Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

तीन वर्षदेखि शव साउदीमा अलपत्र

\"\"काठमाडौं, १४ चैत । चितवन खैरहनी नगरपालिका–१३ का सोमप्रसाद सिलवाल पाँच वर्षअघि ड्राइभिङ भिसामा रोजगारीका लागि साउदी अरब गएका थिए । उनको भिसाअनुसार दुई वर्ष काम सकेर नेपाल फर्किन एक महिना समय बाँकी थियो । आजको नयाँ पत्रिकामा खबर छ– एक दिन साँझ सोमप्रसादसँगै चितवनकै टीकाराम सापकोटा र प्युठानका सतिउल्लाहले मियाँ सँगै बसेर मदिरा सेवन गरे । अन्य रिसइबी के थियो खुल्न नसके पनि त्यो मध्यरात प्युठानका सतिउल्लाहले सोमप्रसादको हत्या गरेर मध्य मरुभूमिमा लगेर जलाए । तीनैजना ड्राइभिङ भिसामै साउदी पुगेकाले सतिउल्लाहले आफ्नै गाडीमा राखेर सोमप्रसादको शव मरुभूमि लगेका थिए । सो घटनामा चितवनका टीकारामको पनि सहयोग रहेको अनुसन्धानबाट खुलेपछि दुवैजना जेल सजाय कटाइरहेका छन् । आगामी असारमा सोमप्रसादको हत्या भएको तीन वर्ष पूरा हुन्छ । हत्या भएको तीन वर्षसम्म पनि सोमप्रसादको शव नेपाल ल्याउन सकिएको छैन । सोमप्रसादका दाजु नवराज सिलवाल भाइको शव नेपाल ल्याउन अहिलेसम्म धेरैपटक पहल गर्दा पनि नसकेको गुनासो गर्छन् । भाइको हत्याबारे दाजु नवराज भन्छन्, ‘घरमा बुढा बाआमा छन् । भाई नेपाल फर्किन एक महिना बाँकी थियो । नेपाल आएपछि उसको विवाह गरिदिने सोच थियो । उतै हत्या गरिदिए ।’ तीन दाजुभाइमध्ये कान्छा सोमप्रसादको हत्या भयो भने माइला वैदेशिक रोजगारीकै लागि अहिले दुबई गएका छन् । जेठा नवराज चितवनकै एक विद्यालयको गाडी चलाएर गुजारा चलाउँछन् । नवराज भन्छन्, ‘अहिलेसम्म हिन्दू परम्पराअनुसार कुनै काजकिरिया गर्न सकिएन । तीन वर्षदेखि हामीले कुनै चाडपर्व मनाएका छैनौँ ।’ सोमप्रसादको जलेको शरीरका केही हड्डी मात्रै संकलन गरेर साउदीको अस्पतालमा राखिएको छ । सोमप्रसाद हत्याको मुद्दा साउदी अदालतमा विचाराधीन छ भने हत्याका मुख्य अभियुक्त प्युठानका सतिउल्लाह र चितवनकै टीकाराम अहिले साउदी जेलमा छन् । साउदी अदालतको फैसलाअनुसार अहिले पीडक र पीडित पक्षले ब्लडमनी (हत्यापछि पीडित पक्षले पाउने क्षतिपूर्ति रकम) का लागि सहमति जनाएका छन् । पीडित र पीडक पक्ष दुवै नेपाली भएकाले ब्लडमनी लिन र दिन सहमत रहेको पत्र केही दिनअघि मात्रै मृतक सोमप्रसादका दाइ नवराजले कन्सुलर सेवा विभागमार्फत साउदी पठाएका छन् । अदालतले ब्लडमनी रकमबारे केही नबोलेकाले अहिले नै आफूले पाउनुपर्ने रकम दाबी नगरिएको मृतकका दाजु नवराजले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies