Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

भोगीराजलाई पाँच लाखको मुन्दुम स्कलर्शीप

\"\" काठमाडौं, २३ चैत । लामो समयदेखि मुन्दुमको अनुसन्धान गर्दै आएका भोगीराज चाम्लिङ ‘मुन्दुम स्कलर्शी अवार्ड’द्वारा पुरस्कृत भएका छन् । कोटेश्वस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा एक समारोहको आयोजना गरी ‘मुन्दुम स्कलर्शीप संचालक समिति’ले पाँच लाख रुपैयाँको अवार्ड चाम्लिङलाई प्रदान गरेको हो । बेलायतमा रहेका किरात राईहरु तथा किराती समुदायसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुको अगुवाईमा स्थापित अवार्ड चाम्लिङलाई प्रथम पटक प्रदान गरिएको हो । डा. प्रमोद कोयी, समितिका संयोजक ईश्वर चाम्लिङ, किरात, राई यायोक्खाका उपाध्यक्ष दिवस राई र किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राईले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए । अवार्ड ग्रहण गरेपश्चात भोगीराजले स्कलर्शीपवापत प्राप्त रकमलाई लगानी गर्ने र त्यसबाट आएको नाफाले अनुसन्धानको काम गर्ने बताए । ‘इतिहास, संस्कृतिलगायतका विषयमा जीवनभर अनुसन्धान गर्न म यो रकम प्रयोग गर्नेछु । पाँच लाख रुपैयाँले म पाँच करोड बराबरको अनुसन्धान गर्नेछु’– चाम्लिङ भने । कार्यक्रममा बोल्दै समितिका संयोजक ईश्वर चाम्लिङले भोगीराज चाम्लिङलाई पहिलो पटक प्रदान गरिएको यो स्कलर्शीप मुन्दुमबारे पीएचडी गर्नेहरुलाई हरेक तीन वर्षमा प्रदान गरिने बताए । नेपाली र संस्कृति विषयमा स्नातकोत्तर गरेका चाम्लिङले किरातहीको जीवनदर्शन ‘मुन्दुम’को वैज्ञानिक अध्यन गरिनु जरुरी रहेको बताउँदै आएका छन् । मुनदुममा नै उनी विद्यावारिधिको तयारीमा रहेका छन् । पत्रकारितामा समेत योगदान दिएका चाम्लिङको संकलन तथा सम्पादनमा ‘मुन्दुमः सृष्टि, भाग–१’, मुन्दुमः होसुङ, भाग–२’ तथा उनको लेखनमा ‘जननायक रामप्रसाद राई, माझकिरातको क्रान्तिदेखि सिंहदरबार बिद्रोहसम्म’ लगायतका कृति प्रकाशित छन् । चाम्लिङ माक्र्सवादी दर्शनको अध्ययता तथा विश्लेषकका रुपमा पनि चिनिदैँ आएका छन् । हाल किरात राई चाम्लिङ खाम्बातिम, यूके तथा किरात कोयी÷कोयू सिउरिमेन ची छा छा, यूके सहयोगी संस्थाका रुपमा रहेका छन् भने आगामी दिनमा किरात राई यायोक्खालगायत विभिन्न भाषिक संस्थाहरुलाई सहभागी गराउँदै लगिने आयोजकले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies