Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रचण्डका लागि केही शब्दहरु खर्चिँदा...

सम्मानीय प्रधानमन्त्री ज्यू, म गणतन्त्र, संघीयता र समाबेसिता सहितको नयाँ नेपाल बनाउने महान उद्देश्य लिई २०५२ सालमा तपाईँको नेतृत्वमा सुरु भएको ऐतिहासिक जनयुद्ध, जसले शोषित, पीडित, मधेसी, महिला, दलित, जनजाति र अन्याय अत्याचारकाबिरुद्ध सचेतना दिलायो, त्यही युद्धको महान शहीद, बेपत्ता र तत्कालिन सरकारी तवरबाट सताएको परिवारको सदस्य र यस्तै हजारौं परिवारको प्रतिनिधि पात्रको रुपमा तपाईँलाई खुल्ला पत्र लेख्ने जमर्को गर्दैछु । ब्यक्तिगत तथा परिवारिक रुपमा तपाईँले मलाई राम्ररी चिन्नु हुन्छ र मेरो बुवासँग भूमिगत कालमा सहकार्य पनि गर्नुभएको छ । प्रमज्यू, आज देश सम्भावना र जटिल चुनौतीकाबीच गुज्रिरहेको छ । तपाईँ यसै समयमा देशको प्रधानमन्त्रीको भूमिकामा हुनु हुन्छ । अर्कोतिर मन्डले खोक्रो टपरटुइँया राष्ट्रवाद र अतिवादको जाँतोमा देश पिल्सिरहेको छ । [caption id=\"attachment_123489\" align=\"alignleft\" width=\"249\"]\"\" एस.पी.गौतम[/caption] कुनै बेला जनयुद्ध सुरु गर्दा यीनै मन्डले राष्ट्रवादीहरुले घंगारुको लौरीले युद्ध गर्ने भेँडाहरु भन्दै खिसीटिउरी गर्थे । उता तत्कालिन माओवादी, जसले अन्याय अत्याचारकाबिरुद्धमा धाबा बोल्दै जनयुद्धलाई उचाइमा पुराउँदै थियो । तपाईंको नेतृत्वमा गाउँबाट शहरी इलाकामा जनयुद्धले निरंकुश राजतन्त्र र बेथितिलाई अन्त्य गर्न गरीव, दुखी, दलित, महिला, जनजाति र मधेशीहरु सशक्त रुपमा संगठित भए, बोल्न नजान्नेले अन्याय र अत्याचारकाबिरुद्ध बोल्न सिक्यो । दलित, जो तल्लो दर्जाको नागरिक उसले आफ्नो अधिकार बुझ्यो, मधेसी जो बिदेसीको व्यबहार गरिन्थ्यो सचेत भयो । महिला एवम् पिछडिएका जाती जनजातिहरुले न्यायको लागि मुठी कस्न सिके । यो सबै तपाईंकै नेतृत्वमा सन्चालित जनयुद्धले गरेको उप्लब्धि हो भन्ने कुरामा दुई मत छैन । जब जनयुद्ध र त्यसको नेतृत्वकर्ता तपाईंको पार्टीको राष्ट्रिय सम्मेलन २०५८ बाट संविधानसभा, गणतन्त्र र समाबेशिताका मुद्दाहरु उठ्यो, त्यतिबेला सायद अहिलेका कहलिएका राष्ट्रवादी नेताहरुले आतंकवादीहरुको केटाकेटी माग भनेर जिस्काउँथे । जब जनयुद्धले कथित राजतन्त्रलाई धक्का दिदै शहर केन्द्रित गरायो, गाउँ जुरुक्क उठयो, त्यो तपाईंको कुशल नेतृत्व थियो । माओवादीले गणतन्त्र, संविधानसभा जस्ता मागहरुको लागि चरम उत्कर्षमा लडाइ लडिरहेकाबेला गणतन्त्रको यात्रा भनेको बयल गाडा चडेर अमेरिका जानु जस्तै हो भनेर निरंकुश राजतन्त्र र त्यसको नाइके तत्कालिन राजा ज्ञानेन्द्र शाहले माओवादी आन्दोलन दवाउन तथा गणतन्त्रको माओवादी नारालाई तुषारापात गराउन प्रधानमन्त्रीको आवेदन हाल्ने सायद अहिलेका राष्ट्रवादी ठानेका छन् । प्रतिगमन आधा सच्चियो भनेर बिन्तीपत्र हाल्दै प्रचन्ड र प्रचन्डले नेतृत्व गरेका एजेन्डा जुन जनताका थिए, तिनै एजेन्डालाई दबाउन कम्मर कसेर लाग्नेहरु आज कसरी राष्ट्रवादी भए ।
जब जनयुद्ध र त्यसको नेतृत्वकर्ता तपाईंको पार्टीको राष्ट्रिय सम्मेलन २०५८ बाट संविधानसभा, गणतन्त्र र समाबेशिताका मुद्दाहरु उठ्यो, त्यतिबेला सायद अहिलेका कहलिएका राष्ट्रवादी नेताहरुले आतंकवादीहरुको केटाकेटी माग भनेर जिस्काउँथे । जब जनयुद्धले कथित राजतन्त्रलाई धक्का दिदै शहर केन्द्रित गरायो, गाउँ जुरुक्क उठयो, त्यो तपाईंको कुशल नेतृत्व थियो ।
२००७ सालदेखि २०६३ सालसम्म पटक पटक सत्ताको बागडोर सम्हाल्नेहरुले के के गरे ? जनताले जनजीविका, भ्रष्टाचार, अन्याय अत्याचारको बिरुद्धमा जनयुद्ध गर्दा रोल्पा, रुकुम, जाजरकोट, लगायत देशैभरीका निमुखा जनतालाई गोली ठोक्ने मसिहाहरु कसरी राष्ट्रवादी हुन्छन ? यी सबै जनताले सोध्ने प्रश्नहरु हुन् । जब तपाईं प्रधानमन्त्री हुनु भयो देशले उज्यालो पायो तपाईंले जनार्दन शर्मा ‘प्रभाकर’लाई रोज्नु भयो । प्रभाकरले एमालेका उर्जामन्त्री हुँदा कारबाही गरिएका बिद्युत प्राधिकरणका कर्मचारी कुलमान घिसिङ रोज्नु भयो । देश उज्यालो भयो । बिद्युत माफियाहरु तहस नहस भए । केही जिम्मेवार ब्यक्तिहरुले प्रभाकर–कुलमानहरुले फागुन–चैत्रसम्म लोडसेडिङ अगाडि कायम गरिरहेमा कुनै पनि सार्वजनिक पदमा नरहने घोषणा गरे । \"\" आज चैत्र नाघिसक्यो काठमाडौं लगायत धेरै ठाउँमा लोडसेडिङ अपबादबाहेक भएको छैन । गत वर्ष एसै समयमा मोबाईल चार्ज गर्न बत्ती कुर्न पर्ने थियो । दिनमा १२ १३ घण्टा हुने लोडसेडिङ आज सुन्यमा झरेको छ । तपाईंले प्रधानमन्त्री भई सकेपछि राष्ट्रिय गौरबका आयोजनाहरु आफै निरीक्षण गरी छिटो सक्न र समय सिमा भित्र सक्ने कर्मचारी तथा कम्पनीलाई पुरस्कृत गर्ने जुन घोषणा गर्नुभयो । मेलम्ची लगायतका आयोजनाहरु तीब्र गतिमा काम भई सकिने क्रममा छन् । बिदेशमा अलपत्र परेका नेपालीलाई उद्धारका साथै बिमा बढाउनु भयो । साथै बिदेसिएका नेपालीको जिम्मा सरकारले लिने घोषणा आफैमा अलपत्र परेका नेपाली दाजुभाई दिदिबहिनीको पक्षमा छ । तपाईंले गरेका र चालिएका कदमहरु निश्चित रुपमा प्रयाप्त छैनन् तर चित्त बुझ्दो छन् ।
प्रमज्यु तपाईंको यो चुनौतीपूर्ण घडी अग्नीपरीक्षा हो । तपाईंका केही सीमा होला् । ती स्वभाबिक मानवीय प्रवृतिका हुन । यी उल्लेखित प्रवृतिलाई चिर्दै उज्यालो नेपाल, समृद्ध नेपाल बनाउन तपाईंलाई समयले रोजेको छ ।
तपाईं मधेसी मोर्चाको अतिबादको चपेटामा पनि हुनुहुन्छ । मधेसी मोर्चाका केही माग जायज छन्, जुन मधेशी जनताको हितमा छन् तर मागको नाममा गरिएका अतिवादी चेस्टाहरु जायज छैनन् । २० बर्ष यता स्थानीय निकायको निर्वाचन हुन नसकेको अवस्थामा लोकतान्त्रिक सम्भिधान अपूर्ण भयेता पनि क्रमस पूर्ण बनाउदै कार्यन्वयन गर्न तपाईंले घोषणा गर्नु भएको स्थानीय तहको निर्वाचन जनताको पक्षमा छ । यसलाई सफल र कार्यन्वयन गर्न चुनौती हुँदाहुँदै पनि तपाईंले कुनै पनि हालतमा सम्पन्न गर्नु पर्नेछ । भर्खरै मधेशमा घटेको घटना अतिबादको टकराब हो भन्ने कुरा सायद सबैलाई अवगत नै छ । मधेश अशान्त छ, किनभने मधेशी मोर्चा जो लोकतन्त्र र समाबेशिताको दुहाइ दिन्छ, उसैले कुनै पनि पार्टीले देशको कुनै पनि ठाउँमा सभा, सम्मेलन तथा कार्यक्रमहरु गर्न पाउने लोकतान्त्रिक अधिकारलाई कुल्चन मिल्छ ? मधेश मधेशबादी दलका केही नेताहरुको मात्र हो ? मधेशमा अरु पार्टीहरु छैनन ? यो गम्भिर र निन्दनीय कुरा हो । प्रमज्यु तपाईंको यो चुनौतीपूर्ण घडी अग्नीपरीक्षा हो । तपाईंका केही सीमा होला् । ती स्वभाबिक मानवीय प्रवृतिका हुन । यी उल्लेखित प्रवृतिलाई चिर्दै उज्यालो नेपाल, समृद्ध नेपाल बनाउन तपाईंलाई समयले रोजेको छ । शहीद, बेपता योद्धाहरुले साथै बिभिन्न जनाअन्दोलनले दिएका अभिभारा पुरा गर्दै देशलाई स्थानीय तहको निर्वाचन गरी शिशु गणतन्त्रलाई हुर्काउन अझै अगाडि बढ्न कुनै पनि निर्णय गर्दा झुपडी तथा शहीद बेपताहरुलाई सम्झदै बेसहारा र पछाडि पारिएका वर्गको हितमा काम गर्नुहोस् । संसदीय ब्यवस्था र अस्थिर सरकारले हित नहुने हुँदा तपाईंहरुको माग प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेन्डालाई आगामी चुनाव मार्फत कायम गराउन, जनताले प्रत्यक्ष महसुस गर्ने गणतन्त्र, समाबेशीता र संविधानलाई उपयोग गर्न गराउन तपाईंको उल्लेखेनीय भूमिका रहन्छ र रहनु पर्छ । स्वर्गीय गिरिजाप्रसाद कोइरालाले आन्तिममा दिनुभएको भूमिकालाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुहोस् । तपाईंले सात महिना बितिसक्दा गरेका कामहरु उल्लेखनीय तर अपर्याप्त काम गर्नु भएको छ तर पनि केही तत्वहरुले तपाईंले दस बर्ष शासन चलाएको झैं केही गरेन भनी टिकाटिप्पणी गरिरहेका छन् । जब कि पटक पटक सरकारमा बसेकोले यस्तो प्रश्न उठाउनु कति जायज छ ? यी सबै चुनौतीलाई अवसरमा बदल्नुहोस् शुभकामनासहित बिदा । एस.पी.गौतम काठमाडौं
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies