Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नूर–गंगा राष्ट्रिय स्थापित बाल साहित्य पुरस्कारबाट श्रेष्ठ पुरस्कृत

\"\"काठमाडौं, ९ चैत । साहित्यकार तेजप्रकाश श्रेष्ठ नूर–गंगा राष्ट्रिय स्थापित बाल साहित्य प्रतिभा पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । नूर–गंगा प्रतिभा पुरकार गुठीले साहित्यकार श्रेष्ठलाई नगद एक लाख रुपैयाँसहित पुरस्कृत गर्ने भएको हो । लोक गायिका गंगादेवी राणा र उनका पति उद्योगपति नूरप्रताप जंगबहादुर राणाको सक्रियतामा २०४९ सालमा स्थापना गरेको गुठीले हरेक वर्ष लोकगीत गा बाल साहित्यमा स्थापित प्रतिभाहरुलाई पुरस्कृत गर्दै आएको छ । यस्तै, नूर–गंगा लुम्बिनी अञ्चलस्तरीय स्थापित लोकगायन प्रतिभा पुरस्कारबाट नबिन पौडेललाई पुरस्कृत गरिने भएको छ । यो पुरस्कार राशी २५ हजार रुपैयाँ रहेको गुठीका सदस्य सचिव यज्ञप्रसाद शर्माले बताए । यसैगरी नूरगंगा साहित्य क्षेत्रीय नवप्रतिभा पुरस्कार आर.बी. निश्चल र नूरगंगा राष्ट्रिय लोकगायन नवप्रतिभा पुरस्कारबाट शान्तिश्री परियारलाई प्रदान गरिने गुठीले जनाएको छ । यी दुबै पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ । तीन लाख एक हजार रुपैयाँको अक्षयकोषबाट शुरु भएको गुठीमा अहिले २० लाख रुपैया अक्षय कोष रहेको छ । अक्षय कोषमा रहेको २० लाखबाट प्राप्त ब्याजले पुरस्कार तथा अन्य खर्च नपुग भएकाले संरक्षक अमीरप्रताप जबराले ५ लाख थप गरी यो वर्ष २५ लाखको ब्याजबाट गुठी सञ्चालन हुने सदस्य सचिव शर्माले जानकारी दिए । गुठीले यो वर्ष बैतडी निवासी साहित्यकार तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गर्ने भएको छ । आगामी शनिवार काठमाडौंको इन्द्रेणी कम्प्लेक्समा एक कार्यक्रममाबीच पुरस्कृत गरिने गुठीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies