Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कांग्रेसमा अर्को लफडा, पौडेलको निर्णयको विपक्षमा कोइराला !

\"\" काठमाडौं, १३ चैत । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसमा फेरि अर्को लफडा शुरु भएको छ । लामो समयपछि आइतबारदेखि शुरु भएको पार्टीको केन्द्रीय कार्य समिति बैठकले कार्यसम्पादन समिति मनोनयन गरेपछि विवाद शुरु भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसँगको सहमतिमा नै महाधिवेशनमा निर्वाचित मतका आधारमा गरिएको बरियताअनुसार २२ जनालाई कार्य सम्पादन समितिमा राख्न प्रस्ताव गरेका थिए । पौडेलको सहमतिमा भएको प्रस्ताव कार्यसमिति बैठकले अनुमोदन पनि गर्यो । २९ सदस्य कार्य सम्पादन समितिमा ७ सदस्य भने पदेन चयन हुने ब्यवस्था विधानमा भएकाले २२ जनाको अनुमोदन गरिएको थियो । तर त्यसरी गरिएको बरियताले पौडेल पक्षकै नेताहरु रुष्ट भएका छन् । पौडेल पक्षका नेता डा. शेखर कोइरालाले पार्टीभित्र छुट्याइएको नेताहरुको वरियताक्रमबारे प्रश्न उठाउँदै बैठकमा असहमति जनाएको कांग्रेस स्रोतले जनाएको छ । सानेपास्थित विपी स्मृति भवनमा आइतबारदेखि शुरु भएको केन्द्रीय कार्य समिति बैठकमा बोल्दै कोइरालाले हचुवाका भरमा नेताहरुको वरियता तोकिएको भन्दै आक्रोश पोखे । निर्वाचन परिणामअनुसार शेखर कोइराला २२ जनाभित्र नअटाएपछि विवाद चुलिएको हो । उनले आफू भन्दा जुनियर साथीहरुलाई सिनियर दर्जा दिएको भन्दै रुष्ट भएका छन् । यसले पौडेल खेमामा भूकम्प गएको छ । कोइरालाले पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भन्दा खुमबहादुर खड्का वरिष्ठ भएको भन्दै उनलाई आठौं नम्बरमा राखिएकोमा पनि प्रश्न उठाए । कोइराला भन्दापछि केन्द्रीय सदस्य भएकाहरुे वरियता र कार्यसम्पादन समितिमा परेपछि नेताहरु रुष्ट भएका हुन् । असन्तुष्ट नेताहरुले बरियताको मापदण्ड गलत भएको तर्क गरेका छन् । कोइरालाले महाधिवेशन भएको एक वर्ष भइसक्दा पनि पदाधिकारी र केन्द्रीय सदस्य मनोनित, विभाग गठन लगायतका महत्वपूर्ण काम गर्न नसकेकोबारे पनि नेतृत्वको आलोचना गरे । यो पनि पढ्नुस् ः

देउवा सभापति भएको बर्ष दिनपछि कार्यसम्पादन समिति गठन (नामावलीसहित)

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies