Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

शिक्षामा गुणस्तर र आधुनिकरणका लागि गाउँ–गाउँमा फ्रि वाईफाई !

शिक्षा अर्थात चेतना यसको विकासका लागि नयाँ नयाँ प्रविधिको प्रयोग गर्न आवश्यक छ। विभिन्न खोजमुलक नयाँ जानकारीहरुको साथमा दिएको आधुनिक शिक्षा र हिजो एउटा बन्द कोठा भित्र कालोपाटीमा चकको धुलो उडाउदै दिएको शिक्षामा आकाश जमिनको फरक छ । \"\" आधुनिक शिक्षासंग जोडिएको महत्त्वपूर्ण पक्ष भनेको इन्टरनेट अर्थात वाईफाई नै हो। पछिल्लो चरण नेकपा माओवादी केन्द्रले स्थानीय चुनाबलाई लक्षित गर्दै ल्याएको गाउँ गाउँमा फ्रि वाईफाई भन्ने नारालाई एमाले कांग्रेस लगायतका यथास्थितिवादी पार्टीका नेता कार्यकर्ताहरुले विभिन्न हाँसी मजाकका साथ खिल्लि उडाउँदै समाजिक संजालमा भाइरल बनाइरहेका छन् । कतिले बुझेर पनि आफ्नो दलको हनुमानगिरी देखाउन विरोध गरिरहेका छन भने कतिपयले वाईफाईसंग फेसबुक अनि फेसबुकले निम्त्याएको विकृति सम्झेर विरोध गरिरहेका छन। इन्टरनेट भनेको सामाजिक संजालको प्रयोग गर्नलाई मात्रै हैन। यसलाई सदुपयोग गरेर प्रयोग गर्न सकियो भने शिक्षा क्षेत्रमा राम्रो फड्को मार्न सक्ने अवस्था छ । २०२४ साल देखिको शिक्षा पद्धति अनुसार पठन–पाठन निरन्तरता दिइरहेको हाम्रो देशको शिक्षा पद्धतिले देशमा वेरोजगार युवाहरु जन्माउनु बाहेक अरु केही गर्न सकिरहेको छैन। नेपालमा प्राप्त गरेको शैक्षिक प्रमाणपत्रले छिमेकी मुलुक भारतमा समेत काम नगरेको अवस्थमा युरोप, खाडी मुलुकहरुमा मान्यता पाउछ भन्नु कल्पना बाहिरको कुरा हो। हामी नेपालमा १५,२० वर्षसम्म शिक्षामा जिन्दगी विताएर मास्टर डिग्री गरेका नेपालीहरु विदेशमा शैक्षिकप्रमाण पत्र हैन कामको अनुभवीको आधारमा जागिर खानुपर्छ भने पछि हाम्रो शिक्षा पद्धति कति सम्म कमजोर छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ । शिक्षामा गुणस्तर र आधुनिक शिक्षालाई मध्यनजर गर्दै विशेषगरि दुर्गम बस्तीहरुको युवाहरु शैक्षिक स्तरलाई ध्यानमा राखेर माओवादी केन्द्रले स्थानीय चुनाबको नारा नै गाउँ गाउँमा फ्रि वाईफाई ल्याएको छ। यो नारा सुन्दा अनौठो र अचम्म लागे पनि एकदमै समयसापेक्ष र महत्त्वकांक्षी नारा हो। कतिपयले यि नारालाई विरोध स्वरूप फ्रि वाईफाई हैन युवालाई रोजगारी देउ, भुकम्प पिडितलाई राहत देउ भन्ने जस्तो गुनासोहरु सुन्नमा आएको छ। स्मरण रहोस माओवादी सरकार आउने बित्तिकै भुकम्प पिडितलाई राहत स्वरुप पहिलो किस्तामा ५० हजार र घर बनाउन सुरु गर्नेहरुलाई थप दोस्रो किस्ता दिने व्यवस्था गरिसकेका छन, देश भित्र नै रोजगारी सृजना गर्नको लागि हाइड्रोपावर लगायत बन्द कलकारखाना खोल्ने प्रक्रिया अगाडि बढिसकेका छन । मात्रै मानिसको जिवनमा शिक्षा महत्त्वपुर्ण पाटो र शिक्षाको गुणस्तरमा वृद्धि गर्दै शैक्षिक वेरोजगारीहरु घटाउनको लागि गाउँ गाउँमा फ्रि वाईफाई नारा ल्याएका हुन। शिक्षाको गुणस्तरीय र आधुनिकिकरणको लागि इन्टरनेट एकदमै आवश्यक छ । कम्तीमा पनि प्रत्येक विद्यालयमा इन्टरनेटको सुविधा दिन सक्यो भने त्यो विद्यालयले शैक्षिक गुणस्तरमा ठुलो फड्को मार्न सकिन्छ। आज प्रतिस्पर्धाको जमाना छ । हर कुरामा प्रतिस्पर्धा विना सफलता हात पार्न सक्दैन। एउटा शहरको प्राइभेट विद्यालय र गाउँको सरकारी विद्यालयको शिक्षाको गुणस्तर तुलना गर्नुस् । ं२ मात्रै पास गरेको शिक्षकले पढाउने प्राइभेट विद्यालय र मास्टर गरेको शिक्षकले पढाएको सरकारी विद्यालको शिक्षाको तुलना गर्नुस् किन ठिक उल्टो गुणस्तर प्राप्त हुन्छ रु किन भने गाउँको सरकारी विद्यालयको प्राविधिक पक्ष र व्यवस्थापन पक्ष जिरो छन, जहाँ एसिया कै टप शिक्षक ल्याएर पढाए पनि त्यहाँको शैक्षिक गुणस्तरमा परिवर्तन ल्याउन गाह्रो नै हुन्छ तर एउटा प्राइभेट विद्यालयमा ं२ मात्रै पास गरेको शिक्षकले पढाउदा नि त्यहाँको शिक्षाको गुणस्तर सरकारी विद्यालयको भन्दा कयौं गुणा राम्रो हुन्छ किनभने प्राइभेट विद्यालयमा प्राविधिक शिक्षाको नि अध्यायन गर्ने अवसर पाउछन्। प्राविधिक शिक्षाको लागि इन्टरेनेट जरुरत पर्छन तर गाउँघरको विद्यालयमा त्यो सुविधा पाउदैन। एउटा गाउँबाट सरकारी विद्यालयमा पढेर आउने विद्यार्थीले किन शहरमा पढेका विद्यार्थी संग प्रतिस्पर्धा गर्न सकिदैन त भन्ने विषयको समिक्षा गर्दा गाउँ प्राविधिक शिक्षाको अभावले पछि परेको देखियो । माओवादीले ल्याएको गाउँ गाउँमा वाइफई फ्रि निति पनि यस्तै प्राविधिक शिक्षा मार्फत शिक्षामा गुणस्तर बढाउनको लागि गरेको हो। फ्रिमा नेट चलाएर प्रचण्डलाई फ्रिमा गाली गरोस् भनेर गाउँ गाउँमा वाइफाइ नारा ल्याएको हैन। माओवादी नयाँ सोचहरुको भण्डार हो। त्यसैले हर चिज माओवादीले ल्याएको कार्यक्रम नयाँ नौलो अपत्यारीलो लाग्नु स्वाभाविक हो । माओवादीले गणतन्त्रको नारा लगाउदा ओलीले बयलगाडा देखाए, माओवादीले संघीयताको कुरा उठाउदा बाख्राको टाउकोमा भैसीको सिङ भनेको थियो तर संघीय गणतन्त्र लागु भइछाडे, कुनैबेला कृष्णबहादुर महाराले अब हात हातमा मोबाइल भन्दै गर्दा एमालेकांग्रेसका कार्यकर्ताहरु मरिमरि हाँस्थे । गाउँमा न विजुली छ न के छ मोबाइल ल्याएर कहाँ चार्ज गर्ने, गाउँमा न टावर छ न के छ ? माओवादीको टुप्पिमा झुन्डाएर मोबाइलको टावर आउछ भनेर महराको भनाईको खिल्लि उडाउथे तर गाउँ गाउँमा विजुली र टावर बन्नु पहिले प्रत्येकको हात हातमा मोबाइल आइपुगे, जहाँ इच्छा त्यहीँ उपाय भने झै त्यो बेला एमालेको भनाई विफल बनाइ छाडे, पछिल्लो चरण एमाले कांग्रेसका मन्त्रीहरुले त सार्वजनिक रुपमै अब देशमा दश वर्षसम्म लोडसेडिङ हटाउन सक्दैन भनेर घोषणा नै गरे तर अचानक माओवादी सरकार आयो, कुलमान आयो लोडसेडिङ हटाएर एमालेको भ्रमलाई चिरेरै छाडे। हो यस्तै माओवादीको गाउँ गाउँमा वाईफाई भनेका छन भोली यो पनि पुरा हुन्छ अनि ओलीको सपना भन्दै प्रचार गर्छन। इन्टरनेटको विरोध भन्दा यसको फाइदा के छ भन्ने कुरा विशेष जोड दिनु पर्छ। जिन्दगीको प्रत्येक सवालहरु इन्टरनेटसंग जोडेको छ। गाउँ गाउँमा फ्रि वाईफाइ भनेको गाउँलाई अब शहरिकरण तर्फ लैजाने हो । २१ औ शताब्दीमा एक डोको किताब बोकेर विद्यालय जानु पर्ने अवस्था छ। एउटा विद्यार्थीलाई विद्यालय गएर कसरि पढ्ने भन्दा पनि आफु संग भएको किताब कसरि बोकेर विद्यालय सम्म पुर्याउने भन्ने चिन्ताले मनोबैज्ञानिक रुपमा कमजोर भएको पाइन्छ । यदि विद्यालयमा इन्टरनेटको सुविधा थियो भने उसले वाइफाई मार्फत सबै किताब एउटा ल्यापटप वा ट्यापमा डाउनलोड गरेर पढ्न सकिन्छ, हो माओवादीले गाउँ गाउँमा फ्रि वाइफाईको नारा त्यही कारणले ल्याएको हो। हर कुरालाई नकारात्मक दृष्टिकोणले हेर्नु र सोच्नु पुरातन मानसिकता मात्रै हो। परन्तु हामी यही मानसिकताले विकसित देशहरु भन्दा सय वर्ष पछाडि छौँ । हाम्रो मानसिकतालाई केही हत सम्म भए नि फराकिलो दृष्टिकोणले सोचौं । अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्नको लागि बैज्ञानिक शिक्षा लागु गर्न आवश्यक छ त्यसको लागि प्राविधिक पक्षहरु बलियो हुन आवश्यक छ त्यसैले माओवादीको स्थानीय नारा गाउँ गाउँमा फ्रि वाईफाइको विरोध गर्नुको तुक छैन।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies