Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भूकम्पपछि पुनर्निर्माणमा खटिएका २ सय इन्जिनियरले दिए राजिनामा

\"\"काठमाडौं, ९ चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा खटिएका करिब २ सय जना इन्जिनियरहरूले राजीनामा दिएका छन् । ०७२ बैशख १२ गतेको विनाशकारी भूकम्पपछि खटिएका इन्जिनियरहरुले केहि महिना अघिदेखि राजिनामा दिइरहेका छन् । बुधबार (आज) संसदको विकास समितिमा जानकारी गराउँदै प्राधिकरणका अधिकृत (सीईओ) डा गोविन्दराज पोखरेलले अहिलेसम्म राजीनामा दिने इन्जिनियरहरुको संख्या करिब २ सय पुगेको बताएका हुन् । कतिपय घरहरु मापदण्ड नपुगि बनेकाले त्यसलाई पास नगर्दा दवाब आएकाले राजिनामा दिएको बताएका छन् । यसैबीच बैठकमा पोखरेलले अहिलेकै अवस्थामा राख्ने हो भने पुनर्निर्माण प्राधिकरण भङ्ग गर्न मागसमेत गरेका छन् । अहिले प्राधिकरणको हैसियत राष्ट्रिय योजना आयोगको पूर्वाधार महाशाखा जत्ति पनि नरहेको बैठकमा बताएको सहभागीले जानकारी दिए । दाता निकायहरुले दिएको रकम जिल्ला र गाउँ क्षेत्र तोकेर आउने गरेको भन्दै उनले पुनर्निर्माण कोष सक्रिय नहुँदा काम गर्न गाह्रो भएको बताएका छन् । भूकम्पपछि भएको दाता सम्मेलनमा करिव ३५० अर्बको प्रतिवद्धता आएको थियो । उक्त रकम सबै प्राप्त भइसकेको छैन् । अहिले पुनर्निर्माणमा रकम अभावजस्तै भएको छ । जसका कार राम्रोसँग काम गर्न नसकेको पोखरेलले जानकारी गराएका छन् । पुनर्निर्माण सम्बन्धी पञ्चवर्षीय योजनाको खाकाले ९३८ अर्ब चाहिने देखाएको थियो । पुनर्निर्माणका लागि ५८८ अर्ब नपुग हुने देखिएको पोखरेलले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies