Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बेइजिङ पुगेर यस्तो अन्तर्वार्ता दिए प्रचण्डले (बिस्तृतमा पढ्नुहोस्)

\"\"बेइजिङ, १३ चैत ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको हाइनान प्रान्तमा बोआओ मञ्चको वार्षिक सम्मेलनलाई सम्बोधन गरेर उनी नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ पुगेको हो । प्रधानमन्त्रीले आइतबार चीनका उपप्रधानमन्त्री वाङ याङसँग र सोमबार राष्ट्रपति सी जिनपिङसँग भेट्ने तय भएको छ ।

नयाँ पत्रिका दैनिकमा खबर छ–नेपाली दूतावास बेइजिङ स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड हाइनानको  हैकाउबाट उडान नम्बर सिजेड ६३६५ बाट स्थानीय समयअनुसार ५ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए ।  विमानस्थलमा प्रधानमन्त्रीलाई चिनियाँ विदेश मन्त्रालय र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका अधिकारीहरूले स्वागत गरेका थिए । उनलाई चीन सरकारको स्टेट गेस्ट हाउस (दियायुथाई) मा राखिएको छ । ‘वान बेल्ट वान रोड’ मा साझेदारीको प्रतिबद्धता प्रधानमन्त्रीको सम्मानमा नेपाली राजदूत लीलामणि पौड्यालले साँझ ६ः४० मा रात्रिभोज आयोजना गरेका थिए । रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालले चीनको तीव्र आर्थिक विकासबाट फाइदा लिन सक्नुपर्ने बताउँदै ‘वान बेल्ट वान रोड’ परियोजनामा नेपालको साझेदारीको प्रतिबद्धता गरे । उनले नेपालको एक चीन नीतिमा कुनै शंका नगर्नसमेत आग्रह गरे । रात्रिभोजमा चिनियाँ उच्च अधिकारी, पूर्वराजदूत, नेपाली समुदायलगायत सहभागी रहेको नेपाली दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले आइतबार उपप्रधानमन्त्री वाङ याङसँग अपराह्न सवा ५ बजे भेटवार्ता गर्ने तय भएको छ । उनले आइतबार बिहान ब्रेकफास्टपछि फोनिक्स टेलिभिजनलाई अन्तर्वार्ता दिनेछन् भने त्यसपछि ग्रेटवालको भ्रमण गर्नेछन् । त्यहाँबाट गेस्ट हाउस फर्केपछि प्रधानमन्त्रीको सम्मानमा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका तर्फबाट दिवाभोज दिइने कार्यक्रम छ । अपराह्न २ देखि ४ बजेसम्म प्रधानमन्त्री बेइजिङ फरेन स्टडी युनिभर्सिटीको कार्यक्रममा सहभागी हुनेछन् भने नेपाल अध्ययन केन्द्रको उद्घाटनसमेत गर्नेछन् । त्यसपछि प्रधानमन्त्री सेनो प्यागोडा मन्दिरको भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्रीको सम्मानमा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट स्टेट गेस्ट हाउसमै रात्रिभोज आयोजना गरिनेछ । सोमबार प्रधानमन्त्रीले दिवाभोजपछि राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने तय भएको छ । त्यसअघि उनी बिहान नमस्ते नेपाल नामक बिजनेस राउन्ड टेबलमा सहभागी हुनेछन् । राष्ट्रपति सीसँग भेटवार्तापछि सिजिटिएन टेलिभिजनलाई अन्तर्वार्ता दिएर प्रचण्ड छेन्दुका लागि प्रस्थान गर्नेछन् । चाइना एयरको उडान नम्बर ४४१० बाट सोमबार राति १० बजे प्रधानमन्त्रीको टोली छेन्दु पुग्नेछ । प्रचण्डले ल्हासाको भ्रमण गर्ने प्रधानमन्त्रीको टोली मंगलबार बिहान ११ बजे उडान नम्बर ९८०३ बाट ल्हासा आउनेछ । ल्हासामा महावाणिज्य दूतावासद्वारा आयोजित दिवाभोजमा प्रधानमन्त्री सहभागी हुनेछन् । उनले पोताला दरबार, झोखाङ मन्दिर र बारखोर स्ट्रिट भ्रमण गर्नेछन् । त्यहाँ उनले चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत हेर्ने नेतासँग भेटवार्ता गर्नेछन् भने तिब्बत सरकारले उनको सम्मानमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ । बुधबार प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट चाइना एयरको सिए ४०७ नम्बरको उडानबाट काठमाडौं आउनेछन् । बोआओ सम्मेलनमा प्रधानमन्त्रीले के भने ? बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वलाई थप समृद्ध बनाउन समावेशी विश्वव्यापीकरणमा जोड दिएका छन् । उनले नेपालमा लगानीका लागि एसियाली लगानीकर्तालाई आह्वानसमेत गरे । ‘भूमण्डलीकरण र स्वतन्त्र व्यापार : एसियाली दृष्टिकोण’ विषयमा धारणा राख्दै प्रधानमन्त्री प्रचण्डले भूमण्डलीकरणको एसियाली ढाँचामा समावेशीकरण हुनुपर्नेमा जोड दिए । उनले भूमण्डलीकरणबाट अल्पविकसित मुलुक पनि उत्तिकै लाभान्वित हुनुपर्ने उल्लेख गरे । ‘नेपालले उल्लेख्य राजनीतिक उपलब्धि हासिल गरेको छ र अहिले आर्थिक रूपान्तरणको चरणमा प्रवेश गरेको छ,’ प्रधानमन्त्रीले भने, ‘द्रुत आर्थिक समृद्धि र विकास हाम्रो यो वेलाको प्राथमिकता हो ।’ उनले नेपालमा लगानीका प्रशस्त क्षेत्र र नयाँ अवसर रहेको भन्दै लाभका क्षेत्रमा लगानी गर्न एसियाका उद्योगीलाई आह्वान गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies