Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जनप्रगतिशिल मञ्च बेल्जियमको अधिवेशन सम्पन्न

\"\"काठमाडौं, चैत । १९ मार्च मा नेपाली जनप्रगतिशिल मञ्च बेल्जियमको ११औं तथा प्रगतिशिल महिला मञ्च, बेल्जियमको तेश्रो एकताको अधिबेसन नेकपा माओबादि (केन्द्र)को वरिष्ठ नेता विदेश विभागको इन्चार्ज तथा पुर्व उपप्रधान तथा परराष्ट्र मन्त्रि  नारायणकाजि श्रेष्ठको प्रमुख आतिथ्यतामा बेल्जियमको आन्तोर्पेनमा भब्यताको साथ सम्पन्न भएको छ । उद्घाटन मन्तब्यको क्रममा प्रमुख अतिथि  श्रेष्ठले आफ्नो पार्टिको, पार्टि अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्रि प्रचण्ड र आफ्नो तर्फबाट अधिवेशन सफलताको साथै सम्पुर्ण प्रवासि नेपालीहरुको सुख शान्ति तथा समृद्धि र सफलताको शुभकामना दिएका थिए । देशको वर्तमान राजनैतिक अवस्थाको बारेमा बोल्दै महान जनयुद्ध र जनआन्दोलनबाट प्राप्त सिमिति उपलब्धिहरु संघिय लोकतन्त्र, संबिधान सभाबाट नयाँ संबिधानको निमार्ण गरि नयाँ संबिधान मार्फत धर्म निरपेक्षता, समानुपातिक समाबेसिता, लिंगिय तथा जातिय बिभेदको अन्त्य महिला, तथा दलित अधिकार, क्षेत्रिय रुपमा भएको बिभेदको अन्त्य जस्ता युगान्तकारि परिवर्तनहरु गरेको छ , तर यि सबै परिवर्तनलाई संस्थागत गर्नको लागि अगामि माघ २४ भित्र कुनैपनि हालतमा स्थानिय तह, प्रान्तिय संसद र केन्द्रिय संघिय संसदको निर्वाचन अनिवार्य गर्नु पर्ने तत्कालको कार्याभार रहेको बताए । यि महत्वपुर्ण उपलब्धिहरु आफ्नो पार्टि माओबादिकै एजेण्डा भएको र यसको लागी दशौं हजार नेपालीले वलिदान गरेको , हजारौं बेपत्ता, घाईते तथा अपाङ्ग हुनु भएकोले आफ्नो पार्टि माओवादिले नै बढि जिम्मेवारि लिदै नेपालकां आन्तरिक राष्ट्रिय पार्टिहरुलाई एकताबद्ध गरि जुनसुकै हालतमा पनि १९ बर्ष देखि हुन नसकेको स्थानिय तहको निर्वाचन बैशाख ३१ मा गर्नै पर्ने दायित्व रहेकाे उनले बताए । निर्वाचन मार्फत संबिधानको कृयान्वयन गरि समृद्ध नेपालको निर्माण गर्ने र समाजबादमा जाने माओबादिको वर्तमान कार्यदिशा रहेको र कसैले यो प्राप्त उपलब्धिलाई केहि पनि होइन आर्को क्रान्ति गर्नु पर्छ भन्ने बिप्लब र यसैलाई सबैथोक हो भनि क्रान्तिलाई नै बिशर्जनमा लाने बाबुराम प्रबृति पनि बिलकुल सहि र वस्तुबादि छैन उनले भने । \"\"समृद्ध नेपाल निर्माणको लागी नेपाल अति नै सम्बाभना भएको देश हो जलस्रोत, युवा जनशक्ति, बन, जडिबुटि, हावापानि सबै दृष्टिले बिस्वकै सम्पन्न भएको मुलुक हो र पनि राजनैनितिक ब्यबस्थाको कारणले संधै पछि परेकोले अब मुलुकमा संघिय नेपालको नयाँ संबिधान कृयान्वयन गरि समृद्ध र नयाँ नेपालको निर्माण गर्नै पर्ने अभियानमा लाग्नु परेकोले प्रवासि नेपालिहरुले पनि यसमा सहयोग गर्न अव्हान गर्नु भयो । समृद्ध नेपाल निर्माको लागि आन्तरिक राष्ट्रिय एकतालाई बलियो पार्दै राष्ट्रिय अखण्डताको रक्षा ,राजनैतिक भ्रष्टिकरणको अन्त, समाबेसि लोक तन्त्रको तलै सम्मा कृयान्वयन गरेमा सम्मुनत नेपाल निर्माण हुने छ र रोजगारी कै लागी आफ्नो जन्म भुमि, बा ,आमा, परिवार छोडेर प्रवासीन पर्ने बाध्यताको अन्त गर्नै पर्ने दायित्व छ । देशभित्र कर्मचारि तन्त्र देखि सबै ठाउँमा राजनैतिक पर्टि करणले योग्य र सक्षम ब्यक्तिले अवसरबाट बन्चिहुनु परेको र गलत मानिसहरुले अवसर पाउने गरेकोले त्यस्तो प्रबृतिको पुर्ण अन्त गर्नै पर्ने र त्यस्को लागी प्रचण्ड सरकारले केहि सुधारको पहल गरेको र त्यसको सुखद परिणाम पनि देखा परेको छ भन्दै चिलिमे जल बिध्युतमा राम्रो काम गर्दा गर्दै एमालेको जलस्रोत मन्त्रिले हटाएको योग्य ब्यक्ति कुलमान घिसिङलाई उचित जिम्मेवारि दिएको र म्यान पावर ब्यबसायिलाई नै नेपालिहरु बढि रोजगारिमा जाने गन्तब्य मुलुकको राजदुत जस्तो गरिमामय जिम्मेवारिमा नियुक्त गर्ने सवाललाई सच्याएको उदाहरण पनि दिए । सोहि सन्दर्भमा बिशेष अतिथि बेनेलक्सको लागि नेपाली महामहिम राजदुत लो बहादुर थापाले बिदेशमा बसेका सबै नेपालीहरु अबैतनिक दुतहरु नै हुन सबैले नेपालको लागी पर्यटन तथा ब्यापारको पहल गर्नु पर्ने र नेपालको बारेमा सकारत्मक प्रचार गर्न आव्हान गरे । नेपाल र नेपालिको नकारत्मक प्रचार मात्रै भएमा वा नेपालीहरुको आचरण,ब्यहारले पनि बिदेसि पर्यटकलाई प्रभाव पर्ने भएकोले त्यसतर्फ पनि ध्यान पुरयाउनु पर्ने बताए। अधिबेसनको शुभकामना दिनेहरुमा संयुक्त नेपाली मोर्चा युरोपको अध्यक्ष सुरेन्द्र भुसाल, माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका सदस्य दिपेश पुन, एन आर एन अन्तराष्ट्रिय सचिव अर्जुन श्रेष्ठ, एन आर एन बेल्जियमका अध्यक्ष गंगाधर गौतम, नेपाली जनप्रगतिशिल मोर्चा को युरोप अध्यक्ष बिष्णु भुजेल, नेपाली जनसम्पर्क समिति बेल्जियमको अध्यक्ष सिता सापकोटा, ओएनएफको अध्यक्ष बोध राज पौडेल, प्रवासि एकता समाज राप्रपा बेल्जियमको का.वा. अध्यक्ष दिपेन्द्र के सि, नेपाली संघिय समाज समाज बेल्जियमका महासचिव लोक रानामगर, नेपाली एकता मञ्च बेल्जियमका अध्यक्ष तोयानाथ कँडेल, जनप्रगशिल मञ्च स्पेनको अध्यक्ष गंगा भुसाल, जनप्रगतिशिल मञ्च ईटालिकोतर्फबाट बाबुराम खतिवडा, नेपाली प्रगतिशिल महिला मञ्च बेल्जियमको महासचिव दुर्गा तिवारिसमेतले अधिबेसन सफलताको शुभकामना दिनुभएको थियो । अधिबेसनमा माओबादि केन्द्रको महाधिबेसन आयोजक समितिको सदस्य टासि लामा, बेलायतबाट कार्ण साहि, सुरेन्द्र श्रेष्ठ, दधिराज घिमिरे, एनआरएन महिला सहसंयोजक रजनि प्रधान पत्रकारहरु तथा बेल्जियम स्थित बिभिन्न समाजको अध्यक्ष प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । जनप्रतिशिल मञ्च बेल्जियमका निवर्तमान अध्यक्ष चित्र सुबेदिको सभापतित्वमा स्वगत मन्तब्य महिला मञ्चको का.वा. अध्यक्ष ईन्दिरा पौडेल दिएकी थिइन भने महासचिव कृष्ण तिवारिले सञ्चालन गरेका थिए । \"\"अधिवेशनले जितबहादुर लामाको अध्यक्षतामा ३५ सदस्यिय नेपाली जनप्रगतिशिल मञ्च बेल्जियमको नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरयो भने शुष्मा भुसालको अध्यक्षतामा २५ सदस्यिय नेपाली प्रगतिशिल महिला मञ्चको पनि सर्वसम्मतिले नयाँ कार्यसमितिको निर्वाचित भएक्ा छन् । जस अनुसार नेपाली जनप्रगतिशिल मञ्च बेल्जियमको कार्यसमितिमा अध्यक्ष जित बहादुर लामा, उपाध्यक्षहरुमा कल्पना मगर, होम गुरुङ, दुर्गा सुबेदि, भिम सुबेदि, महासचिव पवन सुबेदि, सचिव रबिन श्रेष्ठ, कोषाध्यक्ष लोक बहादुर नेपालि (काजि), सहकोषाध्यक्ष प्रशान्त श्रेष्ठ, सदस्यहरुमा बिरमान घर्तिमगर, शुष्मा भुसाल, लिलाधर पन्त, टिका राम पौडेल, गणेस घिमिरे, घनश्याम शर्मा, धर्म पाठक, जगत कुँवर, अर्जुन तिवारि, परशुराम रेग्मि, रमेश कार्कि, खेम न्यौपाने , भिम कुँवर, मख्खन नेपाली, चित्र बहादुर सिंह, कृष्ण सुनुवार, खेम न्यौपाने (आन्तोर्पेन), सुशिला खतिवडा, राज कुमारी न्यौपाने  (रश्मि), सरस्वति सुबेदि, समिता सुबेदि, रामचन्द्र सुबेदि र सुदेशमणि पोखरेल निर्वाचित भएका हुन् । त्यस्तै चार जना पछि थप्न सकिने जनाइएकाे छ । नेपालि प्रगतिशिल महिला मञ्चको नयाँ निर्वाचित कार्य समितिमा अध्यक्ष शुष्मा भुसाल, उपाध्यक्ष ईन्धिरा पौडेल, दुर्गा तिवारि, सरस्वति सुबेदि महासचिव सुशिला खतिवडा, सचिव सिता दाहाल, केषाध्यक्ष समिता सुबेदि, सदस्यहरुमा राज कुमारि पोखरेल, कमला सुबेदि, निर्मला सुबेदि, बिमला रोका, लक्ष्मि सुबेदि, असलि घिसिङ, लक्ष्मि पौडेल, डिना रेग्मि, रिता श्रेष्ठ, चन्द्रा सिंह, साधना बोहोरा, कमला तिवारी, सकुन्तला घिमिरे र मिना भट्ट  सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनलाई संगितकार तथा गायक चेतन सापकोटा र नबिन खड्काले जनवादी तथा राष्ट्रिय र लोक गीत प्रस्तुत गरेका थिए भने मञ्च स्थापना गर्न महत्वपुर्ण भुमिका निभाउनेहरुलाई कदर गर्दै मञ्चको तर्फबाट सम्मान तथा प्रशंसापत्र बितरण गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies