Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

आखिर के गर्दैछन् विप्लव ? के छ चुनावी रणनीति ?

\"\"टिप्पणी काठमाडौं, १९ चैत । तत्कालिन माओवादी युद्धताकाका युवा नेता नेत्रविक्रम चन्द ‘विप्लव’ अहिले समाजवाद स्थापनाका लागि भन्दै एक्लै दौडिरहेका छन् । तत्कालिन एनेकपा माओवादीबाट मोहन वैद्य ‘किरण’सँगै छुट्टिएर नेकपा–माओवादीमा रहेका उनी त्याहाँ पनि धेरै दिन टिक्न सकेनन् । ‘वैद्यले पनि क्रान्ति गर्ने छाँट देखाएन्’ भन्दै विप्लवले आफ्नै नेतृत्वमा अर्को पार्टी गठन गरे । ब्राकेट, कोष्ट, ड्यास केही नभएको नेकपा माओवादी उनको नयाँ पार्टी बन्यो । वैद्यबाट फरक रहेको देखाउन उनले ‘एकीकृत जनक्रान्ति’ भन्ने अवधारणा अघि सारे । त्यही अवधारणा अन्तर्गत विप्लवले चन्दा आतंक शुरु गरे । त्यसपछि उनी भ्रष्टाचार र कालाबजारीका विरुद्ध भण्डाफोर र जनकारबाही गर्ने भन्दै अभियान सारे । उनको अभियानको निशाना बन्यो, ठूला ब्यापारी र प्रतिष्ठित घरानाका ब्यक्तिहरु । एनसेलको कर प्रकरण टुंगिएको छैन तर विप्लवको एनसेल निशानाले विश्राम लिएको धेरै भइसक्यो । कालाबजारी र भ्रष्टाचारविरुद्धको विप्लवको अभियानले उपभोक्ता र आम नागरिकले कति राहत पाए अथवा विप्लव हेडक्वाटरले राहत पायो, त्यसको लेखाजोखा हुँदै गर्ला । वैद्य–बादलहरुसँगै दोस्रो संविधानसभा निर्वाचन बहिष्कार अभियानमा विप्लव पनि सँगै थिए । त्यतिबेला निर्वाचनलाई बाहिर ‘सशक्त प्रतिरोध’ भन्ने भित्र ‘सशस्त्र प्रतिरोध’ गर्ने निर्णय नै भएको थियो, पोखरा बैठकबाट । तर पोखरा वैठकको निर्णय कार्यान्वयन नहुँदै विप्लव, वैद्य र बादलबीच भित्रभित्रै धमिरा लागिसकेको थियो । तर पनि विप्लव आफू गुटलाई निर्वाचन बहिष्कारमा सक्रिय ढंगले परिचालन गरेका थिएन । त्यसको परिणाम आफ्नै केही कार्यकर्ताले हातसमेत गुमाउन पुगेका थिए । नेकपा माओवादीबाट ब्राकेटभित्रको माओवादी बनाएका विप्लवले अहिले माओवादी नै हटाएर ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्र राखेका छन् । जुन ऋषिराज कट्टेलको पार्टीको नामसँग मिलेको छ । विप्लवको नेकपा भने अहिले निर्धारित स्थानीय तहको निर्वाचन विथोल्ने अभियानमा लागेको छ । अहिले समाजवाद स्थापनाका लागि स्थानीय चुनाव बहिष्कार गरौं भन्ने उनको नारा छ । ‘कथित स्थानीय चुनाव बहिष्कार गरौं, शान्ति समानता स्वाधिनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापना गरौं’ भन्ने नारा लेखिएको पर्चा पम्पलेटले केही ठाउँमा टाँसिएका छन् भने अधिकांश सामाजिक सञ्जालका भित्ताहरु रंगाइएका छन् । दोस्रो संविधानसभा बहिष्कार गरेका वैद्य भने यतिबेला मोर्चा बनाएर निर्वाचनमा जाने तयारीमा रहँदा विप्लवले निर्वाचन विथोल्ने बताइरहेका छन् । तर निर्वाचन विथोल्ने ल्याकत आफूहरुसँग नभएको स्वयं विप्लवका नेता कार्यकर्ता स्वीकार्छन् । स्थानीय निर्वाचनबाट निर्वाचित हुनेहरु संसदमा पुग्ने पनि होइनन्, उनीहरु स्थानीय तहमै रहेर समाजसेवा गर्ने हुन् । आफ्नो जनसत्ता नै रहेको दाबी गरे पनि विप्लवको जनसत्ता गाउँ वडाहरु भेट्न मुश्किल छ । गाउँमा शिला खोजे झैं खोज्नुपर्ने विप्लवको पार्टीले निर्वाचन विथोल्ने कुरा अहिलेकै अवस्थामा हाँस्यास्पद छ । विप्लवको हैसियत राम्रैसँग बुझेका तत्कालिन युद्धका कमाण्डर प्रधानमन्त्री प्रचण्डले पनि मधेसी दलबाहेक अरुलाई टेरपुच्छर लगाएका छैनन् । निर्वाचनमै आउन खोजेका वैद्यलाई समेत निर्वाचनमा आउने वातावरण बनाउनेतिर नलागेका प्रचण्डको नेतृत्वमा हुन लागेको स्थानीय चुनाव विथोल्ने ल्याकत वैद्यसँग कति छ भन्ने छिट्टै नै थाहा हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies