Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

मोर्चाका नेताहरुको नयाँ प्रस्तावः मधेसका सबै दलबीच एकता गरौं

\"\"सप्तरी, १३ चैत । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले पार्टी एकताको प्रस्ताव अघि सारेका छन् । सप्तरीमा आइतबार आयोजित श्रद्धाञ्जली सभामा मोर्चाका नेताहरुले पार्टी एकतामा जोड दिएका हुन् । मोर्चाका अधिकांश नेताले पार्टी एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिए । दलहरुबीच संयुक्त मोर्चा बनाएर पनि चुनाव लड्न सकिने बहसकाबीच मधेसी मोर्चाका नेताहरुले सँगै मिलेर जानुपर्ने प्रस्ताव अघि सारेका छन् । श्रद्धाञ्जली सभामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले पार्टी एकताको प्रस्ताव गरे । मधेसी दलहरु एक भएर अघि नबढ्दासम्म मधेसको अधिकार प्राप्ती नहुने भन्दै उनीरुले पार्टी एकतामा जोड दिए । श्रद्धाञ्जली सभामा मोर्चाका सबै शीर्ष नेताहरुको उपस्थिति थियो । अशोक राई नेतृत्वको जनजाति पार्टीसँग एकता गरी बनेको संघीय समाजवादी पार्टीले नयाँ शक्ति पार्टीसँग पनि कार्यगत एकता गर्दै आएको छ । तर फोरम अध्यक्ष उपेन्द्र यादवले भने एकताबारे केही बोलेनन् । उनले मधेसको अधिकारका लागि आफूहरु निरन्तर लड्ने प्रतिवद्धता जनाए । उनले शहीदको सपना खेर जान नदिने पनि उल्लेख गरे । उनले शान्तिपूर्ण, अहिंसात्मक आन्दोलनका पक्षपाती रहे पनि शान्तिपूर्ण बाटोबाट अधिकार नपाए हतियार समेत उठाउन सक्ने चेतावनी समेत दिए । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सरकारले गरेको निर्वाचनको कुरा बिनासुरको बाँसुरी भएको बताए । उनले सरकार र प्रमुख प्रतिपक्षी एमाले एउटै तरिकाले अघि बढेको भन्दै आलोचना गरे । यस्तै, सद्भावना अध्यक्ष महतोले एमालेलाई मधेशमा बहिष्कार गर्नुपर्नेमा नै जोड दिए । सप्तरीको राजबिराजमा एमालेको मेची महाकाली अभियानका क्रममा प्रहरीले चलाएको गोली लागेर मोर्चाका पाँच कार्यकर्ता मारिएका थिए । मृतकका सम्झनामा मोर्चाले आइतबार सामुहिक रुपमा शोकसभा गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies