Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जिल्लामा यसरी हुँदै छ निर्वाचन तयारी

\"\"काठमाडौं, १४ चैत । प्रदेश नं. ५ का जिल्लामा स्थानीय तहको निर्वाचनका लागि मतपत्र र मतदाता परिचयपत्र छपाइको काम भइरहेको छ । मतदाता शिक्षा र प्रशिक्षण कार्यक्रम सञ्चालनको तयारी पनि भइरहेको छ । अाजको नयाँ पत्रिकामा खबर छ– निर्वाचन आयुक्त सुधीरकुमार शाहका अनुसार देशका आठ स्थानमा मतदाता शिक्षाका लागि क्षेत्रीय स्तरका प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन भएका छन् । यसपछि जिल्ला स्तरमा प्रशिक्षण हुने उनले बताए । नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, रोल्पा, प्युठानका निर्वाचन कार्यालयका प्रमुखसहित ३१ जना सहभागी प्रशिक्षण कार्यक्रममा सहभागी हुन आयुक्त शाह बुटवल आएका हुन् । आयुक्त शाहका अनुसार शुक्रबारसम्मा १२ जिल्लाका लागि मतपत्र छपाइको काम सम्पन्न भइसकेको छ । छपाइको काम तीव्र रूपमा भइरहेको छ । त्यस्तै, मतपत्रमा कुनै जिल्लाका लागि कम चिह्न प्रयोग हुने र कुनैमा बढी हुने भएकाले सातवटा समूहमा मतपत्र छपाइएको छ । उनले निर्वाचनको तयारीका क्रममा आयोगले मतपेटिका खरिदको प्रक्रिया अगाडि बढाएको पनि जानकारी दिए । रुपन्देहीमा यस्तो छ तयारी रुपन्देहीमा निर्वाचन कार्यालयले दुई सय ६ वटा मतदानस्थल कायम गर्ने सिफारिस आयोगमा पठाएको छ । ती स्थलमा पाँच सय १६ भन्दा बढी मतदान केन्द्र रहने जिल्ला निर्वाचन प्रमुख हुमनाथ गौतमले जानकारी दिए । संविधानसभा दोस्रो निर्वाचनमा जिल्लामा तीन लाख ८८ हजार मतदाता थिए । एउटा मतदान केन्द्रमा आठजनाका दरले चार हजारभन्दा बढी कर्मचारी खटिने गौतमले बताए । नवलपरासीमा यस्तो छ तयारी नवलपरासीमा १५ वटा मधेसी दलसहित ३२ दल दर्ता छन् । त्यस्तै, दुई सय ३५ मतदानस्थलमा चार सय ९० केन्द्र तय भएका छन् । जिल्लामा तीन लाख ७६ हजार पाँच सय ८४ मतदाता छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीका अनुसार जिल्लामा निर्वाचन नै भाँड्नेखालका कुनै पनि गतिविधि भएका छैनन् । जिल्लामा मतदानस्थल तय गर्न बसेको बैठक भने मधेसी दलले बहिस्कार गरेका थिए । अर्घाखाँचीमा पनि तयारी तीव्र जिल्लामा मतदानस्थल तय गर्ने काम सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत महेश पाण्डेले जानकारी दिए । उनका अनुसार जिल्लामा एक सय ८० केन्द्र कायम हुने भएका छन् । अर्घाखाँचीमा एक लाख ३२ हजार चार सय २१ मतदाता छन् । यहाँ तीन गाउँपालिका र तीनवटै नगरपालिका छन् । जिल्लामा १३ वटा दल दर्ता भएका छन् । प्रत्येक मतदान केन्द्रमा ५ जनाका दरले ९ सय कर्मचारी परिचालन हुने पाण्डेले बताए । निर्वाचनको तयारीका लागि गर्नुपर्ने कामलाई तीव्रता दिइएको उनले बताए । निर्वाचनको तयारी तीव्र कपिलवस्तु/जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्रता दिएको छ । मतदान केन्द्रहरू सिफारिस गरी स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाएको कार्यालयले जनाएको छ । मतदाता नामावलीलाई पनि अन्तिम रूप दिई स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाइएको जिल्ला निर्वाचन अधिकृत ज्ञानहरि घिमिरेले जनाए । दल दर्ता सम्पन्न भइसकेको र निर्वाचनमा खटिने जनशक्ति विवरण अद्यावधिक भइरहेको उनको भनाइ छ । मतदाता शिक्षा निकट भविष्यमै सञ्चालन गर्ने उनले बताए । निर्वाचनका लागि जिल्लामा २६ राजनीतिक दल दर्ता भएका छन् । मधेसी मोर्चा आबद्ध दल पनि निर्वाचन कार्यालयमा दर्ता भएका छन् । जिल्लामा दुई सय ३३ मतदान केन्द्र रहने गरी सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकृत घिमिरेले बताए । रुकुम स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लाका मुख्य राजनीतिक दल चुनाव प्रचारप्रसारमा जुटेका छन् । दलहरूका कार्यक्रमले गाउँ चुनावमय बनेका छन् । प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्र प्रचारमा जुटेका हुन् । कांग्रेस र माओवादी केन्द्र गाउँ पसिसकेका छन् भने एमाले आन्तरिक तयारीमा छ । चुनावको तयारीका लागि जिल्ला कमिटीको बैठक बसिरहेको र त्यसको निर्णयका आधारमा चुनावलक्षित गतिविधि सञ्चालन गर्ने प्रचार विभाग उपप्रमुख कर्णबहादुर ओलीले जानकारी दिए । पार्टीको सम्पूर्ण शक्तिलाई चुनावमा केन्द्रित गरेको र आफ्नो पार्टी पहिलो बन्ने पोलिटब्युरो सदस्य तथा जिल्ला संयोजक गोपाल शर्मा अनलले दाबी गरे । कांग्रेसले पनि चुनावमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेको छ । पछिल्लो समय जिल्लामा कांग्रेस बलियो बनेका कारण स्थानीय चुनावमा पहिलो हुने जिल्ला सभापति प्रेमप्रकाश ओलीको दाबी छ । ठूला दलबीच चुनावलाई लक्षित गर्दै पार्टी प्रवेश गराउने होडबाजी चलेको छ । कार्यकर्ता भेला, सम्मेलनलगायतका गतिविधिबाट जिल्लाका राजनीतिक दलले फरक पार्टीमा रहेकालाई आफ्नो पार्टीमा प्रवेश गराउने अभियानै थालेका छन् । पार्टी प्रवेश गराउनेमा माओवादी केन्द्र पहिलो पंक्तिमा देखिएको छ । उसले स्थानीय चुनावको तयारी थालेदेखि हालसम्म अन्य पार्टीका ६ सयलाई पार्टी प्रवेश गराएको दाबी गरेको छ । पार्टी प्रवेश गराउनेमा दोस्रो स्थानमा रहेको कांग्रेसले अहिलेसम्म पाँच सयलाई प्रवेश गराएको बताएको छ । औपचारिक चुनावी तयारी नथाले पनि एमालेले एक सय ५० लाई पार्टी प्रवेश गराएको दाबी गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies