Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

एमालेको निर्णयः सिङ्गो पार्टी स्थानीय निर्वाचनमा होम्ने

\"\" काठमाडौं, १० चैत । प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सिंगो पार्टी होमिने भएको छ । गाउँ तहसम्मै निर्वाचन परिचालन कमिटी गठन गरी निर्वाचन अभियानमा जुटने निर्णय गरेको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहीबार बसेको पार्टी स्थायी समितिको बैठकले गाउँ तहसम्म परिचालन कमिटी तत्काल गठन गरी निर्वाचन अभियानलाई तीव्रता दिने निर्णय गरेको हो । बैठकले स्थानीय तहको उम्मेदवार छनौट गर्ने कार्यविधि तथा मापदण्ड पनि तयार पारेको छ । गाउँपालिका र नगरपालिकाका वडाको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटिले गर्ने, नगर पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने र उपमहानगरपालिका तथा महानगरपालिकाको उम्मेदवारको टुंगो सम्बन्धित जिल्ला कमिटी, प्रदेश कमिटीको सिफारिसमा केन्द्रिय कमिटीले तय गर्ने कार्यविधि तय गरेको हो । सबै तहको उम्मेदवारी चयन स्थानीय कमिटीकै सिफारिसमा हुने कार्यविधि तय गरिएको सचिव भट्टराईले जानकारी दिए । त्यसै गरी एमालेले पार्टीप्रति प्रतिवद्ध, लोकप्रिय, इमान्दार, अनुशासित र कुनै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएकाहरुलाई उम्मेदवार बनाउने मापदण्ड पनि तय गरेको छ । उम्मेदवारी चयन गर्दा समावेशीतालाई पनि ध्यान दिइने निर्णय लिइएको एमालेले जनाएको छ । एमालेले निर्वाचन आचारसंहिता पालना गराउन निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराएको छ । त्यसैगरी एमालेले सरकारले सरुवा, बढुवा, बजेट विनियोजना जस्ता निर्वाचन आचारसंहिता विपरित गतिविधि गरेको भन्दै गम्भिर आपत्ति पनि जनाएको छ । बैठकले प्रदेश नम्बर दुईमा चैत्र महिनाभर प्रदेश स्तरमा विस्तारित भेला, जिल्ला स्तरमा कार्यकर्ता भेला र गाउँरनगर स्तरमा जनसभा आयोजना गर्ने निर्णय पनि गरेको छ । खासगरी प्रदेश नम्बरको २ मा स्थगित गरिएको पार्टीको मेची महाकाली अभियान अन्तर्गत नै ती कार्यक्रमहरु संचालन गर्ने निर्णय लिइएको एमालेले जनाएको छ । बैशाख १ गतेबाट प्रदेश नम्बर दुईमा पनि निर्वाचन अभियानलाई तीव्रता दिने पनि भट्टराईले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies