Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

संविधानसभा बहिष्कार गरेको वैद्य माओवादी स्थानीय निर्वाचनमा होमिने

\"\"काठमाडौं, १४ चैत । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) आगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा होमिने भएको छ । पछिल्लो राजनीतिक घटनाको कारण आगामी वैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन हुन नसक्ने निश्कर्ष निकालेको क्रान्तिकारी माओवादीले निर्वाचन भएको खण्डमा उपयोग गर्ने निश्कर्षमा पुगेको हो । तर यसको औपचारिक निर्णय भने सोमवारदेखि शुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकले गर्ने भएको छ । सोमबारदेखि काठमाडौको पुरानो बानेश्वरस्थित ओमशान्ति पार्टी प्यालेसमा शुरु भएको विस्तारित वैठकमा अध्यक्ष मोहन वैद्य ‘किरण’ले आगामी निर्वाचनको उपयोग गर्ने निश्कर्षसहितको राजनीतिक प्रतिवेदन पेश गरेका छन् । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनबारे निर्णय गर्नकै लागि विस्तारित बैठक शुरु भएको र वैठकले मंगलबारसम्ममा निश्कर्ष निकाल्ने पार्टी प्रवक्ता हरिभक्त कण्डेल ‘प्रतिक’ले बताए । ‘निर्वाचनमा भाग लिने कि नलिने, लिने भए कसरी जाने र नलिने भए कसरी अघि बढ्ने भन्ने बैठकले निर्णय गर्छ’, प्रवक्ता कण्डेलले भने, ‘वैठकमा अध्यक्षबाट डकुमेन्ट प्रस्तुत भएको छ, भोलि (मंगलबार) यसबारे निर्णय हुन्छ ।’ देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट निर्वाचनमा होमिने निक्र्योलमा पार्टी पुगेको छ’, क्रान्तिकारी माओवादीका एक केन्द्रीय नेताले भने, ‘अध्यक्षको डकुमेन्ट पनि निर्वाचनको उपयोग गर्ने भावका साथ आएको छ ।’ पहिलो संविधानसभापछि तत्कालिन एनेकपा माओवादीसँग अलग भइ गठन भएको नेकपा–माओवादीले दोस्रो संविधानसभा निर्वाचनको सशक्त बहिष्कार गरेको थियो । अहिले माओवादी केन्द्रमा रहेका रामबहादुर थापा ‘बादल’ समूह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पनि दोस्रो संविधानसभा बहिष्कारकाबेला सँगै रहेका थिए । छुट्टै पार्टी चलाएका विप्लवले घोषित स्थानीय तहको निर्वाचन पनि बहिष्कार गर्ने घोषणा गरिसकेको छ भने बादल समूह माओवादी केन्द्रबाट निर्वाचनमा होमिसकेको छ । निर्वाचनबारे निर्णय गर्न केन्द्रीय सल्लाहकार, क्रान्तिकारी माओवादीले  जिल्ला इन्चार्ज तथा संयोजक, जनवर्गीय संगठन तथा मोर्चाका अध्यक्ष तथा संयोजकसहितको विस्तारित बैठक बोलाएको हो । झण्डै तीन सय जना सहभागी विस्तारित बैठक निर्वाचनबारे निर्णय गर्दै मंगलबार सकिने जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies