Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एमालेको पाँच आक्रमणबाट यसरी बच्यो माओवादी

तत्कालिन प्रचण्ड  नेतृत्व सरकारका अर्थमन्त्री बाबुरामले नै राजश्व चुहावटलाई नियन्त्रण गर्न सफल भएका कारण सरकारले राजश्व धेरै जुटाउन सफल भयो । जसका कारण तत्कालिन माओवादी नेता बाबुरामको जताततै हाइहाइ भयो । तर त्यो साख बाबुरामले धेरै समय टिकाउन सकेनन् । सडकक फराकिलो कारण अन्य पार्टीमा मात्रै होईन बाबुराम आफ्नै पार्टीभित्र पनि आलोचित बनेका थिए ।
०५२ सालमा तत्कालिन माओवादीले जनयुद्ध शुरु गर्दा सायद देशमा यस्ता परिर्वतन हुन्छ भनेर सोचेका मात्रै थिए । रंगिन सपना बुनेर जनयुद्धमा लामबद्ध भए । जनयुद्धका बारेमा विभिन्न टिकाटिप्पणी भयो । कसैले देश र जनताको परिर्वतनको निम्ति युद्धको थालनी गरेको बताउँथे त कसैले आफ्नै परिर्वतनको लागि युद्ध लडेको बताउसमेत भ्याए । परिर्वतनको खातिर हजारौं सहिद भए त हजारौंको अंगभंग पनि भयो, त बाँचेकाहरु देश सञ्चालन गरिरहेका छन् । जसरी एजेण्डा बोकेर माओवादी युद्ध मोर्चामा खट्यो, त्यहि एजेण्डाले नै अहिले देश सञ्चालन भइरहेको माओवादीतिर खुब चर्चा छ । तर सबै एजेण्डा नभएपनि माओवादीका केहि एजेण्डाले देश चलेको चैं पक्कै पनि हो । यो बिचमा माओवादीले निकै आरोह/अबरोह पनि पार ग¥यो । विभिन्न आरोप पनि खेप्न बाध्य भयो । विपक्षिहरुले माओवादीलाई चारैतिरबाट आक्रमण गरिरह्यो ।
माओवादीले सरकारसँग २०५८ सालमा पहिलो शान्ति वार्ता ग¥यो । हालका अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा टोपबहादुर रायमाझि र अग्निप्रसाद सापकोटा गरि तीन सदस्य टोली थियो माओवादीको तर्फबाट । पहिलो शान्ति र्वातामा माओवादीले तीन वटा माग सरकार समक्षसँग राखेको थियो । पहिलो माग ‘गोलमेच सम्मेलन’, दोस्रो माग ‘अन्तरिम सरकार’ र तेस्रो माग थियो संविधानसभाको निर्वाचन ।’ तर माओवादीको उक्त मागलाई आंतककारी भनियो ।
जसरी जनयुद्धमा सरकार र माओवादीबीच आक्रमण हुन्थ्यो त्यो भन्दा अलि फरक प्रकारको आक्रमण भइरह्यो । चाहे त्यो शब्दले नै किन नहोस् माओवादीले बोकेको एजेण्डामाथि प्रहार भइरह्यो । माओवादी माथिको त्यो आक्रमण चुपचाप सहेर जसरी पनि सफल बनाउन बाहेक अरु उपाए थिएन् । बोल्नु भन्दा पनि काम गरेर देखाउनु माओवादीलाई बाध्यता जस्तै थियो । ०५२ सालदेखि माओवादीले शब्दबाट आक्रमण गर्न थालेको नेकपा एमालेले अहिलेसम्म पनि प्रहार गर्न छाडेको भने छैन् । हामीले माओवादीमाथि एमालेको पाँच शब्द आक्रमणको चर्चा गरेका छौं । ‘गुलेली खेलाउन नजान्नेहरु जनयुद्ध गर्ने ?’ त्यसोत नेकपा एमालेले माओवादीलाई जनयुद्धदेखि नै शब्दबाट आक्रमण गर्न शुरु गरेको थियो । माओवादी १० बर्षे सशस्त्र युद्ध शुरु गर्दा एमालेले ‘गुलेली चलाउन नजान्नेहरु बन्दुक बोक्ने कुरा गर्छन्’ भन्यो । शब्दबाट पहिल्यैदेखि प्रहार गरेको एमालेले गणतन्त्र स्थापनासम्म प्रहार गरिरह्यो । हालका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको जनयुद्धमा १० बर्षसम्म चल्यो । १० बर्षकोबीचमा १७ हजार ३ सय सहिद भए । थुप्रै अंगभंग भए । सयौं वेपत्ता भए । तर गुलेली चलाउन नजान्ने संज्ञा दिएको थियो एमालेले । त्यहि गुलेली खेलाउँदा खेलाउँदै गोली चलाउन जान्ने भएका माओवादीले जनयुद्ध सफल बनाइ छाड्यो । हालका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध शुरु बखत भनेका थिए ‘युद्ध लडेर पहरासँग कुइनो जोडेको भरमा सत्ता आफ्नो हुँदैन् ।’ त्यासेत पहरा र छहरासँग खेल्दा खेल्दै माओवादी नेतृत्वदायि भूमिका खेल्नसमेत पुग्यो ।
दैनिक १८ घण्टा लोडसेडिङ भोग्नेहरुले अहिले दैनिक १८ मिनेट पनि लोडसेडिङ देख्न पाएका छन् । अहिले सरकार देशको विभिन्न ठाउँमा लोडसेडिङ अन्त्य गर्दै उज्यालो नेपालको नारा लिएर अगाडी बढेको छ ।
‘संविधानसभाकोे कुरा गर्दा आतंककारी’ माओवादीले सरकारसँग २०५८ सालमा पहिलो शान्ति वार्ता ग¥यो । हालका अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा टोपबहादुर रायमाझि र अग्निप्रसाद सापकोटा गरि तीन सदस्य टोली थियो माओवादीको तर्फबाट । पहिलो शान्ति र्वातामा माओवादीले तीन वटा माग सरकार समक्षसँग राखेको थियो । पहिलो माग ‘गोलमेच सम्मेलन’, दोस्रो माग ‘अन्तरिम सरकार’ र तेस्रो माग थियो संविधानसभाको निर्वाचन ।’ तर माओवादीको उक्त मागलाई आंतककारी भनियो । माओवादीले चाहेको थियो देशमा गणतन्त्र स्थापना होस् । अनि संविधानसभाको निर्वाचन होस् । देशको नेतृत्व गर्ने व्यक्ति जनताले नै चुनेर पठाउन, जसले गर्दा जनताको हितमा काम होस । गाउँ–गाउँबाट जनताले जिताएर जसलाई पठाउँछन् उसैले देश विकासको निम्ति भूमिका खेलोस् भन्ने थियो । तर माओवादीले संविधानसभा र गणतन्त्रको कुरा उठाउँदा एमाले फेरि आतंककारीको विल्ला भिराउन शुरु ग¥यो । त्यसोत माओवादीलाई जनयुद्ध ताका राज्य पक्षले आतंककारी नै भन्थ्यो । तैपनि जनयुद्धमा राज्य पक्षले आतंककारी भन्नु र संविधानसभाको माग गर्दा एमालेले आतंककारी भन्नुमा धेरै फरक छ । तर माओवादीले राखेको माग मध्ये दुई माग पूरा भयो । देशमा अन्तरिम सरकार बन्यो र संविधानसभाको निर्वाचन पहिलो पटक २०६४ सालमा भयो । पहिलो संविधानसभापछि देशको ठूलो दल माओवादी बन्यो । प्रचण्ड र बाबुराम प्रधानमन्त्री त बने तर संविधान घोषणा हुन भने सकेन् । पहिलो संविधासभा तुहिएर देश कर्मचारीको हातमा पुग्यो । जसको नेतृत्व तत्कालिन प्रधानन्यायाधिस खिलराज रेग्मीले सम्हाले । गणतन्त्र स्थापनाको माग गर्दा बयलगाढामा अमेरिका पुगिदैन् त्यसोत माओवादीले गणतन्त्र स्थापनाको पनि माग ग¥यो । तर एमालेलाई माओवादीको उक्त माग पनि सह्य भएन् । र भन्यो ‘बयगलगाढा चढेर अमेरिका पुगिदैन्, जहाज चढ्नुस् ।’ यसरी बारम्वार एमालेको पहिलो नजरमा माओवादी शत्रु बन्यो र शब्द प्रहार गरिह्यो । तर माओवादीले उक्त माग बैठक नै पिच्छे उठाई रह्यो । २०६२÷०६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र घोषणा भयो । जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ । बगयलगाढा चढेर अमेरिका नपुगेपनि काठमाडौं भने माओवादी आइपुग्यो । एमालेको यो आक्रमणबाट पनि माओवादी बचेको छ भन्दा फरक नपर्ला । र, यो माग पनि पूरा गरेरै छाड्यो माओवादीले । ‘स्थानीय सरकारसहित संघियताको माग गर्दा विखण्डनकारी’ सरकार र माओवादीबीच दोस्रो शान्ति वार्ता २०६२ सालमा रोल्पामा भयो । वार्तामा सरकारको तर्फबाट एमाले नेता बामदेव गौतमलगायतका थिए भने माओवादीका तर्फबाट प्रचण्डलगायतका थिए । उक्त शान्ति वार्तामा माओवादीले स्थानीय सरकारसहित संघियताको कुरा उठायो । सरकार र माओवादीबीच १२ बुँदे सहमति भयो । तर एमालेले यहाँ पनि प्रहार गर्ने ठाउँ भेट्यो । माओवादीले स्थानीय सरकारसहित संघियताको माग गर्दा विखण्डकारीसम्म भन्यो एमालेले । संघियता ढाँचामा देश ७ प्रदेशमा विभाजन गरिएको छ । माओवादीले भने जस्तै अहिले सिंहदरवारको अधिकार गाउँ–गाउँसम्म पु¥याउनका लागि प्रचण्ड नेतृत्वको सरकारले आउँदो बैशाख ३१ गतेको लागि स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ । ताकि १९ बर्षदेखि गाउँ जनप्रतिनिधि बिहिन अबस्थामा छ । \"\" ‘लोडसेडिङ अन्त्य गर्छु भन्दा हावादारी’ त्यसोत अहिलेको सरकार देशमा लोडसेडिङ मुक्त गर्ने अभियानमा लागेको छ । काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा लोडसेडिङमुक्त भइसकेको छ । यसका लागि प्रचण्ड नेतृत्वको सरकारको उर्जामन्त्रालय सम्हालेका उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ अहोरात्र खटेका छन् । उनीहरुको खटाईनुसार धेरै ठाउँमा लोडसेडिङमुक्त पनि भएको छ । दैनिक १८ घण्टा लोडसेडिङको मार व्यहोरिरहेका काठमाडौंबासीलाई अहिले ठूलै राहत मिलेको छ । दैनिक १८ घण्टा लोडसेडिङ भोग्नेहरुले अहिले दैनिक १८ मिनेट पनि लोडसेडिङ देख्न पाएका छन् । माओवादीले लोडसेडिङ अन्त्य हुन्छ भन्दा एमालेले हावादारीसमेत भन्न भ्याएको थियो । अहिले सरकार देशको विभिन्न ठाउँमा लोडसेडिङ अन्त्य गर्दै उज्यालो नेपालको नारा लिएर अगाडी बढेको छ । लाग्छ लोडसेडिङ अन्त्य हुँदा कसैले दुःख मनाउनुपर्ने छैन् । र, बुझ्यो माओवादीले पहिलो संविधानसभामा पहिलो शक्तिको रुपमा उदाएको माओवादी दोस्रो संविधानसभा निर्वाचन तेस्रो शक्तिमा झ¥यो । त्यसपछि जनताको हितको लागि काम गर्नुपर्छ भन्ने माओवादीमा एकखाले बहस शुरु भयो । त्यसोत पहिला पनि जनताको हितको लागि कामै नगरे भन्ने होईन् । पहिलो पटक सरकारको नेतृत्व गर्दा काम गर्न नजानेर कांग्रेस, एमालेले घुमाएको प्रचण्ड आफैले स्वीकारेका छन् । दोस्रो संविधानसभा चुनावपछि देश र जनताका लागि गर्नुपर्छ भन्दै लागि परेको माओवादीलाई संविधान जारी हुनअघि संविधान घोषणा गर्न माओवादी चाहेन भन्ने पनि ‘वात’ लाग्यो । त्यसपछि संविधान घोषणा गर्नमा प्रचण्ड र बाबुरामहरु मरिमेटेर लागि परे । बाबुराम त्यतिवेला संबैधानिक समितिका सभापति थिए । असोज ३ गते संविधान जारी भए लगत्तै बाबुरामले माओवादी छाडे । संविधानप्रति बाबुरामहरु असन्तुष्टि भएपनि प्रचण्डलगायतका नेताहरु सन्तुष्टि नै थिए र जारी भयो संविधान । ०६५ साउन ३१ गते प्रथम प्रधानमन्त्री निर्वाचित भएका प्रचण्ड नेतृत्वको सरकारले नेपालको इतिहासमै सबैभन्दा बढी राजश्व संकलन ग¥यो । हाल नयाँ शक्ति पार्टीका संयोजक रहेका डा.बाबुराम प्रचण्ड नेतृत्वको सरकारका अर्थमन्त्री थिए । तत्कालिन प्रचण्ड सरकारका अर्थमन्त्री बाबुरामले नै राजश्व चुहावटलाई नियन्त्रण गर्न सफल भएका कारण सरकारले राजश्व धेरै जुटाउन सफल भयो । जसका कारण तत्कालिन माओवादी नेता बाबुरामको जताततै हाइहाइ भए । तर त्यो साख बाबुरामले धेरै समय टिकाउन सकेनन् । अहिले स्थानीय निर्वाचनको विरोध गर्दा बाबुराम जुन उचाईमा पुगेका थिए, त्यो कायम राख्न सकेनन् । बाबुराम प्रधानमन्त्री हुँदा माओवादी सरकारले काठमाण्डौं उपत्यकामा सडकको मापदण्ड लागू गराएर सडक फराकिला बनाउने काम ग¥यो । सडक फराकिलो बनाएको बिषयमा माओवादीले तालीसँगै गाली पनि भेट्योे । सडककै कारण अन्य पार्टीमा मात्रै होईन बाबुराम आफ्नै पार्टीभित्र पनि आलोचित बनेका थिए । त्यसोत ०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिको शक्तिशाली पराकम्पले करिब घरबास ध्वस्त भएका १४ जिल्लाका भूकम्पपी डितलाई घर निर्माणका लागि अनुदान र ऋण गरी ८ लाख रुपैयाँ दिने घोषणा नै सरकारले गरिसकेको छ । अहिले नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत रहेको छ, यो २४ बर्षपछिकैै उच्च हो ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies