Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अन्ततः थ्रेसहोल्ड सम्बन्धि विधेयक संसदबाट पारित

\"\"काठमाडौं, ९ चैत । साना दलहरुको विरोधका बाबजुद व्यवस्थापिका संसद्को विहीबारको बैठकबाट थ्रेसहोल्ड सम्बन्धी विधेयक पारित भएको छ । अब राष्ट्रिय दलको मान्यता पाउन कुनै पनि दलले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट अनिवार्य रूपमा जित्नुपर्नेछ । नयाँ व्यवस्था अनुसार कुनै दलले समानुपातिकतर्फ खसेको कुल सदर मतको ३ प्रतिशत मत प्राप्त गरेर प्रत्यक्षमा एक सिट पनि जित्न सकेन भने उक्त दलको प्रतिनिधिसभामा प्रतिनिधित्व हुने छैन । निर्वाचन आयोगले राजनीतिक दलसम्वन्धी ऐनको मस्यौदामा ३ प्रतिशत थ्रेस होल्ड राख्न प्रस्ताव गरेको थियो । दोस्रो संविधानसभा निर्वाचनमा कमल थापा नेतृत्वको तत्कालिन राप्रपा नेपालले समानुपातिकबाट मात्रै२४ सिट जितेर चौथो ठूलो दल बनेको थियो । यो विधेयक यसअघि नै पारित भएका भए राप्रपा नेपाल संसदबाट बाहिर हुन्थ्यो । साना दलद्वारा सदन बहिष्कार ‘थ्रेसहोल्ड’ को विरोधमा साना दलहरुले बुधबारको संसद बैठक बहिष्कार गरे । मधेसी मोर्चालाई साथ दिँदै साना दलहरुले सदन बहिष्कार गरेका थिए । संसद बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीलाई राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ लाई प्रस्तुत गर्न सभामुख ओनसरी घर्तीले अनुमति दिनसाथ साना दलहरु नाराबाजी गर्दै संसदबाट बाहिरिएका थिए । सीपी मैनाली नेतृत्वको नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाल परिवार दलसहितका दलहरुले थ्रेस होल्डको विरोध गरेका थिए । बैठकको सुरुमा बोल्दै साना दलका सांसदहरुले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जित्नु पर्ने बाध्यकारी व्यवस्था संविधान र लोकतन्त्रविपरीत भएको भन्दै सो व्यवस्था रहेको विधेयक फिर्ता लिन आग्रह गरेका थिए । यो विधेयक बुधबार नै राज्य व्यवस्था समिति र उपसमितिको बैठकबाट पारित गरिएको थियो । साना दलहरुको उपस्थिति हुँदासमेत ठूला दलहरुको स्वेच्छाचारी हुने गरेकोले थ्रेसहोल्ड कायम गरी ठूलो दलहरु अझ स्वेच्छाचारी बन्न खोजेको साना दलका नेताहरुको तर्क छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies