पुस्ताको जोश, जाँगर र आत्मविश्वासलाई फ्युजन गराउनु आवश्यक छ । त्यसका लागि पुरानो पुस्ताले सहज रुपमा नेतृत्व हस्तान्तरण गर्दै अभिभावकिय भूमिकामा बस्नुपर्छ र युवा पुस्ता सधैँ गालि गलौज र आलोचनामा अल्झिएर बस्नुको सट्टा नेतृत्व लिनका लागि अघि सर्नुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies