Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

राज्यपुनःसंरचनामा अहिले सम्मकै ठुलो उपलब्धी : कमल थापा

\"\"नुवाकोट, २३ चैत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राज्य पुनःसंरचना अनुरुपको स्थानीय तहको कार्यान्वयन अहिलेसम्मको सबैभन्दा ठूलो परिवर्तन भएको बताएका छन् । जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज यहाँ निर्देशन दिँदै उनले सात दशकदेखि सञ्चालन हुँदै आएको स्थानीय निकायलाई स्थानीय तहमा रुपान्तरण गरी राज्यबाट प्रवाह गर्ने अधिकांश अधिकारसहितको कार्य क्षेत्रको रुपमा कार्यान्वनयमा आएको राज्यको पुनःसरचना असामान्य र आमूलपरिवर्तन हो भने । उपप्रधानमन्त्री थापाले “हामीले नेपालको इतिहासको राज्य सञ्चालनमा विभिन्न स्वरुपको अभ्यास र अनुभव हासिल गरेका छौ” भन्दै “अहिले परिवर्तन भएको स्थानीय शासन व्यवस्था त्यो रुपमा मात्र होइन, सारमा पनि परिवर्तन भएको छ, यो सामान्य घटना र सामान्य परिवर्तन होइन, एक चमत्कारी घटना हो’ भने। अहिले स्थापना भएका स्थानीय तह स्थानीय सरकारको परिकल्पनास्वरुप संविधानले नै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहितको अधिकार सम्पन्न शासन व्यवस्था सञ्चालनको अधिकार किटान गरेकाले अब मुलुकमा विकासको मूल फुट्ने बताउँदै उनले “अहिले कायम भएका स्थानीय तह स्थानीय सरकारको अवधारणा अनुसार संविधानमा नै अधिकार र कार्यक्षेत्र उल्लेख गरी निर्माण भएका शक्तिशाली संरचना हो, यसलाई नामाङ्कन र सीमाङ्नको रुपमा मात्र होइन, नयाँ नेपाल निर्माणको परिकल्पनाको कोसेढुङ्गा हो’ भने उपप्रधानमन्त्री थापाले राज्य पुनःसंरचना अनुसारको स्थानीय तह कार्यान्वयनको लागि हुन लागिरहेको स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै राजनीतिक र मानसिक दुबै रुपमा यसलाई आत्मसाथ गर्न कर्मचारीलाई निर्देशन दिए । प्रारम्भिक चरणमा केही अन्योल, अस्पष्टता र विरोधआभास पनि हुनसक्छन्, यसलाई ठूलो महत्व र अवसरको रुपमा लिएर त्यसलाई सस्थागत गर्न तर्फ लाग्न उनले आग्रह पनि गरे । सो अवसरमा नुवाकोटका स्थानीय तहमा कार्यरत कर्मचारीले कार्यालय सञ्चालनमा भौतिक संरचना, विकासका न्यूनतम पूर्वाधार बैंङ्किङ तथा वित्तीय व्यवस्थापन, सुरक्षाको बन्दोबस्ती प्रर्याप्त नहुदाँ सेवा सञ्चालनमा समस्या आएको गुनासो गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies