Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यसरी राष्ट्रघात गर्नेहरु अहिले कसरी राष्ट्रवादी हुन सक्छन् ?

नेपालमा राष्ट्रियताको बहस बारम्बार चर्चामा आउने गर्दछ। जुन बहस सत्तामा छँदा सेलाउने र प्रतिपक्षमा छँदा उत्कर्षमा पुराउन खोज्ने नेपालका राजनितिक दल र नेताहरुको पुरानै पबृति हो । यसपालि पनि राष्ट्रियताको बहस निकै चर्चामा छ । मलाई लाग्छ राष्ट्रियता भनेको जनताको मन र मस्तिष्क मा सदा रहिरहनुपर्ने बिषय हो । जुन सर्बसाधारण जनताको हकमा लागू भयपनि दुर्भाग्य नै भनौ नेतृत्वकर्ताको हकमा लागू हुन सकेको छैन । नेपालमा राष्ट्रियताको बहस चल्दै गर्दा नेपालको राजनितिक ईतिहासलाई पनि सम्झनुपर्ने हुन्छ । नेपालमा विभिन्न शासकहरुले राज्यसत्ता चलाउँदै आए । कहिले राणाहरुको नाममा राणा शासन त कहिले प्रजातन्त्रको नाममा पन्चेहरुले तथा प्रजातन्त्रकै नाममा राजनितिक दलका नेताहरुले राज्यसत्ता चलाईरहे । राणाकालीन शासनको अन्त्य एवम् प्रजातन्त्रको उदय सँगै सत्ताको स्वादमा रमाउनेहरु सत्ता टिकाउन तथा सत्तामा टासिइरहन भारत सँग असमान सन्धि सम्झौता गर्दै जाने परम्पराले निरन्तरता पाउन थाल्यो । हामीलाई त्यति पुरानो ईतिहास खोजिराख्नु पर्ने अवस्था छैन । हाम्रै जिबित पुस्तालेनै देखेका र भोगेका ईतिहास कोट्याउँदा नै काफि हुन्छ । छिमेकि रिझाउने र आफ्नो शासन सत्ता टिकाउने नाममा नेताहरुले छिमेकि भारतसँग राष्ट्रघाति सम्झौता हरु गर्न पछि परेनन्। [caption id=\"attachment_122082\" align=\"alignleft\" width=\"250\"]\"\" लेखक[/caption] ०११ बैशाख १२ गते मातृकाप्रसाद कोईरालाले भारतसँग कोशी सम्झौता गरे । कोशी सम्झौताकै कारण भारतले नेपाली भुमि सिंचाइको नाममा , नेपाली भुभागमा पर्ने कोशी नदिमा बाँध बाँध्यो । बर्षायाममा जहिले पनि उक्त कोशी सम्झौताका कारण एक लाख बढि नेपालिहरुले दुख पाईरहेका छन् । ०१६ मंसिर १९ गते तत्कालीन प्रधानमन्त्री विपि कोईरालाले गण्डक सम्झौता गरे । नेपालको पानिमा सबै अधिकार भारतको हुनेगरि गरिएको सम्झौता नेपालको हितमा हुने त कुरै भएन । सँगै विपिले कालापानिमा भारतिय सेना तैनाथ राख्ने सम्झौता गर्न समेत पछि परेनन् । तत्कालीन समयमा राजालाई कमजोर पार्न असम्भव देखि राजतन्त्रको आडमा सत्तामा पुग्ने रणनिति बनाएर उनले राजासँग मेलमिलापको कुरा उठाए भने उता भारतसँग पुन शान्ति सेना र हतियार सम्बन्धि सम्झौता गरे र उनले राष्ट्रधाति सम्झौतालाई निरन्तरता दिदैँ गए । नेपालको राजतन्त्र कमजोर पार्ने नाममा भारतिय हस्तक्षेपलाई निम्ता दिने कोईरालालाई नै मानिन्छ । ईतिहास साक्षी छ , यो घटनासँगै भारतिय हस्तक्षेप बैधानिक रुपमा भित्र्याउने काम विपि कोईरालाले गरे । ०४६ सालपछि नेपालको राजनितिमा सबैभन्दा बढि राष्ट्रधाति सम्झौता भारतसँग काङ्ग्रेस नेता गिरिजाप्रसाद कोईरालाले गरे । टनकपुर सम्झौता , जुन राष्ट्रधाति सम्झौता भन्दै अन्तर्राष्ट्रिय मुद्दा हाल्ने तयारिसमेत भएको थियो । ०५० जेठ ३ मा मदन भण्डारिको हत्या सँगै उक्त मुद्दा सेलाएर गयो। त्यस्तै गिरिजाप्रसाद कोईराला र सुशील कोईरालाले माथिल्लो कर्णाली , पश्चिम सेती परियोजना र अरुण तेस्रो जस्ता सम्झौताहरु गरे । जुन सन्धिअनुसार ती नदिनालामा अबदेखि नेपालिको कुनै पनि किसिमको अधिकार हुने छैन । अहिले पनि भारतले पुर्व मेचि नदि देखि पश्चिम को महाकालि नदि सम्म २० वटा भन्दा बढि बाँध अन्तरास्ट्रिय नियम बिपरित नेपालको स्वीकृति बिना बनाई सकेको छ ।जुन राष्टघाति महाकाली सन्धि अन्तर्गत पर्छ । जसको अगुवा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन् । उक्त सम्झौतामा गिरिजा , केपि , माधवकुमार र शेरबहादुर देउवाको पनि प्रमुख भुमिका रहेको थियो । जुन सम्झौता ०५३ असोज ४ गते मध्यरातमा सम्सदबाट अनुमोदन गरिएको थियो ।जनताको बिरोधका बाबजुत सत्तारुढ दल नेपाली काङ्ग्रेस , राप्रपा , नेपाल सद्भावना पार्टी र तत्कालिन प्रमुख प्रतिपक्षि दल नेकपा एमाले को समर्थनमा पास गरियो ।बिशेषत केपि ओलि र माधब नेपालको प्रमुख भुमिका रहेको थियो । संदमा उक्त सन्धि पास गराउन संसद किन बेचमा करोडौको खेल भएको कुरा सुन्नमा नआएको पनि होईन । बरु हस्ताक्षर नगर्न बमदेव गौतमले नेतृत्व गरे जसमा साहना प्रधान , सिपि मैनालि , राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुले भने नेकपा माले गठन नै गरे । बावुराम भट्टराई , पुष्पकमल दाहाल प्रचण्ड , मोहन बैधय , मोहनबिक्रम लगायतका नेताहरुले बिरोध गरे । जुन राष्ट्रघति सम्झौता आज नेपालिको मुटुको काँडा बनेको छ । बरु एमालेले मेचिमहाकालि यात्रा गर्दा ती डुबान क्षेत्र र २० भन्दा बढि बाँधहरु आफ्ना कार्यकर्तालाई देखाउन भ्यायो कि भ्यायन भगवान जानुन् । राष्ट्रवाद र राष्ट्रियता ब्यबाहारले देखाउछ चर्का भाषणले होइन । यसरी आफ्नो सत्ता र शक्तिको स्वार्थ पुर्तिको नाममा राष्ट्रिय हित बिपरितका सन्धि सम्झौताहरु गरिन्छन् । र बिगतमा गरिएका गल्तीहरु स्विकार नगरि तिनै आज आएर राष्ट्रियताको मुद्दा उठान गर्छन् भने जनताले कुन आधारमा बिस्वास गर्ने । अब हामी जनताहरुपनि सचेत र जागरुक हुन जरुरि छ । ईतिहास पल्टाउन जरुरि छ । देश भन्दा ठूलो राजनितिक दल हुनै सक्दैन । देश भन्दा नेता ठुला हुनै सक्दैनन । देशभन्दा हामिहरु ठुला हुनै सक्दैन । त्यसैले कसैको पुच्छर हुनुभन्दा पहिले देशलाई छातिमा राखेर अघि बढौ । अनि मात्रै हामी स्वाभिमानी ठहरिनेछौ अनि मात्रै हाम्रो राष्ट्रियता रहनेछ। अनि मात्रै हाम्रो देश रहनेछ । देश रहेपो हामी नेपाली रहनेछौ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies