चीनका लगानीकर्तासँग प्रचण्डले भने– ढुक्क भएर लगानी गर्नुस, नेपालीले साथ दिन्छौं
चैत्र १४ गते, २०७३ सोमवार 27th March, 2017 Mon१२:२७:०४ मा प्रकाशित
बेइजिङ, १४ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनता नेपालको विकासका लागि दृढ निश्चयी रहेको बताएका छन् ।
चीनमा आयोजित “लगानीका अवसरबारे राउण्ड टेबल छलफल” विषयका कार्यक्रममा विशेष अतिथिका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल लगानीको उर्बर भूमि भएकोले लगानीका लागि आव्हान गरे ।
नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसलाई अझै उचाईमा पुर्याउनुपर्ने बताए । नेपाल र चीन भूगोल, संस्कृति र व्यापारका क्षेत्रमा लामो इतिहास बोकेका छिमेकी भएको बताउँदै प्रचण्डले यो सम्बन्धलाई अझै विकास गर्न नेपालमा लगानी गर्नुपर्नेमा जोड दिए । नेपालमा लगानीसम्बन्धी भएको सम्मेलनमा चीनको लगानी प्रतिबद्धता ६१ प्रतिशत रहेको बताउँदै प्रधानमन्त्रीले यसलाई मूर्तरुप दिन थप प्रतिबद्धताका लागि समेत आव्हान गरे ।
चीनले व्यापार, विकास र आर्थिक क्षेत्रमा गरेको अभूतपूर्व विकासबाट छिमेकी देश नेपालले लाभ लिन सक्ने बताउँदै प्रचण्डले नेपालमा लगानीका माध्यमबाट दुई देशबीचको सम्बन्ध झन उचाईमा पुर्याउन सकिने विश्वास व्यक्त गरे । “तपाईहरुले चीनलाई संसारको दोश्रो ठूलो आर्थिक शक्तिकारुपमा विकास गर्नु भएको छ । यसले हामीलाई पनि विकासको पथमा अघि बढ्न उत्प्रेरणा दिएको छ । छिमेकीको नाताले चीनको यो विकासबाट लाभ लिने चाहना स्वभाविक हो ।” प्रचण्डले भने ।
नेपाल प्राकृतिकरुपमा धनी र श्रोतसाधन सम्पन्न देश भएकोले यो लगानीका लागि उर्बर भूमि भएको उनले बताए । “नेपालका जनताहरु विकासका लागि दृढ निश्चयी छन्, राजनीतिक दलहरु पनि आर्थिक समृद्धिका लागि एकबद्ध छन्, आउनुस् लगानी गर्नुस” प्रचण्डले भने ।
प्रचण्डले नेपाल जलश्रोतका धनी देश भएकोले जलविद्युत, कृषि, पर्यटनलगायतका क्षेत्रमा चिनियाँ लगानीमा जोड दिए । नेपालमा श्रम मूल्य न्यून भएको, लगानीका लागि उदार नीति भएको, राज्यले लगानी भित्र्याउने उपयुक्त वातावरण बनाएको बताउँदै प्रचण्डले नेपाल र लगानी गर्ने दुबैलाई समान लाभ हुने र दुबैले जित्ने ढंगले लगानीको वातावरण भएको बताए । “चीन र नेपालको सीमाक्षेत्रमा सेवा प्रवाह गर्न समेत दुबै देशले निकै प्रयास गरेका छन्, पर्यटनका क्षेत्रमा चिनियाँ योगदान उल्लेख्य छ, अन्य क्षेत्रहरुमा पनि ‘विन–विन’ अवस्था हुने गरी लगानी गर्ने वातावरण छ ।” उनले भने ।
नेपालमा पोखरा, भैरहवा, बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढेको बताउँदै प्रचण्डले चिनियाँ लगानीकर्तालाई ढुक्कसँग लगानी गर्न आव्हान गरे । उनले भने, “नेपाल सरकार तपाईहरुको लगानी सुरक्षित गर्न प्रतिबद्ध छ । ढुक्क हुनुस, तपाईको लगानी सुरक्षित हुन्छ । आउनुस् लगानी गर्नुस् ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: