Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भेडा बनेर गोठाला छान्ने कि नागरिक बनेर नेता छान्ने !

अर्कोतिर अहिले देखिएका उपलब्धिहरु प्राप्त गर्नका लागि रुपान्तरणको अभियानमा लागेका योद्धाहरुको रगत र भावनात्मक सम्बन्ध जोडिएको छ । हिमाल, पहाड, तराई, मधेसको भावना संविधानसँग जोडिएको छ । ताप्लेजुंगको थेवे दाई दार्चुलाको सार्कि बाको भावना र वलिदानी यसै संविधानको अन्र्तयमा लुकेको छ । तराईका थारु, मधेसका मधेसी, काठमाण्डौको च्यामे देखी हिमालका शेर्पाको भावना र रगतको सम्बन्ध यसै संविधानसँग जोडिएको छ । 

शान्तिपुर्ण आन्दोलनबाट नेपाली समाजका आवश्यकताहरु राज्यद्धारा सम्बोधन हुने नदेखेपछि ०५२ मा माओवादी पाटीलेजनयुद्धलाई नेपाली शासन व्यावस्था विरुद्धको राजनीतिक बाटो बनायो, तत्कालिन माओवादीका ४० शुत्रिय माग भित्र दुई वटा उद्धेश्य थिए, पहिलो सामन्ति राज्य व्यावस्थाको अन्त्य गर्दै राजनितिक क्रान्ति सम्पन्नगर्ने र दोश्रो राज्यको दलाल र सामन्तवादीचरित्र भएको अर्थतन्त्रको अन्त्य गर्दै आधुनिकि आर्थिक क्रान्तिको बाटोबाट समुन्नत राष्ट निर्माण गर्ने । ठयाक्कै तत्कालिन माओवादीले भनेको जस्तो जनवादी राज्य व्यावस्थालाई संस्थागत गर्न नसके पनि माओवादी आन्दोलनको पहिलो उद्धेश्य उपलब्धिको रुपमा स्थापित भएको छजनताले चुनेको संविधानसभा र संविधानसभाबाट संविधान घोषणा अहिलेको महत्वपुर्ण उपलब्धि हो । संविधान सभामा, दलाल, भ्रष्ट, देश बेचुवाहरु र राजनीतिक दलालको बाहुल्यता हुदा पनि संविधान सभामाबाट घोषितसंविधानले वैज्ञानिक समाजवादको दिशा तय गरेकोले संवैधानिक व्यावस्था सार–संग्रहजस्तो देखिएपनि माओवादी आन्दोलनले देखेको सपना र नेपाली समाजको अर्थपुर्ण राजनीतिक उपलब्धि हासिल गरेको छ । लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दल र व्यावस्थालाई न्यायीक निरुपण गर्ने न्यायाधिस जनता हुन, कस्तो पार्टीलाई स्वीकार्ने, कुन व्यवस्था मान्ने, आफ्नो नेता कस्लाई छान्ने, भन्ने निर्णय जनताले गर्छ । तर जनतामा राजनीतिक निर्णय लिन सक्ने चेतनाका उच्चतम विकास भएको खण्डमा जनताले राजनीतिक नेता चुन्छन भने, जनताको चेतना स्तर नै विकास नभएमा जनता आफु भेडा बन्छन र राजनीतिक नेतृन्व गोठाला प्रवृति भएका प्रतिनिधिी चुन्छन, दलालको प्रभावमा पर्छन, विखण्डनकारीको जालमा पर्छन, षडयन्त्रकारीको जालमा पर्छन, जसको परिणाम गलत राजनैतिक सस्कारको विकास हुन नसकेर समाज राष्टले निकास र विकास पाउन सक्दैन । २१ शताब्दिका सचेत नेपाली नागरिक, यो शताब्दिमा पनि विश्व राजनीतिमा नयाँ प्रयोग गर्ने क्षमताराखेका नेपाली जनता, संघर्षबाट एजेण्डाहरु स्थापित गराउन सक्ने सचेत नागरिकले अहिलेको नेपाली समाजमा देखिदै गरेको अवशरवादी राजनीति पाटी र नेता, विखण्डनकारी नेतृत्व र संगठनहरुलाई चिन्ने वेला बल्ल आएको छ । माओवादी नेता कार्यकर्ताले गर्भका साथ जनतालाई बहसमा ल्याउनु पर्छ संघिय लोकतान्त्रिक गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशि संविधान कस्का मुद्धा हुन ? जनताले गर्भान्वित हुदै निसंकोच अन्र्तमनले भन्ने छ, तब जनताले भन्ने छ स्यावास ! माओवादी पार्टी र योद्धाहरु तिमीहरुले देखाएको सपना साकार हुदैछन । संविधानसभा मार्फत संविधान घोषणा भएको छ, केहि दलाल जनप्रतिनिधिहरु शासक मानसिकता भएका पार्टीका नेताहरुको निकृष्ट व्यावहारले हाम्रो संविधानमा विभिन्न समुदायका रिर्जभेशनहरु रहेकै छन् । तर माओवादीले सवै समुदायका अधिकारहरु सुरक्षित गर्ने एजेण्डालाई पनि सँग–सँगै अगाडी लिनुपर्छ ।
माओवादीसँग ठुलो आशा राखेको पक्कै हो, पहिलो संविधानसभा हुदै दोश्रो संविधानसभासम्म पुग्दा जनताले माओवादी प्रति अविश्वास देखाउनुको प्रमुख कारण यहि हो । तर जनतालाई माओवादी आन्दोलन र नेतृत्वको दायित्व संविधान सभा मार्फत सामन्तवादी राज्य चरित्र फेर्दै आधारभुत तहका नागरिकहरुको अधिकारहरु सुरक्षित गरेको प्रमाणलाई प्रमाणित गर्नुपर्ने जानकारी जनतालाई गराउन नसक्दाको परिणाम माओवादी प्रति जनताले शंका गरे । जे होस अहिले जनताले बुझेका छन माओवादी आन्दोलनको मुख्य दायित्व अधिकारसहितको संविधान निर्माण गर्दै देशलाई निकास दिनु थियो भन्ने कुरा ।
हामी चुनौतीपुर्ण संविधान कार्यान्वयनको चरणमा छौ । प्राप्त उपलब्धिहरु दलाल राजनितिज्ञ र एनजिओका नाममा राजनीति गर्ने दलालहरुलाई र आफुलाई शासक हुँ सोच्ने सामन्तवादी चिन्तन भएका भरौटेका नाईकेलाई पचाउन गाह्रो भएको छ । अर्कोतिर अहिले देखिएका उपलब्धिहरु प्राप्त गर्नका लागि रुपान्तरणको अभियानमा लागेका योद्धाहरुको रगत र भावनात्मक सम्बन्ध जोडिएको छ । हिमाल, पहाड, तराई, मधेसको भावना संविधानसँग जोडिएको छ । ताप्लेजुंगको थेवे दाई दार्चुलाको सार्कि बाको भावना र वलिदानी यसै संविधानको अन्र्तयमा लुकेको छ । तराईका थारु, मधेसका मधेसी, काठमाण्डौको च्यामे देखी हिमालका शेर्पाको भावना र रगतको सम्बन्ध यसै संविधानसँग जोडिएको छ । तर अहिले नेपाली राजनीतिक उपलब्धिहरुलाई राजनीतिक अवसरवादी संगठनले आफ्नै योगदानले भएको र उसले चाहेको नेपाली जनताले मान्नु पर्ने निर्देशात्मक ढंगको निकृष्ट राजनीतिक गतिविधि गर्दै छ । तर जनताले बुझेको छ, नेपाली राजनीतिमा कुन पार्टीको हैसियत र योगदान के हो ? भन्ने कुरा एमाले जस्तो अवसरवादी राजनीतिक दल र कांग्रेसजस्तो परम्परावादी चिन्तन भएको राजीैतिक पार्टीहरुले अहिलेको उपलब्धिलाई अन्र्तमनले स्विकार्न सकेको छैन । प्रश्न गर्न सकिन्छ के पी ओली ज्यू ? वर्तमान नेपाली समाजले संविधान सभामार्फत प्राप्त गरेका उपलब्धिहरु गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशिता माओवादी मुद्धाका बारेमा अहिले जनतासँग कुरा गर्न लाज लाग्दैन ? के पीको बयलगाडामा आएका उपलब्धि हुन र यी ?के पीको अन्र्तमनमा यो प्रश्नको उत्तर के होला ? जान्न मन छ, अहिले संस्थागत भएका मुद्धाका विरुद्ध नेतृत्वको टाउकाको मुल्य तोक्ने लफ्फाजीको अन्तर्यमा यो प्रश्नको उत्तर के होला ? जान्न मन छ । तत्कालिन शासकको नजरमा राजनीतिक हैसियत गुमाएका नजरबन्दीहरुको अन्र्तयमा यी प्रश्नका उत्तरहरु के होला ? जान्न मन छ । अहिलेका प्राप्त उपलब्धिलाई स्विकार्ने सबैै नागरिकले निसंकोच माओवादी पार्टी र नेतृत्व स्विकार्नै पर्छ किनभने यी सवै माओवादी पार्टीको मुद्धाहरु स्थापित उपलब्धि हुन, यी उपलब्धि माओवादी नेतृत्वको योगदान हो, माओवादी अभियानका योद्धाहरुको बलिदानीको प्राप्ति हो, यी सवै उपलब्धिसँग सिंगो माओवादी पार्टी र नेपाली समाजको रगतको सम्बन्ध जोडिएको छ । [caption id=\"attachment_124462\" align=\"alignleft\" width=\"319\"]\"\" लेखक[/caption] नेपाली राजनीतिमा दलाली गर्न जन्मिएको एमाले जस्तो अवसर वादीहरुको समुह, पार्टीले राज्य सत्तामा हिस्सेदारी खोज्न राजालाई दाम चढाउने, देशको श्रोत र साधनहरु बेच्ने, राष्ट्रिय भावनामा विखण्डन गर्ने काम गरे । नेपाली जनतालाई राम्रोसँग थाहा छ एमालेको असली नियत के हो । नेपाली जनताले बुझनै पर्छ अहिलेका उपलब्धिहरुको रक्षा र विकासको श्रेय माओवादीलाई जान्छ र दिनुपनि पर्छ । संघियताको सहि प्रयोग, जनतालाई थप अधिकार प्रत्ययोजनलाई विश्वाशिलो पार्दै अगाडी बढ्नका लागि अहिलेको आवश्यकता माओवादी केन्द्र हो, उन्नत किसिमको नयाँ माओवादी शक्ति केन्द्र हो, एकिकरण सहितको माओवादी हो, प्रचण्ड, बाबुराम, बैद्य, बादल र विप्लव सहितको नेतृत्वको हो, यसका लागी माओवादी पार्टीका नेताहरुको विवेकले विवेक पुर्ण निर्णय लिने कि नलिने जनताको चाहनासँग जोड्ने कि नजोड्ने, उपलब्धिहरु माथी समग्र माओवादी घटकहरुले पुर्ण स्वामित्व लिने कि नलिने ? माओवादी फुट्नुको औचित्य जनताले खोजिरहेका छन् । आउ फेरी एक पटक माओवादी पार्टी बनाउ दलालहरुलाई, विखण्डनकारीहरुलाई, अवसरवादीहरुलाई, देश बेचुवाहरुलाई दण्डित गरौ !

माओवादीको विभाजनले देशले हार्छ, दलालहरुले जित्छन

अहिले हिजोको जस्तो उर्जा भएको न माओवादी पार्टी छ नेतृत्व, माओवादीका नाममा विभिन्न राजनीतिक झुण्डहरु जन्मिएका छन । कोहि नयाँ शक्तिको नाममा ढोल पिट्दै त कोही एकिकृत जनक्रान्तिको नयाँ गित गाउँदै हिडे पनि सवै कमजोर र निरिह छन । माओवादी विभाजनले कसैलाई पनि बलियो बनाउन सकेको छैन भने कसैले माओवादी विभाजन के का लागि पुष्टि गर्न पनि सकिरहेका छैन्न, माओवादी आन्दोलनका मुद्धाहरु सस्थागत भएको बेला अव यी उपलब्धिहरुको प्रभावकारी कार्यान्वयनका लागि पहिलो संविधान सभाको चुनावको जस्तै माओवादी चाहिएको छ, मनमा कालो मैलो नभएको माओवादी चाहिएको छ, अहिलेको स्थानिय निकायको चुनावमा जनताले माओवादी पार्टीसँग गरेको आशा यहि हो । जनताको यो आशालाई माओवादी घटकहरुले उर्जामा बदल्ने वा निराशामा । जनतालाई थाहा छ नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा माओवादी पार्टी भन्दा अरु कुनै शक्तिले गर्न सक्दैन, माओवादी राजनीतिले स्थापित गरेका मुद्धाहरुको सहि प्रयोग माओवादीले गर्न जरुरी छ । माओवादी कमजोर हुदा सवै परिवर्तन पक्षधरहरु कमजोर बनेका छन । सुकुम्वासीहरुको आशा हराएको छ, शहिद तथा वेपत्ता परिवारहरु निराश बनेका छन । मधेशी थारु जनजाति दलित महिला सवै निरास र कमजोर बनेका छन । सवैको मनोवल कमजोर बन्दा हिजो यिनै उपलब्धिप्रति पुर्वाग्रहित चिन्तन राख्नेहरु बलियो बन्दै गएकाछन राजनीतिक अवसरका लागि स्थापित भएका नाईकेहरुले माओवादी आन्दोलनका उपलब्धिहरु कब्जा गर्ने स्थिति सृजना हुदै गएको छ । यी महान उपलब्धि प्रति उपेक्षा प्रचण्ड, वैद्य, बाबुराम, वादल, विप्लव कसैले पनि गर्न मिल्दैन कोहि पनि माओवादी घटक यी उपलब्धिको एक डिग्री पनि दायाँ–बायाँ जान सक्दैन्न । त्यसैले माओवादी आन्दोलनसँग जोडिएका प्रत्येक व्यक्तिले एक पटक विरताको ईतिहास सम्झने बेला आएको छ । माओवादी भित्र देखिएको व्यक्तिवादी चिन्तनको मन्द विषलाई पखाल्ने बेला आएको छ र एक विशाल माओवादी, नयाँ माओवादी, नेपाललाई आवश्यक माओवादी बनाउने बेला आएको छ । विशाल माओवादी जन्मिन प्रचण्ड, वैद्य, बाबुराम एक ठाउमा आउनै पर्छ, देश र जनताका खातिर त्याग गर्न जिम्मेवार माओवादी नेतृत्व तयार हुनुपर्छ । ऐतिहासिक मुद्धा उठाउन सक्ने माओवादी पार्टी, नेपाली माटोमा क्रान्तिलाई सम्भव तुल्याउने माओवादी नेतृत्वले बर्तमान उपलब्धिहरुको पुर्ण स्वामित्व लिएर नयाँ विधि प्रणाली र संरचना भएको पाटी बनाउन नसक्ने प्रश्नै उठ्दैन, जनतामा गर्भका साथ जान नसक्ने प्रश्नै आउदैन, बरु माओवादी आन्दोलनबाट विचलित बाबुराम, र नेपाली राजनीतिक धरातल भन्दा बाहिरको कुरा गर्ने विप्लवले असन्तुष्टिहरुलाई थाति राख्दै अगाडी बढ्ने प्रेरणा मिलोस । तिम्रो बलिदानीले स्थापित भएका मुद्धाहरुलाई खुलेआम कसैले बलात्कार गर्दा तिम्रो मन दुख्नु पर्छ, यी विभत्स क्रियाकलापका विरुद्ध, एक जुट हुदै अबको स्थानिय चुनावमा जाऔं । होईन भने राजाको पाउमा दाम हाल्नेहरु र गणतन्त्र र संघियतालाई बयलगाडासँग तुलना गर्नेहरु आफ्नो स्वामित्वमा लिन खोज्दैछन र गणतन्त्र संघियता प्राप्त भएकोमा गर्भ गर्दैछन । यसै मुद्धालाई प्रतिबन्ध लागाउनेहरु सत्ता सहयात्री बनेका छन । जे होस हिजो माओवादीहरुले उठान गरेका मुद्धाहरु संस्थागत हुनु प्रमुख उपलब्धि हो । ज्ञानेन्द्रका नगरबन्दिहरु जो हिजो माओवादीहरुले गणतन्त्र, संघियताका मुद्धा उठाउँदा आतंककारी देख्ने, विखण्डनकारी देख्नेहरु आज आफ्नै मुद्धा हुन भन्दै मेची महाकाली अभियान गर्दैछन कहिले संघियतालाई स्विकार्न नसकेर अधिकार प्रत्यायोजनमा शासक जस्तो व्यावहार देखाउदैछन । समय फेरिएको छ, धरातल, भावना र परिवेशहरु फेरिएका छन सम्बन्धहरु फेरिएका छन, हिजोका प्रतिक्रान्तिकारीहरु क्रान्तिका मसिहा बन्न खोज्दैछन, क्रान्ति नायकहरु निरिह बनेका छन, क्रान्तिकारी उर्जालाई यो भन्दा घाटा अरु के हुन सक्छ । स्यालहरुले सिंह माथी रजाई गर्ने आँट गरिरहेका छन । हो शान्ति प्रक्रियापश्चात माओवादी आन्दोलनमा विचलन आयो गुट–उपगुटहरुको जन्म भयो, पार्टी फुट्यो विभिन्न पार्टीहरु बने, साना–साना राजनीतिक झुण्डले माओवादी आन्दोलनलाई कमजोर बनायो तर राजनीतिको महासागरमा हराउनेभन्दा अरु केही उपलब्धि हुन सकेन, तर पनि हिनताबोध होईन गर्भ र विरताको इतिहास फेरि लेख्ने वेला आएको छ । माओवादी आन्दोेलन छेद्ध–विच्छेद्ध हुदा पनि देशले माओवादीका मुद्धामा राजनीतिक उपलब्धिहरु हासिल गरेको छ । मुल नेतृत्वले आफु सिद्धिएर भए पनि उपलब्धिहरुको रक्षालाई संस्थागत गर्ने आट गर्दा सिंगो नेतृत्वमा मतभेदहरु देखिए । यसले माओवादी आन्दोलनलाई सिद्ध्याउन खोज्नेहरुलाई फाईदा भयो तर सिंगो उत्पिडितहरुको आन्दोलनलाई, दलितलाई, महिलालाई, मधेसीलाई, जनजातिलाई, चैन हुन सकेको छैन । यति मात्र होईन माओवादी आन्दोलनको विभाजनले बैद्य, विप्लव, बाबुराम, बादल, प्रचण्ड कमजोर बनाएको छ । यसको परिणाम हिजो माओवादी आन्दोलनलाई आफ्नो स्वर्णिम जिवन देख्नेहरु, आन्दोलन भित्रै सपना देख्नेहरु, सामन्तवादी सत्ताको विरुद्धको लडाईको मोर्चामा मृत्युलाई जिवन देख्ने प्रचण्डका कार्यकर्ताहरु, बाबुरामका कार्यकर्ताहरु, विप्लवका कार्यकर्ताहरु हुन वा बैद्यका कार्यकर्ताहरु हुन सवै योद्धाहरुको मनोवल कमजोर भएको छ । इतिहास जन्माउने युग पुरुष हो । तिमी विभाजित भएर न तिम्रो भलो हुन्छ, न नेपाली जनताको त्यसैले माओवादीका मुद्धाहरु स्थापित गर्न आउ मिलाउ फेरी हाम्रा हातहरु, सबैै फाटेका मनहरु फेरि सिलाउ यसपाली सिलाएकै दौरा सलावार लगाऔ । हामी बलियो बने जनगणतन्त्रसम्मको यात्रा सफल हुनेछ, संगठन र नेतृत्व बलियो बनाउ होईन भने शेयरको जंगलमा स्यालले राज गरे जस्तौ हुने छ हाम्रो देश ।

 माओवादीलाई दिएको एक भोटले व्यवस्था फेरियो

नेपाली समुदायले माओवादीसँग ठुलो आशा राखेको पक्कै हो, पहिलो संविधानसभा हुदै दोश्रो संविधानसभासम्म पुग्दा जनताले माओवादी प्रति अविश्वास देखाउनुको प्रमुख कारण यहि हो । तर जनतालाई माओवादी आन्दोलन र नेतृत्वको दायित्व संविधान सभा मार्फत सामन्तवादी राज्य चरित्र फेर्दै आधारभुत तहका नागरिकहरुको अधिकारहरु सुरक्षित गरेको प्रमाणलाई प्रमाणित गर्नुपर्ने जानकारी जनतालाई गराउन नसक्दाको परिणाम माओवादी प्रति जनताले शंका गरे । जे होस अहिले जनताले बुझेका छन माओवादी आन्दोलनको मुख्य दायित्व अधिकारसहितको संविधान निर्माण गर्दै देशलाई निकास दिनु थियो भन्ने कुरा । जनताले माओवादी दिएको भोट खेर गएको भन्ने भ्रममा परेका जनताहरुले मओवादी प्रति विश्वास गर्दैछन । जे हो माओवादीलाई दिएको भोटले नेपालको सामान्तवादी चरित्र भएको व्यावस्था र संविधान फेरेको छ । जे होस मओवादीलाई दिएको एक भोटले देशमा धेरै ठुलो परिवर्तन भएको छ ।

जनतालाई प्रश्न भेडाको गोठालो छान्ने वा नागरिकको नेता

अहिलेको स्थानिय तहको चुनाव पहिले गा.वि.स. मा ठुलाबडाहरुले आफ्नो राजनीतिक स्वार्थ पुर्ति गर्ने र त्यसैमा भ्रष्टचार गर्दै आफ्ना सिमित समुहको राजनीतिक स्वार्थ पुर्ति गर्ने माध्यम बनाउदै देश लुट्नका लागि हुने निर्वाचन होईन जसको प्रयोग एमाले कांगे्रस जस्ता परम्परागत विचार बोकेका पार्टीहरुले प्रयोग गरि सकेका छन् । यति मात्र होईन यिनिहरुले कल्पना बनाएको स्थानिय तहमा क्षमता परिक्षण पनि भई सकेको छ । ०५४ को स्थानिय चुनावमा भाग लिएका राजनीतिक दलहरुले यो चुनावलाई पनि त्यसै गरि बुझेका छन् र्। हामीलाई थाहा हुनुपर्छ ०५४ को जिल्ला विकासमा ५ जना महिला थिए अहिले करिव महिलाको स्थानिय तहमा ज्ञारेण्टि कसले गर्दै छ । स्थानिय तहको चुनावमा जनताले विवेकको प्रयोग गर्दै जनताको आवाज बोल्ने पार्टी र समाजको यर्थातलाई बुझेको नेतृत्वलाई साझा उम्मेद्धवार बनाउनु पर्छ । भेडा बनेर गोठाला छान्ने होईन बरु सचेत र विवेकशिल नागरिकको पहिचान दिदै नागरिकको सवल र सक्षम नेतृत्व चयनमा लागौ । राजनीतिक स्वार्थ पुर्तिका लागि देशलाई द्धन्द्धमा फसाउन खोज्ने, जनतालाई अधिकार दिन नचाहने, एकल जातिय राष्टियतका अभियान्ताहरु, आफ्नो र पार्टी हितका लागि देश बेच्न तयार हुने शासक चिन्तन भएकाहरु, बयलगाडा चढ्नेहरु, राजाको पाउ पुज्नेहरु, महाकाली बेच्नेहरु, लाउडा खाएर पार्टी बनाएकाहरुलाई चिनौ, षडयन्त्रकारी होईन नेता चुनौ, नागरिकको मतदानको अधिकारको सहि सदुपयोग गरौ, सबैैको पहिचान र अस्तित्वको सम्मान गरौ समाजको विकासको गतिमा अगाडी बढौ र जनतामा सकारात्मक सोचको विकास गरौ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies