Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

अमेरिकी आक्रमणको सिरियाली विद्रोहीद्धारा स्वागत, अझै गर्न आह्वान

\"\"बेरुत, २५ चैत । सिरिया माथी अमेरिकाले शुक्रबार गरेको आक्रमणको सिरियाको विद्रोहीले स्वागत गरेका छन् । अहिले भएको यो आक्रमण नै पर्याप्त नभएको भन्दै उनीहरुले अझ धेरै आक्रमण गर्न अमेरिकालाई आह्वान पनि गरेका छन् । सिरियाको मध्य भागमा भएको आक्रमण ६ बर्ष लामो द्धन्द्धको अवधिमा भएको पहिलो अमेरिकी आक्रमण हो । “यो एउटा हवाई आक्रमण मात्रै पर्याप्त छैन, जनतालाई लक्षित गरेर यहाँ २६ ओटा हवाई आक्रमण भएको छ,” आर्मी अफ इस्लाम फ्याक्सनका प्रमुख मध्ये एक मोहम्मद अलौसले ट्विटरमा लेखेका छन् । राष्ट्रपति असर अल असदको शासनबाट सिरियाली जनतालाई मुक्त गर्न संपूर्ण विश्व लाग्नु पर्ने उनको भनाई छ । अन्य विद्रोही समुहले पनि अमेरिकी आक्रमणको स्वागत गर्दै सिरियाली शासकविरुद्ध निरन्तर यस्तै हमला गर्न आह्वान गरेका छन् । सिरियाली शासकविरुद्ध क्रुद्ध हुने क्रममा अमेरिकाले ५९ टोमाहक क्रुज मिसाइलले शुक्रबार आक्रमण गरेको छ । सिरियाली शासक बशर अल असद नेतृत्वको सरकारले रासायनिक हतियार प्रयोग गरी सर्वसाधारणविरुद्ध ज्यादति गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा मिसाईल आक्रमण भएको हो । राष्ट्रपति ट्रम्पले न्यायका लागि आक्रमण गरिएको बताएका छन् । अमेरिकाले गत मंगलबार सिरियामा गरिएको रासायनिक आक्रमण गम्भीर भएको र यसको जवाफ त्यही अनुसार नै दिनुपर्ने प्रष्ट पारेको थियो । सिरियाले भने अमेरिकी आक्रमणको भत्सर्ना गरेको छ । आक्रमणमा परी अहिले सम्म ६ जना सिरियाली सैनिक मारिएको सिरियाको सरकारी सेनाले दावी गरेको छ । सिरियाको सरकारी टेलिभिजनले अमेरिकाको आक्रमणलाइ “अमेरिकी उदण्डता” को संज्ञा दिएको छ । रासस/एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies