Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गर्नुहुन्छ र ?

बरियता क्रम अनुसार नवराज सिलवाल नै प्रहरी प्रमुख हुनु पर्ने थियो । त्यो आफ्नो ठाउँमा छ । तर कार्यपालिकाले जुन निर्णय गर्यो त्यसलाई रोक्ने उल्ट्याउने अधिकार न्यायपालिकासँग छैन । हुनु हुँदैन । सरकारले गर्ने हरेक निर्णय के अब अदालतसँग सोध्नु पर्ने या अनुमती लिनु पर्ने हो ? के अदालत अब खुल्लम खुल्ला राजनीति गर्ने थलो बन्न लागेको हो ? यदि हो भने नेपाल र नेपाली जनताका लागि ठूलो दुर्भाग्य हुने छ । [caption id=\"attachment_93190\" align=\"alignleft\" width=\"250\"]\"\" मदन मैनाली[/caption] सरकारको स्वविबेक र आवश्यकता अनुसार आफ्नो निर्णय लिन सक्ने अधिकारलाई आइजीपी नियुक्ती प्रकरणले कुण्ठित मात्रै गरेको छैन एउटा गलत नजिर समेत स्थापित गरेको छ । दृश्यअदृश्य राजनीतिक/प्रशासनिक इन्ट्रेस्टबाट प्रेरित भएर जसरि अदालतले आज सरकारको कार्यक्षेत्रमा हस्तक्षेप गरेको छ यसले भोलि बन्ने हरेक सरकारको हात बाध्न बाटो खोलेको छ । यो स्वतन्त्र न्यायपालिकाको अवधारणा बिपरित छ । ब्यवस्थापिका (संसद) कार्यपालिका (सरकार) र न्यायपालिका (अदालत) कसैले पनि एक अर्काको कार्यक्षेत्र र अधिकार माथि धावा बोल्न मिल्दैन । यो संसार भरि देश संचालन गर्न मानिदै आएको तरिका हो । एकले अर्काको राय सुझाव लिने दिने आफ्नो तरिका हुन्छ । तर यो खालको हस्तक्षेपले स्वयम् न्यायपालिका बदनाम हुने र भोलि सरकारका निर्णयहरुमा कसैलाई चित्त नबुझे अदालत गुहार्ने अनि अदालत विवादमा आइराख्नु पर्ने अवस्था आउन सक्दछ । अदालतले अनावश्यक कार्यभार ब्यहोर्नु पर्ने हुन सक्दछ । यसैले अहिलेको न्यायपालिकाको न्याय सम्पादन गर्ने तरिका र समग्र न्यायालयको पुनर्संरचना नगरिकन देशले फड्को मार्न सक्ने छैन । जब न्यायपालिका स्वतन्त्र बन्न सक्दैन व्यवस्थापिका र कार्यपालिकाले जतिसुकै क्रान्तिकारी सुधार गर्न खोजे पनि सफल हुन सक्दैन । आइजीपी प्रकरणमा सरकारले जसको पहिलो पालो हो उसलाई नै जिम्मेवारी दिनु पर्दथ्यो । यो वर्तमान सरकारको गल्ती नै हो । तर यसअघी पनि पटक पटक पहिलो छोडेर दोश्रोतेश्रो मर्यादामा रहेकालाई तत्कालिन सरकारहरुले नियुक्ती दिएकै थिए । त्यो बेला किन अदालतले रोक्न वा उल्ट्याउन सकेन ? वा चाहेन ? हो प्रश्न यहानेर हो । सरल उत्तर – किन भने स्वतन्त्र भनिए भनाइए पनि अन्तर्यमा अदालत कहिले स्वतन्त्र निश्पक्ष रहेन हुन सक्ने छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies