Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

निर्वाचनमा पुनःनिर्माणको विषय उठाउँदै गाउँ पसे राजनीतिक दल

\"\"काभ्रेपलाञ्चोक, १४ चैत । काभ्रेपलाञ्चोकमा राजनीतिक दल गाउँगाउँ पसेपछि स्थानीय तहको निर्वाचनमा पुनःनिर्माणको विषयले उच्च प्राथमिकता पाएको छ । स्थानीय तहको निर्वाचनका लागि चुनावी माहोल बनाउन गाउँ पसेका राजनीतिक दलका लागि पुनःनिर्माणको विषय चुनावी नारा जस्तै भएको नेकपा माओवादी केन्द्र काभ्रेपलाञ्चोकका अध्यक्ष दीनानाथ गौतमले जानकारी दिए । ‘‘पुनःनिर्माण कहिले हुन्छ, कसरी हुन्छ, किन हुँदैन भनेर गाउँमा जनताले प्रश्न गरिरहेका छन्’’ – उनले भने । अध्यक्ष गौतमले पुनःनिर्माणको अनिवार्य आवश्यकता भएपछि स्थानीय तहको निर्वाचनका लागि जनतामा उत्साह देखिएको उल्लेख गर्दै जिल्लाको गाउँपालिका र नगरपालिकामा वडा भेला जारी रहेको बताए । नेकपा एमाले जिल्ला अध्यक्ष टोकबहादुर वाइवाले पुनःनिर्माणको विषयले स्थानीय तहको निर्वाचनमा उच्च प्राथमिकता पाएको उल्लेख गर्दै जनताको अवस्था गाउँमा दयनीय भएको बताए । उनले जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा भेला, प्रशिक्षण र बैठक जारी रहेको जानकारी दिँदै वालिग मताधिकारलाई प्रयोग गर्न जनतालाई आग्रह गरिएको बताए । नेपाली काँग्रेसका उपसभापति अच्युत पौडेलले स्थानीय तहको निर्वाचनमा गाउँ जाँदा पुनःनिर्माणको विषय उच्च प्राथमिकताका साथ उठ्ने गरेको उल्लेख गरे । उनले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन लक्षित विभिन्न बैठक, भेला प्रशिक्षण जारी रहेको उल्लेख गर्दै जनतालाई निर्वाचनको महत्वबारे जानकारी गराइएको बताए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकरप्रसाद पोखरेलले निर्वाचन लक्षित विभिन्न कार्यक्रम तीव्र भएको उल्लेख गर्दै चैतको अन्तिम साताबाट मतदाता शिक्षा सञ्चालन गरिने जानकारी दिए । प्रमुख राजनीतिक दलसहित राप्रपा नेपाल, मजदुर किसान पार्टी, जनमोर्चा नेपाल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलगायतका साना दल पनि निर्वाचनका लागि गाउँगाउँ पुगेका छन् । निर्वाचन कार्यालयमा दर्ता भएका २५ राजनीतिक दलमध्ये काभ्रेपलाञ्चोकबाट ११ वटा दल संसद्मा प्रतिनिधित्व गर्छन् । जिल्लाको पुनःसंरचनाअनुसार काभ्रेपलाञ्चोकमा सात गाउँपालिका र छ नगरपालिका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies