Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पूर्वराजाको बिँडो सम्हाल्दै घोडाको जात्रा हेरिन् राष्ट्रपतिले (फोटोफिचर)

\"\" काठमाडौं, १४ चैत । विगतका वर्षहरुमा जस्तै यसपाली पनि सोमवार काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले घोडाको कला देखायो । काठमाडौंमा घोडेजात्रालाई विशेष उत्सवकै रुपमा मनाइन्छ । राजमहाराजाहरुले घोडेजात्रालाई उत्सवका रुपमा मनाउने चलन चलाएका थिए । त्यसलाई गणतन्त्रमा पनि निरन्तरता दिइएको छ । घोडेजात्राको दिन टुँडिखेलमा घोडाको कला हेर्न राजधानीका विभिन्न ठाउँबाट मानिसहरुको भीड लाग्थ्यो । त्यही मेला हेर्नकै लागि काठमाडौमा घोडेजात्रामा सार्वजनिक विदा दिने गरिएको थियो । अहिलेको सरकारले पनि अन्य सार्वजनिक विदाहरु कटौती गरे पनि घोडेजात्राको विदालाई भने निरन्तरता दिएको छ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन काठमाडौंमा घोडेजात्रा मनाउने चलन रहिआएको छ । सो अवसरमा नेपाली सेनाले घोडा दौड तथा विभिन्न अश्वकला प्रदर्शन गरेको थियो । \"\"सेनाद्वारा टुँडिखेलमा आयोजित समारोहमा टाँगन घोडा दौड, चार्जर घोडा दौड, भल्टिङ एनड एक्रोब्याटिक्स, क्याभल्री राइड, क्रस टेन्ट पेगिङ, हर्स बल, म्युजिकल राइड, क्रस कन्ट्रीलगायत अश्वकला प्रदर्शन गर्यो । सदाझैं नेपाली सेनाले टुँडिखेलमा घोडा दगुराएर सोमवार कला देखायो । अश्वकला हेर्न विगतमा उपस्थित हुने राजा महाराजाजस्तै यसपाली राष्ट्रपति, उपराष्ट्रपति उपस्थित भए । \"\"प्रधानमन्त्री प्रचण्ड भने चीन भ्रमणमा गएका कारण उनी उपस्थित भएनन् । साता ब्यापी चीन भ्रमणमा गएका प्रचण्डले बरियता विवादले गर्दा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी नदिँदा उपप्रधानमन्त्रीहरु टुँडिखेल गएनन् । प्रधानमन्त्री नगएपछि टुँडिखेलमा प्रधानमन्त्रीको सिट खाली थियो । घोडाको जात्रा हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, प्रधानसेनापति राजेन्द्र क्षेत्री भने उपस्थित थिए । \"\"घोडा दौडमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गरेकी थिइन् । सिंहदरबारस्थित सेनाको ‘श्री नेपाल क्याभलरी’ युनिटले प्रत्येक वर्ष घोडेजात्राका अवसरमा घोडा दौड तथा विभिन्न अश्वकला प्रदर्शन गर्दै आएको छ । विसं १९०६ मङ्सिर ७ गते ‘रिसल्ला’ नामबाट स्थापित क्याभलरीले स्थापनाकालदेखि नै विभिन्न राजकीय तथा सैनिक समारोह र उत्सव गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies