Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

मधेस राजनीतिः ओलीलाई झापड, बाबुरामलाई साथ !

\"\"काठमाडौं, १५ चैत । स्थानीय तहको निर्वाचनमा आफ्ना पार्टीको माहोल बनाउन भन्दै नेकपा एमालेले विशेष गरी तराईमा केन्द्रित गरेर कार्यक्रम बनायो । तराई–मधेसलाई केन्द्रित गर्दै एमालेले मेची–महाकाली राष्ट्रिय अभियान घोषणा गरेर काकडभिट्टाबाट अभियानको थालनी गर्यो । अभियानको तेस्रो दिन एमाले अभियान भित्री मधेस छिर्यो । अभियानको पहिलो दिनदेखि नै झापाबाट नै एमालेले मोर्चाको अवरोध झेल्नु पर्यो । तेस्रो दिन सप्तरी आइपुग्दा एमालेले मोर्चासँग प्रतिवाद त गरेन तर एमालेका लागि प्रहरीले प्रतिवाद गर्नुपर्यो । जसका कारण मोर्चाका पाँच कार्यकर्ताले ज्यान गुमाए । त्यसको जस एमालेले नै झेल्नु पर्यो । सप्तरी घटनापछि एमालेले अभियान नै स्थगित गरी दुई नम्बर प्रदेशबाट फिर्ता हुनुपर्यो । सप्तरीबाट फिर्ता भएको एमालेले त्यसको तीन दिनपछि अभियानलाई निरन्तरता त दियो तर २ नम्बर प्रदेश छिर्न सकेन । एमालेले ३ नम्बर प्रदेशको हेटौडाबाट अभियान पुनः सञ्चालन गरी कञ्चनपुर पुगेर अभियानको समापन गर्यो । हरेक जिल्लामा भएको अभियान विथोल्न मोर्चा कार्यकर्ताले बन्द–हड्ताल र कालोझण्डा प्रदर्शन गरे । जुनजुन जिल्लामा कार्यक्रम गरियो, ती जिल्लामा स्थानीय मोर्चाले जिल्ला बन्द गरेर अवरोध पुर्याउन खोजे । एमालेले जस्तै मेची–काली अभियान घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सप्तरी घटनापछि तत्काल अभियान सञ्चालन नगर्ने निर्णय गर्यो । राप्रपाले मधेस अभियान नगर्ने निर्णय गरे पनि आफूलाई बैकल्पिक शक्ति दाबी गरेका पूर्व माओवादी नेता डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले हिमाल–पहाड–तराई–मधेस राष्ट्रिय अभियान चलायो । भट्टराईको शक्तिले कोर मधेसदेखि धनगढीसम्म ६ ठाउँमा कार्यक्रम गर्यो । चैत ९ गते लहानबाट शुरु गरिएको भट्टराईको अभियान, १० गते चन्द्रनिगाहापुर  र बर्दिबास, ११ गते भैरहवा, १२ गते कोहलपुर र १३ गते धनगढीमा कार्यक्रम गरी समापन गरियो । एमालेले मोर्चाको बाधा ब्यवधान र कालो झण्डाको स्वागत पाए पनि नयाँ शक्तिले कुनै अवरोध झेल्नु परेन । बरु मधेसी जनताले भट्टराईलाई स्वागत गरिदिए । भट्टराईको अभियानपछि अन्य दलहरुलाई पनि मधेस छिर्ने आँट बढेको छ । संविधान जारी भएलगत्तै चर्किएको मधेस आन्दोलनताका भने राष्ट्रिय राजनीतिक दलहरु मात्र होइन, अन्य गैरराजनीतिक संघ संगठनदेखि अधिकारवादी संस्थाहरु पनि मधेस छिर्न सकेका थिएनन् । भारतीय नाकाबन्दीपछि कमल थापा नेतृत्वको तत्कालिन रापपा नेपाल र वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले अक्कल झुक्कल मधेसमा कार्यक्रम गरे पनि अन्य दलले आँट गरेनन् । अहिले स्थानीय निर्वाचन घोषणापछि आफूलाई राष्ट्रिय पार्टी दाबी गर्ने दलहरुले मधेसमा ह्वीम फैलाउन खोजेपनि एमालेले जस्तो अझै पनि आँट गर्न सकेका छैनन् । संविधान जारी भएको डेढ वर्षसम्म पनि मधेसवादी दलका मागहरु सम्बोधन भएको छैन । एकाथरीले मधेसीको पूरा हुन नसक्ने माग र अर्काथरीले मधेसीलाई अझै पनि झुलाउने काम मात्रै भएको टिप्पणी गरिरहेका छन् । मोर्चाको माग सम्बोधन गर्न भन्दै संविधानको दोस्रो संशोधन प्रस्तावसमेत अघि सारिए पनि तार्किक निश्कर्षमा पुग्न सकेको छैन । राष्ट्रिय स्तरका मिडियाहरुले भने मोर्चाको असहमतिका बाबजुद पनि जबर्जस्त रुपमा निर्वाचनको माहौल बनाइरहेका छन् । मधेसी जनताहरुसमेत निर्वाचनका लागि आतुर रहेको भावसहितका समाचारहरु धमाधम प्रकाशित हुन थालेका छन् । तर साच्चिकै मधेस निर्वाचनका लागि आतुर रहेको छ कि छैन भनेर हेर्न अर्ब धेरै दिन कुर्नुपर्ने छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies