Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नयाँ विचारका आधारमा नयाँ राजनीतिक संगठनको निर्माण

हरेक समाजमा नयाँ कुराको खोजी हुन थाल्छ र केही मान्छेहरुमा चेतना पैदा हुन्छ । नयाँ कुरा आवश्यकता भएको समाज आफ्नै पारामा पुरानै परम्परा अनुसार चलाउन चाहनेहरु सबै ठाउँमा हावी भएकाबेला त्यो समाज जसले नयाँ बिषय लिएर आउँछ, त्यसका विरुद्धमा भएभरको बल लगाएर सिध्याउन लाग्छन् । यथास्थितिमा बस्नेहरु यथास्थितिको समाज एउटा निश्चित विधि र नियममा चलेको हुन्छ र त्यसका आफ्नै मान्यताहरु हुन्छन् । त्यो समाजको मुख्य उत्पादक शक्ति कस्तो भन्ने कुराले त्यसको सामाजिक संरचनाको निर्धारण गर्छ । जतिखेर नयाँ कुरा आउँछ त्यो अराजक भएर समाजमा देखापर्छ । मानव समाजको इतिहासलाई हेर्दा यसले बिभिन्न कालखण्ड पुरा गर्दै अघि बढेको पाउँछौं । मानिसको सबै भन्दा पहिला गोत्र समाजबाट सुरु हुन्छ । जसमा आफ्नै गोत्रकाबीचमा उमेर समुहका आधारमा सम्बन्ध कायम गरी सन्तान उत्पादन गर्थे । गोत्रहरुको संख्या धेरै भएपछि त्यो कबिला समाजमा बदलिन थाल्यो । हिजो एउटै गोत्रमा हुने सम्बन्ध नयाँ समुहमा विकास हुन थाल्यो । गोत्र समाजको ठाउँ कबिला समाजले विस्थापित गर्दै मुख्य कबिला समाजमा हुन थाल्यो । यसबेलामा एउटा कबिला र अर्काे कबिलाकाबीचमा लडाईँ हुँदै अघि बढ्छ । यो समाजमा पशुपालन र खेतिपाती सुरुवात भएको र मानिसहरु आफुसँगै पशु लिएर जाने र जहाँ बस्यो त्यहि खेतिपातीको काम गर्ने अवस्थामा हुन्थे । त्यो बेलाको समयलाई प्राग ऐतिहासक कालका रुपमा मानिन्छ । [caption id=\"attachment_108878\" align=\"alignleft\" width=\"250\"]\"\" शिव फुयाल[/caption] इतिहासकारहरु कबिलाहरुको धेरै समुह बनेपछि जाति समाज बन्छ भन्छन् । गोत्र कबिला समाजमा मानिसहरु मुख्यतः प्रकृतिमै निर्भर रहन्थे । जब मानिसनहरुले खेतिपाती र पशुपालन गर्न थाले । तब एउटा कबिला समाजले गरेको उत्पादनमा अर्काेले लुटपाट गर्न थाले । त्यसलाई बर्बर युग मानिन्छ । लामो समयसम्म यो योग रहेको र त्यसमा पराजित भएकाहरुलाई खाने काम छाडेर उनीहरुलाई भौतिक बस्तुको उत्पादनका लागि श्रममा लगाइयो । त्यो बेलाबाट मानव श्रम मुख्य उत्पादक शक्तिका रुपमा स्थापित भयो । जब मानव श्रम मुख्य भएर आयो तब वर्ग समाजको उत्पति भयो । सामाजिक व्यवस्थाका रुपमा तब दास व्यवस्था स्थापित भयो । भौतिक वस्तुको सम्पुर्ण आवश्यकताहरु मानव श्रमबाट निर्मित हुन थाल्यो । संसारका आश्चर्यजनक कुराहरु प्राचिन कालमा पाइन्थ्यो । प्राचिन कालमा व्यवस्थित ढंगले समाज चल्नुको कारण प्रकृतिमा निर्भर हुनुपर्ने मान्छे अब मानव श्रमबाट भौतिक आवश्यकता पुरा गर्ने ठाउँमा पुग्छ । प्रकृति नै सबै कुरा हो भन्ने ठाउँमा चेतना छ भन्ने कुराको विकास हुन्छ । सामाजिक व्यवस्थामा दास व्यवस्था लामो समयसम्म चलेको देखिन्छ । दास व्यवस्थापछि सामन्तवादी व्यवस्था आरम्भ हुन्छ । दास व्यवस्थामा मुख्य उत्पादक शक्ति दास थिए । दासहरुले ठुला ठुला जमिनलाई खेतियोग्य जमिनमा रुपान्तरण गरेर उत्पादन गर्न थाल्छन् । तब जमिन मुख्य उत्पादक शक्तिका रुपमा स्थापित भयो । यो सामन्तवादी युग हो र यसलाई मध्य काल मानिन्छ । यस बेलामा प्राचिन कालकामा गरिएका खोज अनुसन्धानहरुलाई ध्वस्त पािरन्छ । सामन्तवादमा कुल घरानाका आधारमा शासन चलाउने र मठमन्दिरमा आधारित ईश्वरीय चिन्तनलाई प्रमुखता दिई सामाजिक व्यवस्थाका रुपमा सामन्तवाद रहन गयो ।
नेपालमा बज्र योगीनी, गोपाल बंश र अबिर बंश हुँदै कबिला समाज अन्त्य हुने र किराँत कालबाट जातीय समाज चलेको मानिन्छ । किराँत काल नेपालमा एक हजार वर्षसम्म चलेको अनुमान गरिन्छ भने लिच्छवी काल ५ सय वर्षसम्म चलेको मानिन्छ । लिच्छवी कालपछि मल्लकाल नेपालमा शासकका रुपमा देखिन्छ । किराँत कालदेखि मल्लकालसम्म नेपालमा मानव श्रमको काल थियो । यो बेलामा बनेका संरचनाहरु अहिलेसम्म विश्व सम्पदा सूचिमा रहेका छन् ।
सामन्तवादी सामाजिक व्यवस्थापछि सन १४५० बाट पूँजीवादी व्यवस्था आरम्भ हुन्छ । पुँजीवादी व्यवस्थामा मुख्य उत्पादक शक्ति पुँजी बन्छ । सुरुमा व्यापारिक पुँजीवादबाट यसको आरम्भ हुन्छ । औद्योगीक पूँजीवादको रुपमा बेलायतमा विकास हुँदै एकाधिकारवादपछि एकिकृत पुँजीवादी हुँदै अहिले समाजमा सामाजिक व्यवस्थाका रुपमा पुजीवादी व्यवस्था रहिरहेको छ । औद्योगीक पुँजीवादकै सेरोफेरोमा पुँजीवादले गर्ने शोषणको विरुद्ध सेन्ट समाजवादी चिन्तनको विकास सेन्ट साइमान लगायत हुँदै काल्पनिक समाजवादको विकास हुँदै गर्दाै वैज्ञानिक समाजवादको विकास हुन पुग्यो । सन १८४८ मा माक्र्स एंगेल्सले पुँजीवादी व्यवस्थाको ठाउँमा समाजवादी व्यवस्थाका विरुद्ध समाजवादी व्यवस्थाको वैचारिक अवधारणा अघि सारे । पुँजीवादी व्यवस्थाकाविरुद्ध १८७४ मा पेरिसमा बिद्रोह गरी राज्यसत्ता समाजवादीहरुले आफ्नो हातमा लिए । पहिलो पटक समाजवादीहरुले सत्ता कब्जा गरेको घट्ना थियो, पेरिस कम्युन । तर ७१ दिनमै पेरिस सत्ता पुँजीपति वर्गले खोस्न सक्यो र समाजवादीहरुलाई पराजित पारे । सन १९१७ मा बोल्सेभिक पार्टीको नेतृत्वमा सोभियत संघले समाजवादी क्रान्ति सफल पारे । सोभियत संघमा क्रान्ति सफल भएपछि संसार दुई ध्रुवमा बिभाजित हुन्छ र संसारमा पुँजीपति सत्ताका विरुद्ध समाजवादी सत्ताले समानान्तर सत्ता सञ्चालन गरेको थियो । सन १९९०मा सोभियत संघ बिघटन भएपछि पुँजीपतिहरु एकलौटी ढंगले अघि बढिरहे पनि समाजवादीको आधार संसारभर त्यतिकै बलियो हुँदै गैरहेको छ । संसारमै अहिले समाजवाद कसरी लागु हुन्छ र हाम्रो जस्तो देशमा कसरी समाजवादी व्यवस्था आउँछ भनि विभिन्न चरणमा प्रयत्नहरु भइरहेका छन् । नेपालमा प्राग ऐतिहासिक अवस्थाका बारेमा धेरै कुराहरु नभएपनि गोत्र समाजको रुपमा बज्रयोगिनीबाट सुरु हुँदै कबिला, कबिला समाज, गोपाल बंशी र अबिर बंशीका रुपमा चलेको भन्ने मान्यता छ । गोपाल बंशी गाई पालक थिए भने अबिर बंशीहरु भैसी पालक थिए । नेपालमा बज्र योगीनी, गोपाल बंश र अबिर बंश हुँदै कबिला समाज अन्त्य हुने र किराँत कालबाट जातीय समाज चलेको मानिन्छ । किराँत काल नेपालमा एक हजार वर्षसम्म चलेको अनुमान गरिन्छ भने लिच्छवी काल ५ सय वर्षसम्म चलेको मानिन्छ । लिच्छवी कालपछि मल्लकाल नेपालमा शासकका रुपमा देखिन्छ । किराँत कालदेखि मल्लकालसम्म नेपालमा मानव श्रमको काल थियो । यो बेलामा बनेका संरचनाहरु अहिलेसम्म विश्व सम्पदा सूचिमा रहेका छन् । बज्रयोगीनी, गोपाल बंशी र अबिर बंशीसम्मको काललाई प्रकृति मुख्य उत्पादक शक्ति भएको काल र किराँत, लिच्छवी र मल्लकाल मानव श्रम मुख्य उत्पादक शक्ति रहेको काल तथा जाति समाज भनेर मान्नुपर्ने हुन्छ । नेपालको एकिकरणपछि नेपाल राष्ट्र समाज हुन गयो । पृथ्वीनारायण शाहले नेपालको जातीय समाजलाई राष्ट्र समाजमा बदले । यहि बेलाबाट नेपालमा सामन्तवाद आरम्भ हुन्छ । अझ जंगबहादुरका पालामा पुरै सामान्तवाद चल्छ । २००७ सालमा सामन्तवाद ढलेर संबैधानिक राजतन्त्र स्थापित भएको थियो । नेपालमा समाजवाद स्थापनाका लागि संघर्ष गर्ने र नयाँ जनवादी क्रान्तिको स्थापनाका लागि २००६ सालबाट संघर्ष सुरु भएको थियो भने पुँजीवादी क्रान्ति २००७ सालमा भएको र त्यसले सफलता पाएको थिएन । २००७ सालदेखि २०१५ साल सम्मको अवधि सून्यमा रहेको थियो भने २०१७ सालमा नेपाली समाज संबैधानिक राजतन्त्रबाट निरंकुश राजतन्त्रमा बदलियो । २०४६ सालमा निरंकुश राजतन्त्रबाट फेरि संबैधानिक राजतन्त्रमा आयो । २०६२/६३ सालमा भएको आन्दोलनले नेपालमा गणतन्त्र स्थापना गरेको छ । २००७, २०४६ र २०६२/६३ मा पुँजीवादी क्रान्तिका लागि भएका प्रयासहरु सफल हुन सकेनन् भने कम्युनिष्टहरुले २००६ सालदेखि २०२८, २०३५ देखि २०५२ र २०५२ देखि २०६२/६३ सालसम्म नयाँ जनवादी क्रान्तिका लागि प्रयास गर्दा पनि सफल भएनन् । त्यसको प्रमुख कारण भनेको विश्व व्यापी रुपमा पुँजीवादी एकिकृत रुपमा आउनु नै हो ।
नेपालमा वस्तुगत रुपमा नौलो जनवादी क्रान्ति गर्ने अवस्था भएपनि विश्व परिवेशका कारण नेपालमा पुँजीवादी र नौलो जनवादी क्रान्ति दुबै सफल हुन सकेनन र नेपाल समाज अहिले पनि अर्ध सामन्ति र अर्ध औपनिवेशिक अवस्थामै रहेको छ ।
नेपालमा मुख्य रुपमा उत्पादक शक्ति न जमिन बन्न सकेको छ न पुँजी नै स्थापित भएको छ । जमिन र पुँजी आधा आधा उत्पादक शक्ति रहेको तथा राष्ट्रियता न पुरै पराजित रहेको न पुरै स्वतन्त्र रहेको अवस्थामा छ । यस्तो अवस्थामा उत्पादक शक्ति नफेरिए पनि उत्पादक सम्बन्धहरु भने फेरिनै रहेका छन् । फेरिएको उत्पादन सम्बन्धलाई नै मुख्य मानेर नेपालमा पुँजीवादी क्रान्ति सम्पन्न भएको मान्नेहरु छन् । हामीले कुन अवस्थामा के उत्पादक शक्ति र सम्बन्ध, विचार धारा, राजनीतिक प्रणाली र स्वामित्वलाई हेरेर निर्धारण गर्न सकिन्छ । नेपाललाई चार वटा मानवीय व्यवस्थामा राख्न सकिन्छ । १) गोत्र, २) कबिला, ३) जाति र ४) राष्ट्र सामाजिक व्यवस्थामा आदिम साम्यवाद, दास व्यवस्था, सामन्ती व्यवस्था, अर्ध सामन्ती/अर्ध औपनिवेशिक अवस्थामा राख्न सकिन्छ । अहिलेको समाजिक व्यवस्था अर्ध सामन्ती/अर्ध औपनिवेशिक अवस्थामा छ भने अरु सामाजिक व्यवस्था विगत भइसकेका छन् । अब हामीले गर्ने सामाजिक क्रान्ति कसरी हुन्छ ? र यसको उत्तर नखोजेकोसम्म अघि बढ्न सकिन्न । हामीले गर्ने क्रान्ति विश्व क्रान्तिको एउटा अंग हुन्छ र अहिलेको युग विज्ञान प्रबिधीको युग हो । यहि विज्ञान प्रविधिको आधारमा पुँजीवादीले आफुलाई एकीकृत गरी विश्वभरी कब्जा जमाएकाले हामीले विज्ञान प्रबिधि उत्पादक शक्तिका रुपमा मुख्य भएर आएको र यसकै आधारमा हामीले पुँजीवादी सत्ताका विरुद्ध समानान्तर सत्ता स्थापना गर्ने हो । त्यो भनेको पुँजीवादको उत्पादक शक्ति पुँजीको ठाउँमा विज्ञान प्रविधि, विचारधारामा अधिभौतिकवादको ठाउँमा द्वन्द्वात्मक भौतिकवाद, राजनीतिक प्रणालीमा प्रतिनिधिमुलक व्यवस्थाको ठाउँमा प्रत्यक्ष सहभागीता मुलक व्यवस्था र व्यक्तिमा हुने स्वामित्व समुदायमा ल्याउने समाजिक व्यवस्था समाजवाद हो भन्दै त्यसको तयारीका लागि राजनीतिक अभियान चलाउने हो । नेपालमा अहिले क्रियाशील सबै राजनीतिक पार्टीहरु यथास्थितिमै रमाइरहेकाले यिनीहरुबाट समाजको प्रगतितर्फ अगाडि बढ्न सक्दैन । समाजमा देखा परेका सम्पुर्ण समस्याहरु, समस्याहरुको हल नयाँ विचारका आधारमा नयाँ राजनीतिक संगठनको निर्माण गर्नुपर्छ । र त्यो संगठनले गर्ने राजनीतिक कामले नेपाली समाजलाई प्रगतितर्फ अघि बढाउन सकिन्छ र नेपाली समाजमा देखा परेका संकटहरुको निकास पनि त्यसैबाट मात्रै सम्भव हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies