Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

शक्तिशाली प्रतिभा, तीन बिधाका नायक सुदर्शन बिक्रम राणा

[caption id=\"attachment_123086\" align=\"alignnone\" width=\"635\"]\"\" सुदर्शन बिक्रम राणा[/caption] साँच्चै, मान्छेमा अडिग, दृढ, स्वअध्ययन मेहनत र आत्मबिश्वासका साथ कुनै कर्ममा समर्पण भयो भने गर्वका साथ दुनियाँलाई जितेर यसरी समाजमा साच्चै धेरै पदका नायक बन्न सक्छन् । नामः सुदर्शन बिक्रम राणा, जन्म मितिः २०२१ साल पुस १८ गते, ठेगानाः नयाँ भन्सार, टेकू काठमाण्डौ शिक्षाः स्नातकोत्तर (इतिहास) त्रिभुवन विश्वबिद्यालय किर्तिपुर काठमाण्डौ/रेगुलर डिप्लोमा कोर्श इन फुटबल, नेशनल इन्सिटीच्यूट अफ स्पोर्टस पटियाला, भारत क्षेत्रः गीतकार, संगीतकार तथा गायक  प्रकाशित एल्बमः अठोट, आकाङ्क्षा र इलाम  प्रकाशित कृतिः ढाका गीतिसंग्रह २०७१  एक पुराना सर्जक । रेडियो नेपालमा २०३५ सालमा भ्वाइस पास गरेका बाल्यकालममा पनि थुप्रै नाट्य श्रृखलामा नायक भएका थुप्रै, गीत गाएका, लेखेका, र २०४० देखि रेडियो नेपालको बिभिन्न कार्यक्रमका गीत गाउदै एल्बम निकालेका राणा यसो भनौ, गीत संगीतको माहोलमा जन्मिएका राणा अन्ततः संगीतको क्षेत्रका लागि दरिलो खम्बा साबित भएका छन् ।
“मैले अन्दाजी १५ बर्षको उमेरमा ‘किन तिमी मलाई आँखा तरी हिड्ने गर्छाै’ भन्ने बोलको गीतबाट मैले गीत लेखन तथा धुन भर्ने कार्यको प्रारम्भ गरेको हुँ । जबसम्म यो शरिरमा एकमुठी प्राण रहन्छ त्यतिन्जेल म यो क्षेत्रलाई केही न केही त्याग गर्ने नै छु ।”
अठोट एल्बमबाट आफैले गीत रचना, संगीत र स्वर दिएर उदाएका गीतकार, संगीतकार तथा गायक राणा आकाङ्क्षा हुदंै इलाम एल्बमसम्ममा आफ्नो आत्मविश्वास र मेहेनतले सार्थक उपलब्धी पाएकोमा धेरै खुशी छन् । बुबा स्वर्गिय जनार्दन बिक्रम राणा र पद्यादेबी राणाको जेठो पुत्रको रुपमा जन्मिएका राणा बाल्यकालमा बुबाका साथीहरु गायक भएकाले पनि बुबाका साथ पाएको बताउँछन् । राणाको तिनैवटा एल्बममा समेटिएका गीतहरुमा माया प्रेमका बिम्बहरु पाइन्छन् । प्रकृतिको मिठो स्वाद उनको गीतको सुवास हो । स्वदेशगानमा उनले सास फेरेका छन् । र त, उनले आकाङ्क्षा एल्बममा भनेका छन् “स्वर्गझै सुन्दर यो मातृभूमि, अन्त कहाँ पाइन्छ । मुखको होइन मुटुको माया, देशलाई चाहिन्छ ।” यी र यस्तै गीतहरुको संग्रहित सबै गीतहरुमा भाव मात्र होइन संगीतमा माधुर्यता र गायनमा ओझ भएका सशक्त प्रतिभाको खानी हुन् सुदर्शन बिक्रम राणा । “दौलत होइन पाप र पुन्य, सधै साथमा बोकिन्छ । दैव छ चालक, जीवनको गाडी, रामजाने कुन मोडमा रोकिन्छ ।” प्रस्तुत गीतका हरफबाट पनि यो आँकलन गर्न सकिन्छ की उनका लेखाइमा निकै प्रष्ट वजनदार शब्दाहुतीको प्रयोग छ । संगीतमा पनि निकै मेहेनती राणा बिहान सधै रियाजमा ब्यस्त हुन्छन् । गायनमा त उनी भन्छन् “म साउँथ सुडानमा निरन्तर ५ घण्टा नेपालीहरु दाजुभाई, दिदीबहिनी तथा साउँथ सुडानीहरुबिच भब्य कार्यक्रममा आफ्नै एल्बमबाट तथा अन्य गीतहरु पनि गाएको हुँ म संगीतको नियमित बिद्यार्थी नभएपनि म अहिलेसम्म अनौपचारिक तवरबाट संगीतको बिषयका पढ्दै, बुझ्दै, लेख्दै, गाउँदै, र संगीत भर्दै आइरहेको छु ।” उनी सम्झन्छन् “मैले अन्दाजी १५ बर्षको उमेरमा ‘किन तिमी मलाई आँखा तरी हिड्ने गर्छाै’ भन्ने बोलको गीतबाट मैले गीत लेखन तथा धुन भर्ने कार्यको प्रारम्भ गरेको हुँ । जबसम्म यो शरिरमा एकमुठी प्राण रहन्छ त्यतिन्जेल म यो क्षेत्रलाई केही न केही त्याग गर्ने नै छु ।” केही समय अघि मात्रै उनले इलाम शिर्षकको एल्बम इलाम नेत्रहिन संघको सहयोगार्थमा बजारमा पस्केका थिए भने त्यस एल्बम नै सोही संस्थाको हितको लागि कपीराइट दिई संस्थालाई सहयोग गरेका थिए । साथै, थुप्रै पटक सामाजिक कार्यमा तलिन हुन रुचाउने र समाजप्रति आफ्नो दायित्व सदा सम्झने ब्यक्तिको जति नै बर्णन गरे पनि कमै होला । [caption id=\"attachment_123090\" align=\"alignleft\" width=\"647\"]\"\" लेखक: जीवन बानियाँ[/caption] त्यस्तै गरी उनले ढाका गीतिसंग्रहमा बंगाली भाषामा समेत गीत लेखन गरी कृतिमा केही गीत प्रकाशितसमेत गरेका छन् ‘ढाकाको सम्झना’ गीतमा ‘मिष्टी दही नखर्माउलीलाई, सुन्दरी मेलाई ईलिस, खाँटी साझोलाई देखेर, नठान्नु बोका फुलीस । ढाकाको गर्मीले, ओ बन्धु ढाकाको गर्मीले, बर्षाै भयो चिनजान भा’ को तर्किन्छौ के कमिले ।’ उक्त कृति नेपाली, अंगेजी तथा बंगाली भाषामा अनुबादित गरी प्रकाशित गरेका छन् । साहित्यिक क्षेत्रको लेखनीमा पनि उत्तिकै प्रखर राणाको उक्त कृतिमा अमूर्तकला प्रस्तुत गरिएको छ भने ओएक्को प्रकाशनी ढाका, बंगलादेशले प्रकाशित गरेको हो । भर्खरै मात्र चौथो एल्बमको गीत रेकडिङ् गरिरहेका राणालाई नव आगन्तुकलाई के भन्छन् ? भन्ने प्रश्नमा उनी भन्छन् नब आगन्तुक दाजुभाइ तथा दिदीबहिनीलाई सबै भन्दा पहिले त संगीत के हो बुझेर, टिक्ने र जित्ने गरी आउनुहोस् देखावटी होइन मन र मुटुमा हुनुपर्छ गीत संगीत र देशको माया ।” पेशाका हिसाबले सरकारी सेवामा कार्यरत भई विश्वका धेरै देश भ्रमण गरिसक्नु भएका राणा जहाँ जहाँ पुग्छन् त्यहाँत्यहाँ साथैमा गिटार लौजान्छन् र सम्भव भएसम्म साँगीतिक माहोल निर्माण गरिहाल्छन् । ४ सदस्य परिवारमा पत्नी लक्ष्मी राज्यलक्ष्मी राणा गृहिणी, छोरी सृष्टी राज्यलक्ष्मी राणा समार्टन पर्स (सामाजिक संस्था) र छोरा सुमित बिक्रम राणा क्राइसिस मेनेजमेन्टमा डिग्री गरिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies