Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

खोक्रो राष्ट्रवादले देशको हित गर्दैन र हावादारी गफले विकास हुँदैन

[caption id=\"attachment_122757\" align=\"alignleft\" width=\"485\"]\"\" लेखक[/caption] झन्डै ३० तीस बर्षसम्म सत्तामा रमाएका एकथरि धमिराहरु फ़ेरि आफ्नो पुरानै एकात्मक शक्ति हात पार्न यतिखेर दिलो ज्यान दिएर लागेका छन् ।लामो समयको द्वन्द्व, आन्दोलन र हजारौंको बलिदान पश्चात सिंहदरबारमा मात्रै केन्द्रित शासन सत्ता अब गाउँ गाउँमा विकेन्द्रित हुने भएको छ । जनताले सुबिधा र विकासको महसुस गर्दैछन् ।आफ्ना प्रतिनिधिलार्इ आफैंले चुन्ने र स्थानीयतहमा हुने हरेक गतिविधिमा आफैंले भाग लिन सक्ने एउटा एेतिहाँसिक युगको सुरुवात भएको छ । लगभग १९ बर्ष सम्म स्थानीय प्रतिनिधिविहिन भएर विकास निर्माणदेखि हरेक क्षेत्रमा अस्तब्यस्त बनेका निकाय र प्रशासन पुनः सक्रिय हुने भएका छन ।झन्झटिला र साँघुरा ब्यवस्थाको अन्त्य गर्दै स्थानीय स्तरबाट नै जनताले आफ्नो सेवा सुबिधा पाउने अबसर अब प्राप्त हुँदैछ । आज यी र यस्ता परिवर्तन आउनुमा कुनै एउटा सभा र कार्यक्रमको चिल्ला भाषणको देन नभै हजारौं योद्धाहरुको बलिदान र सफल नेतृत्वको योगदान रहेको छ । मौसम तातो नै छ अहिले तर त्यो भन्दा धेरै तात्न थालेको छ नेपालको चुनावी माहोल । तताउन पनि आवस्यक छ, नबुझ्नेलाई बुझाउनु छ नसिक्ने लाई सिकाउनु छ तर इतिहासको यो सुनौलो अवसरमा जनताको अधिकार गलत ठाउँमा प्रयोग हुनबाट रोक्नु छ । कुरा प्रष्ट छ यहाँ कसैले स्वीकार गरौं या नगरौं आज मात्र हैन हिजोलार्इ पनि हेरौं परिवर्तन कहाँ कसरी र कस्को नेतृत्वमा सम्भव भयो भन्ने कुरा अब सबैले प्रष्ट बुझ्न जरुरी छ । आश्वासन र आकर्षणका जतिसुकै ठुला भाषण लगाएपनि ती पुराना धमिरा भनेका ३० औं बर्षदेखि रास्ट्र र जनतालाई लुट्दै आएका अवसरवादी नक्कली रास्ट्रवादी हुन जस्को रुप भित्र र बाहिर निक्कै फरक छ । अब जनताले पनि नजर अन्दाज गर्न पटक्कै मिल्दैन इतिहास अझै मेटिएको छैन । २४० बर्ष देखि दमन र शोषणमा रहेका नेपालीलाई मुक्ति दिलाउँदै गणतन्त्र, संविधान, धर्मनिरुपेक्षता, संघीयता, समानता समावेशीता जस्ता मुद्दा हिजो कसले उठायो र आज कसको नेतृत्वमा सफल हुँदैछ भन्ने कुरा आँखा अगाडि छर्लङ्ग छ । राष्ट्र विखण्डनको आरोप खेपेरै भएपनि आज संघीयतालाई मुर्त रुप दिन सफल भएको छ, हिजो सामान्य कामका लागि पनि सिंहदरबार धाउनुपर्नेहरुलार्इ अब आँगनमै ती सेवा पुर्याइएको छ । एकाधिकार तोडियो राज्यको तल्लो तह देखि माथिल्लो तहसम्म सबैलाई समान सहभागीता गराउँदै लैजाने र उत्पीडित आदिवासी जनजाति लाई आरक्षणको व्यवस्था मिलाउँदै हरेक क्षेत्रमा समान सहभागीता गराउने नीति कहाँ कैले र कसरी कसको नेतृत्वमा सफल भयो भन्ने कुरा पनि अब जनताले प्रष्ट बुझ्न आवस्यक छ। सदियाैंदेखि उज्यालो बेचेर जनता लाई अँध्यारो बाँडिरहेका धमिराहरुलार्इ नष्ट गर्दै नेपालको पानी जनताको लगानी मार्फत बिद्युत उत्पादन लाई बढुवा दिदै अँध्यारो देशलाई केहि महिनामै पुरै झलमल्ल पार्ने को हुन् र तिनका नेतृत्व कसले गरेका थिए भन्ने पनि बुझ्ने बेला अब आएको छ । विदेशमा अलपत्र परेका नागरिकदेखि विकट भेगका जनतालाई सरकारको महसुस गराइ तत्काल राहत पुर्याउने तथा दशकौंदेखि निर्माणाधिन आयोजना लाई तिब्रता दिएर तत्काल जनतालाई विकासको प्रत्याभूति दिलाउने नेतृत्वको पनि पहिचान गर्ने बेला अब आएको छ । अहिले नेपाल र नेपालीको भाग्य अनि भविष्यको यो एउटा अग्नि परिक्षामा रास्ट्रवादका खोक्रा भाषण सुनेर हैन चिल्ला मिठा र ठट्यौली उखान सुनेर हैन चुनौतीसँग लडेर देश र जनतालाइ विकास सँगै अभिभावकत्व बहन गर्नसक्ने पार्टी र नेतृत्व लाई बिजय गराउँ ।यो सुनौलो मौका हो बहकाब र दबाबमा हैन खुल्ला दिमागले सोचेर मतदान गरौं । खुकुरीको धारमा आफ्नो शिर राखेर पनि हरेक परिस्थितिको सामना गर्न सक्ने हिमाल देखि पहाड र तरार्इसम्मका जनतालार्इ रिझाउन र विशेष परिस्थितिमा पनि मध्यस्थता बनि समस्या मिलाउन सक्ने नेतृत्व र पार्टी चयन गरौं । तपाईं हाम्रो एक गल्तीले देशको भबिष्य फ़ेरि अन्धकार नबनोस् । यहाँ भन्नेहरुले चाहे जस्तोसुकै भ्रम छरेपनि अब एक सच्चा रास्ट्रप्रेमी देशभक्ती नेपालीले पलपललाई मुल्यांकन गर्न आवस्यक छ । आफ्नो एकात्मक राज्यसत्ता गुमाउँदाको बियोगमा छट्पटाउदै गरेका नकावधारी रास्ट्रवादीहरुको आश्वासन र भ्रममा हैन आँखै अगाडि देखिएको यथार्थ लाई बुझेर आफ्नो अधिकार प्रयोग गरौं ।लामो संघर्षपछि देश र जनताको भाग्य र भविष्यको फैसला गर्न न्यायाधीशको जिम्मेवारी आफ्नै हातमा पारेका छौं । हामीले गलत निर्णय लिँदा एउटा पार्टी र नेतृत्वले हैन राष्ट्रले नै हार्न र हामी आफैंमा बिलाउनेछौं भन्ने कुरा अन्तर आत्माबाट सबैले मुल्यांकन गरौ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies